ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सिन्धुली पुगेर ओलीले भने– चुनावपछि गठबन्धन होइन, बलियो शक्ति चाहिएको छ


एबीसी / संवाददाता
कार्तिक २८, २०७९ सोमबार  ५ : २५ बजे

काठमाडौं । एमाले अध्यक्ष केपी ओलीले अहिले देशमा विभिन्न स्वार्थी समूहको गठबन्धन रहेको भन्दै चुनावपछि एउटा बलियो शक्ति आवश्यक रहेको बताएका छन् ।

सिन्धुलीमा सोमबार आयोजित चुनावी सभामा उनले सुदृढ राष्ट्रिय शक्ति चाहिएको बताए । सधैं तानातान र स्वार्थी समूहको अखडा नचाहिएको बताए । ओलीले त्यस्तो शक्ति एमाले रहेको उनको दाबी थियो ।

बालबालिका, छात्रा, वृद्धवृद्धा सबैका लागि एमाले नै चाहिएको उनले दाबी गरे । ‘महिनवारी महिला तथा किशोरीलाई स्यानेटरी प्याड निःशुल्क दिने व्यवस्था हामीले घोषणापत्रमा उल्लेख गरेका छौं,’ उनले भने, ‘यस्तो व्यवस्था कसैले पनि हटाउन सक्दैन ।’ ओलीले मंसिर ४ पछि एमाले सरकार बन्ने दाबी पनि गरे ।  उनले सहिद ऋषिराज देवकोटाको विषयमा प्रकाश पारेका थिए । ऋषिराजका छोरा सुवास देवकोटा सिन्धुली १ ख बाट उम्मेदवार बनेका छन् ।
ओलीले सिन्धुली १ का एमाले प्रतिनिधिसभा सदस्यका उम्मेदवार प्रदीप कटुवाल र सिन्धुली २ का मनोजजंग थापाका लागि भोट मागे । १५ मिनेट बोलेपछि ओली काठमाडौं जान ढिला हुन्छ भन्दै हेलिकोप्टर चढेर फर्के ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सुकुमवासी बस्ती हटाउने सरकारी कदमप्रति हर्क साम्पाङको आपत्ति, ‘सरकार निरंकुश बनेको’ आरोप

लोकका लागि लोकतन्त्र कि नेताका लागि सत्ता ?

सम्बन्धित

सांसदलाई ‘नयाँ राजा’ बनाउने कसरत: संविधान मिचेर फौजदारी अभियोगमा उन्मुक्ति दिने प्रस्ताव

धुलोजन्य वायु प्रदूषण उच्च

सुकुमवासी बस्ती हटाउने सरकारी कदमप्रति हर्क साम्पाङको आपत्ति, ‘सरकार निरंकुश बनेको’ आरोप

लोकका लागि लोकतन्त्र कि नेताका लागि सत्ता ?

डोमोक्रेटिक राज्यमा डोजरको शासन: सुकुम्बासी बस्तीमा ‘युद्ध’ को तयारी, मानवीयता कि व्यवस्थापन ?

संसद् अधिवेशन किन स्थगन भयो? यस्तो छ भित्री कारण

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com