ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

एबीसी एक्जीट पोल : कांग्रेसले बढीमा ७० सिट जित्दा माओवादीले ३१ सिट जित्ने, एमाले ४१ सिटमै सीमित !


एबीसी / संवाददाता

काठमाडौं ४ मंसिर । दोस्रो संघीय निर्वाचनको एबीसी टेलिभिजनले यस अघिका चुनावमा जस्तै यसपटक पनि एक्जिट पोल सर्वाजनिक गरेको छ । एबीसीको प्रोजेक्सन अनुसार सत्तारुढ गठबन्धन प्रत्यक्षतर्फ ६० प्रतिशत भन्दा बढी सीट जित्ने छ भने प्रतिपक्षीय गठबन्धनमा रहेका एमाले, जनता समाजवादी पार्टी र राप्रपाले जम्मा ३५ प्रतिशत सिटमा जित्ने देखिएको छ ।

दलगत रुपमा सत्ता गठबन्धनको मुख्य दल नेपाली कांग्रेसले ६१ देखि ७०सम्म, माओवादी केन्द्रले २४ देखि ३१ सम्म, लोसपाले ३ देखि ४, एकीकृत समाजवादीले ७ देखि १०, राजमोले २ सिट र सत्ता गठबन्धनले समर्थनगरेका दुई जना स्वतन्त्र उमेद्वारहरुले जित्ने देखिएको छ । रुपन्देही १ मा घनश्याम भुसाल र रौतहट ३ मा प्रभु शाहलाई सत्तारुढ गठबन्धनले समर्थन गरेको छ ।

प्रतिपक्षीय गठबन्धनको मुख्य दल नेकपा एमालेले ३४ देखि ४१ सम्म, जसपाले ५ देखि ७ सम्म र राप्रपाले ३ देखि ५ सिटसम्म जित्न सक्नेछन् ।

एबीसी एक्टिज पोलका अनुससर प्रमुख दलका प्राय जसो मुख्य नेताहरुले चुनाव जित्ने छन् । प्रधानमन्त्री शेरबहादुर देउवा, पूर्व प्रधानमन्त्री तथा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, पूर्व प्रधानमन्त्री माधव नेपाल, पूर्व प्रधानमन्त्री झल नाथ खनाल ,राजमो अध्यक्ष चित्र बहादुर केसी , लोसपा अध्यक्ष महन्थ ठाकुर र प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओली, राप्रपा अध्यक्ष राजेन्द्र लिंगदेनले चुनाव जित्ने देखिएको छ । यसमध्ये लिंगदेनले यसपटक नेकाका नेता कृष्ण सिटौलासंग झापा ३ मा कडा चुनौति सामना गर्नेछन् ।

यसपटक सवैभन्दा ठूलो संकट जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलाई आइलागेको छ । उनी जनमत पार्टीका अध्यक्ष सिके राउत संग सप्तरी २ मा पराजित हुने बलियो सम्भावना रहेको एवीसीको एक्जिट पोलमा देखिएको छ । सप्तरी २ मा मतका हिसाबले सत्ता गठबन्धनका उमेद्वार अघि भएपनि सिके राउतका कारण सत्ता गठबन्धनका उमेद्वार त्यहां तेस्रो नम्वरमा देखिएका छन् ।

एबीसी टेलिभिजनले राजनीतिशास्त्री र मिडिया विश्लेषकहरुका साथमा एक्जिट पोल सार्वजनिक गरेको हो । एक्जिट पोल बहसमा एबीससी टेलिभिजनका प्रधानसम्पादकसंग राजनीतिशस्त्री डा. लोकराज बराल र राजनीतिक अध्येता तथा नागरिक अगुवा श्याम श्रेष्ठ रहेका थिए ।

संघ र प्रदेशको सिट बाँडफाडमा पाँच सत्ता रुढ गठबन्धनबाट जनता समाजवादी पार्टी अलग भएपछि लोसपा सत्तरुढ गठबन्धनमा सामेल भएको छ । एबीसी टेलिभिजनमा सत्ता गठबन्धन भर्सेस प्रपिक्षीय गठबन्धन बीच भइरहेको प्रतिस्पर्धामा जसपालाई एमालेससंगको गठबन्धन फाइदाजनक हुन सकेन ।

एबीसी टेलिभिजन र नेपालपेजले देशभरका सात वटा प्रदेश सदरमुकाम र अन्य बाहिरी जिल्लाका गरी ५० वटा निर्वाचन क्षेत्रमा ग।ेको एक्जिट पोल सर्वाजनिक गरेको हो ।

यस अगाडिको स्थानीय तहको निर्वाचनमा पनि एबीसी टेलिजिभनले एक्जिट पोल गरेको थियो । जुन स्थानीय तहको निर्वाचनको परिणामसँग शतप्रतिशत मेल खाएको थियो । उक्त निर्वाचनमा एक्जिट पोल प्रशारण गर्ने एबीसी टेलिभिजन एकमात्र नेपाली संचारमाध्यम रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

कांग्रेसलाई प्रमुख प्रतिपक्ष दिन नहुने भन्दै परेको मुद्दाको सुनुवाइ आज

काठमाडौँ, २५ माघ । नेपाली कांग्रेसलाई प्रतिपक्ष र सो पार्टीका संसदीय दलका नेता शेरबहादुर देउवालाई प्रमुख प्रतिपक्षी दलको नेताको सुविधा नदिन माग गर्दै परेको रिटको

विश्वासको मत लिँदै मुख्यमन्त्री रावल

काठमाडौँ,२५ माघ । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्रसिंह रावलले आज विश्वासको मत लिँदै छन् । प्रदेशसभाको बैठक आज बिहान ११ बजेका लागि बोलाइएको र विश्वासको मत

राष्ट्रियसभा सदस्यका लागि उपनिर्वाचन आज, को–को छन् प्रतिस्पर्धामा ?

काठमाडौँ, २५ माघ । रिक्त एक राष्ट्रियसभा सदस्य पदका लागि आज उपनिर्वाचन हुँदै छ । लुम्बिनी प्रदेशतर्फ एक राष्ट्रियसभा सदस्य पद रिक्त भएपछि उपनिर्वाचन गर्न

सम्बन्धित

गोरखा भर्ती सम्झौता पुनरावलोकन गर्न सरकारलाई सर्वोच्चको आदेश

नेपाललाई साढे सात अर्ब सहयोग दिने युएसएआइडीको घोषणा

प्रधानमन्त्री प्रचण्डको नेपाल र यादवसँग दुई घण्टा , सरकारमा सहभागि र समाजवादी मोर्चाबारे छलफल

प्रधानमन्त्री प्रचण्ड, माधव नेपाल र उपेन्द्र यावदबीच भेटवार्ता

लोकसेवासहित रोकिएका सबै विज्ञापन खुला गर्न सर्वोच्चको परमादेश

चन्द्रागिरि हिल्समा आफूले सेयर लिएको पुष्टि गर्न रवि लामिछानेलाई कैलाश सिरोहियाको चुनौती

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2023 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com
 

Loading Comments...