ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

लुम्बिनी प्रदेशको राजधानी बुटवलमै हुन्छ (भिडियोसहित)


एबीसी / संवाददाता

काठमाडौं, ३० कात्तिक । राष्ट्रिय राजनीतिमा चर्चा कमाएका व्यक्तिहरु मङ्सिर ४ गते हुन गइरहेको प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवार रहेकाले रुपन्देहीको निर्वाचन यतिबेला चर्चामा छ । जिल्लामा वर्तमान र पूर्वगृहमन्त्रीको उम्मेदवारीले पनि बढी चर्चा कमाएको छ । गृहमन्त्री बालकृष्ण खाँड क्षेत्र नं ३ मा प्रतिनिधिसभाको उम्मेदवार हुनुहुन्छ भने पूर्वउपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल क्षेत्र नं २ मा प्रतिस्पर्धामा हुनुहुन्छ । उहाँहरु आपसमा प्रतिस्पर्धी त होइन तर उहाँहरुको उम्मेदवारी नै यस जिल्लाको निर्वाचनमा चर्चाको विषय बन्न पुगेको छ ।

पाँच निर्वाचन क्षेत्र रहेको रुपन्देहीमा क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्यमा नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वउपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल चुनावी मैदानमा हुनुहन्छ । पौडेलसँग राष्ट्रिय जनमुक्ति पार्टीका उम्मेदवार केशवबहादुर थापाले प्रतिस्पर्धा गर्दै हुनुहुन्छ । थापालाई सत्ता साझेदार गठबन्धनको समर्थन रहेको छ । गठबन्धनबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार एकीकृत समाजवादीका राजु गुरुङको उम्मेदवारी निर्वाचन आयोगले खारेज गरेपछि थप चर्चा बटुलेको यो क्षेत्रमा एमाले उपाध्यक्ष पौडेल र थापाबीच मुख्य प्रतिष्पर्धा हुने देखिएको हो । जिल्लामा नेकपा एमालेले पनि राष्ट्रिय प्रजातन्त्र पार्टी र जनता समाजवादी पार्टीसँग तालमेल गरेकाले पौडेलललाई यी दुई दलको समर्थन छ ।

“गठबन्धनको उम्मेदवारी खारेजीले यो क्षेत्रमा पौडेललाई टक्कर दिनसक्ने अरू उम्मेदवार भएनन् जसले गर्दा पौडेललाई निर्वाचन केही सहज देखिएको छ । एमाले उपाध्यक्षसमेत रहेका पौडेलले यो क्षेत्रबाट लगातार पछिल्ला तीन निर्वाचनमा जित हासिल गर्नुभएको थियो । पौडेलले २०६४, २०७० र २०७४ को निर्वाचनमा क्रमशः माओवादीका भक्ति पाण्डे, ०७० मा माओवादीकै डा बाबुराम भट्टराई र कांग्रेसका सूर्यप्रसाद प्रधान तथा २०७४ मा कांग्रेसका नेता युवराज गिरीलाई पराजित गर्नुभएको थियो । यस पटक अझै पराकिलो मतान्तरका साथ विजयी हुने योजना लिएर आफू चुनावी मैदानमा होमिएको पौडेल बताउनुहुन्छ । एबीसी न्युजका अध्यक्ष तथा प्रधानसम्पादक शुभशंकर कंडेलसंग आउटलुक कार्यक्रमका लागि कुरा गदैै नेता पौडेलले

रुपन्देहीलाई विकासको नमुना बनाउने गरी योजना अघि बढाएको बताउनुभयो । उहाँले भन्नुभयो हिजो अर्थमन्त्री हुँदा पनि अन्तर्राष्ट्रिय गौतममबुद्ध बिमानस्थल, बुटवल बेलहिया ६ लेन सडक जस्ता दर्जनाँै ठूला योजना ल्याएँ”, पौडेल भन्नुहुन्छ, “अब ती योजना पूरा गर्न र नयाँ योजना सुरु गर्न जनताले साथ दिने छन् भन्नेमा म विस्वस्त छु ।”पौडेलले लगातार जित हासिल गरेकै कारण यसपटक पनि मतदाताको साथ पाउने विश्वास व्यक्त गरिरहँदा जनमुक्तिका उम्मेदवार थापा भने स्थानीय तहको निर्वाचनमा पाँचदलीय गठबन्धनका उम्मेदवार विजयी भएकाले जित हासिल गर्ने दाबी गर्नुहुन्छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

जेन–जी आन्दोलन लोकतन्त्रलाई शून्य बनाउने षड्यन्त्र थियो : ओली

समानुपातिकतर्फ भाग लिने राजनीतिक दलको अन्तिम नामावली आज प्रकाशन हुने

सम्बन्धित

जेन–जी आन्दोलन लोकतन्त्रलाई शून्य बनाउने षड्यन्त्र थियो : ओली

सल्लाघारीमा एमालेको एघारौं महाधिवेशन उद्घाटन (प्रत्यक्ष प्रशारण)

समानुपातिकतर्फ भाग लिने राजनीतिक दलको अन्तिम नामावली आज प्रकाशन हुने

विराटनगरलाई हराउँदै सुदूरपश्चिम फाइनलमा

नागढुङ्गा–मलेखु सडक बुधबारदेखि दैनिक पाँच घण्टा बन्द हुने

ओली–देउवा भेटलगत्तै संसद् पुनर्स्थापनाको मागसहित सर्वोच्चमा कांग्रेस

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com