काठमाडौं, ४ मंसिर । देशभर २५ जिल्लाका ४४ वटा मतदान केन्द्रमा मतदान कार्य प्रभावित भएको छ । आइतबार बिहानैदेखि प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि मतदान भइरहेकोमा विभिन्न विषयमा विवाद तथा झडप हुँदा २५ जिल्लाका ४४ वटा मतदान केन्द्रमा मतदान रोकिएको थियो ।
नेपाल प्रहरीका प्रवक्ता डीआइजी टेकप्रसाद राईका अनुसार मतदान रोकिएकामध्ये ३२ वटामा पुनस् मतदान सुरु भइसकेको छ भने बाँकी ठाउँहरूमा मतदान कार्य नरोक्न छलफल चलिरहेको छ ।
डीआइजी राईले विवाद र झडप हुँदा स्थिति नियन्त्रण गर्न प्रहरीले १५ ठाउँमा गोली चलाएको जानकारी दिए । ुविवाद भएपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले १५ ठाउँमा ३५ राउन्ड हवाई फायर गरेको छ । अब स्थिति कन्ट्रोलमा छ । देशभर कही पनि अप्रिय घटना घटेको छैन, उनले भने । प्रहरीकाअनुसार रौतहट, सिराहा, चितवन, दोलखा, बाजुरा, हुम्ला लगायत जिल्लाहरुमा हवाई फायर भएको हो ।








प्रतिक्रिया दिनुहोस्