काठमाडौं, २९ कात्तिक । घनश्याम भुसालले केपी ओलीका कारण आफूले एमाले त्यागेको बताएका छन् । त्रिभुज चिह्न लिएर रुपन्देही–१ बाट सत्तारूढ गठबन्धनको समर्थनमा स्वतन्त्र उम्मेदवारी दिएका नेता भुसालले एमाले अध्यक्ष ओलीको कारण पार्टी छाडेको बताएका हुन् ।
निर्वाचन विशेष कार्यक्रम अन्र्तगत एबीसी टेलिभिजनको कार्यक्रम “आउटलुक” को अन्तरवार्ता कार्यक्रममा उनले यस्तो बताएका हुन । नेता भुषालले एबीसी टेलिभिजनका लागि अध्यक्ष तथा प्रधानसम्पादक शुभशंकर कंडेलसंग निर्वाचन विशेष कुराकानी गर्दै ओलीले देशको संविधानमा आगो लगाउन थालेपछि पाँच दलीय गठबन्धन बनेको र गठबन्धनले नै लोकतन्त्र र संविधानको रक्षा गर्ने उनको तर्क गरे । भुसालले देवदह यस क्षेत्रको नेता पालिका भएकोले रूपन्देही–१ को विकासको नेतृत्व देवदहले गर्नुपर्ने बताए । रोजगारी र विकास अबको एजेन्डा हुने बताउँदै उनले अब देवदहको प्रतिस्पर्धा बुटवल र आसपासका शहरसंग हुने र विकासमा देवदहले नयाँ फड्को मार्ने दावी गरे । जनताको प्राथमिकताका आधारमा चौतर्फी विकास गर्न पाँच दलीय गठबन्धनलाई मतदान गर्नुपर्ने उनको भनाइ छ ।








प्रतिक्रिया दिनुहोस्