ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

उच्च मनोबलका साथ चुनावमा केन्द्रित हुन महानिरीक्षक अर्यालको निर्देशन


एबीसी / संवाददाता
कार्तिक २७, २०७९ आईतबार  १० : ०५ बजे

काठमाडौं, २७ कात्तिक । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सशस्त्र प्रहरी बलको बाहिनी, गण तथा गुल्म कमाण्डहरुलाई प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्न गर्न प्रतिबद्धताका साथ लाग्न निर्देशन दिनुभएको छ ।

भर्चुअल माध्यमबाट आज देशभरका कमाण्डहरुलाई एकैसाथ निर्देशन दिँदै महानिरीक्षक अर्यालले निर्वाचनका बखत कार्यक्षेत्रमा खटिँदा आइपर्ने जस्तोसुकै चुनौतीको सामनाका लागि तयार हुन पनि आग्रह गर्नुभएको छ । उहाँले निर्वाचनको दौरानमा बल प्रयोग गर्नुपरेमा बल प्रयोगको सिद्धान्तअनुसार सबै प्रकारका सावधानी अपनाएर जिम्मेवारी पूरा गर्न र कुनै पनि कमि कजोरी भएमा स्वयं युनिट कमाण्डर जवाफदेही हुनुपर्ने बताउनुभयो ।

अर्यालले सवारीसाधनको उचित प्रयोग, त्यसमा अपनाउनुपर्ने सावधानी र न्यूनतम स्रोतसाधनको अधिकतम प्रयोग गर्दै भोग, प्यास र थकानको परवाह नगरी २४सै घण्टा क्रियाशील रहन सशस्त्र प्रहरी कर्मचारीलाई अनुरोध गर्नुभएको छ । राष्ट्रको यस महान अभियानमा उच्च मनोबल र हौसलाका साथ कार्यक्षेत्रमा खटिन निर्देशन दिँदै उहाँले भन्नुभयो, “निर्वाचनका बेला सुरक्षा कमीकमजोरी क्षमा हुने छैन ।”

निर्वाचनको समयमा फिल्डमा खटिँदा सामान्यभन्दा सामान्य त्रुटी आफूले सुन्न र देख्न नचाहेको उहाँले बताउनुभयो । महानिरीक्षक अर्यालले बन्दोबस्तीलगायत अन्य भौतिक व्यवस्थापन भइसकेको जानकारी गराउँदै उच्चतम र भरपूर प्रयोग गर्न निर्देशन दिनुभयो । सो क्रममा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक चन्द्रप्रकाश गौतमले निर्वाचनको समयमा हुनसक्ने समस्या, चुनौती तथा कार्यक्षेत्रमा खटिँदा अपनाउनुपर्ने कार्यशैलीबारे मातहत कमाण्डरलाई जानकारी गराउनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

डोमोक्रेटिक राज्यमा डोजरको शासन: सुकुम्बासी बस्तीमा ‘युद्ध’ को तयारी, मानवीयता कि व्यवस्थापन ?

संसद् अधिवेशन किन स्थगन भयो? यस्तो छ भित्री कारण

सम्बन्धित

डोमोक्रेटिक राज्यमा डोजरको शासन: सुकुम्बासी बस्तीमा ‘युद्ध’ को तयारी, मानवीयता कि व्यवस्थापन ?

संसद् अधिवेशन किन स्थगन भयो? यस्तो छ भित्री कारण

नयाँ शैक्षिक सत्र: काठमाडौं महानगरद्वारा सङ्घीय सरकारको निर्णय अवज्ञा, वैशाख १५ बाटै पठनपाठन सुरु हुने

अर्बौँको एनसेल कारोबारमा ‘अदृश्य सेटिङ’—२ वर्षदेखि दराजमा थन्क्याइएको त्यो गोप्य प्रतिवेदन

व्यवसायी शेखर गोल्छा पक्राउ: धितोपत्र घोटाला र दीपक भट्टसँगको ‘कनेक्सन’

सरकारको सिफारिसमा राष्ट्रपतिले गरे संसद् अधिवेशन स्थगित

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com