ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भ्रामक समाचारप्रति प्रेस काउन्सिलको ध्यानाकर्षण


एबीसी / संवाददाता

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनलाई प्रभावित पार्ने गरी सामाजिक सञ्जालबाट अफवाहपूर्ण सूचना सम्प्रेसित भएकोप्रति प्रेस काउन्सिल नेपालले ध्यानाकर्षण भएको जनाएको छ ।

काउन्सिलले आज प्रेस विज्ञप्ति जारी गर्दै सामाजिक सञ्जालबाट प्रेसित सूचना भ्रामक रहेकाले सजग रहनसमेत अपिल गरेको छ । “स्थिर अवधिमा केही सञ्चारमाध्यमको ‘मास्टहेड’ प्रयोग गरी राजनीतिक दल तथा उम्मेदवारका बारेमा अफवाहपूर्ण, दुष्प्रचारयुक्त, गलत एवं भ्रामक समाचार बनाई सामाजिक सञ्जालबाट सम्प्रेषण भएकोप्रति प्रेस काउन्सिल नेपालको गम्भीर ध्यानाकर्षण भएको छ”, विज्ञप्तिमा भनिएको छ ।

त्यस्ता समाचार सामग्रीका सम्बन्धमा सम्बन्धित मिडियासँग जानकारी माग गर्दा ती शीर्षकमा त्यस किसिमका कुनै समाचार सम्प्रेषण नगरेको, त्यो ‘फेक न्युज’ रहेको र कतिपय सञ्चारमाध्यमले आफ्नो सामाजिक सञ्जालबाट त्यसबारे प्रस्ट्याइसकेको काउन्सिलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

आज दिउँसोबाट विभिन्न सञ्चारमाध्यमका मास्टहेड प्रयोग गरी निर्वाचनलाई प्रभाव पार्ने गरी सामाजिक सञ्जालमा अफवाहपूर्ण र दुष्प्रचारयुक्त ‘स्क्रिनसट’ सम्प्रेषित भएका थिए । त्यस्ता सामग्रीबाट सजग रहनसमेत प्रेस काउन्सिलले अपिल गरेको छ । स्थिर समयमा सामाजिक सञ्जालबाट दुष्प्रचारयुक्त र अफवाहपूर्ण सामग्री सम्प्रेषण भएमा विद्युतीय अपराधसम्बन्धी कानुन आकर्षित हुने पनि काउन्सिलले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

जेन–जी आन्दोलन लोकतन्त्रलाई शून्य बनाउने षड्यन्त्र थियो : ओली

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com