काठमाडौँ, ४ मंसिर । प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनमा करिब ६१ प्रतिशत मत खसेको निर्वाचन आयोगले जनाएको छ । आइतबार सम्पन्न निर्वाचनमा आयोगले अपेक्षा गरेभन्दा केही मत खसेको हो ।प्रमुख निर्वाचन आयुक्त दिनेश थपिलयाले पत्रकार सम्मेलन गर्दै भने,यो मत हामीले अपेक्षा गरेभन्दा केही थोरै हो, केही सामान्य घटना बाहेक शान्तिपूर्ण रुपमा सम्पन्न भएको छ ।
अघिल्लो निर्वाचन भन्दा यो करिव १७ प्रतिशत कम हो । २०७४ सालको प्रतिनिधिसभातर्फको ६७।६३ प्रतिशत मत खसेको थियो ।








प्रतिक्रिया दिनुहोस्