ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

ललितपुर–१ मा राणा र सिलवालबीच मुख्य प्रतिस्पर्धा


एबीसी / संवाददाता

पाटन, २७ कात्तिक । प्रतिनिधिसभा सदस्यका लागि ललितपुर क्षेत्र नं १ मा उदयशम्शेर राणा र नवराज सिलवालसहित २१ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा हुनुहुन्छ । विभिन्न दलबाट ११ र १० जना स्वतन्त्र उम्मेदवारमध्ये मुख्य प्रतिस्पर्धा पाँचदलीय गठबन्धनका तर्फबाट उम्मेदवार हुनुभएका नेपाली कांग्रेसका केन्द्रीय सदस्य राणा र नेकपा एमालेका उम्मेदवार सिलवालबीच नै हुने देखिन्छ ।

राणा र सिलवालबाहेक ललितपुर–१ मा राष्ट्रिय स्वतन्त्र पार्टीबाट डा सचिन घिमिरेले उम्मेदवारी दिनुभएको छ । यस्तै, आमूल परिवर्तन मसिहा पार्टी नेपालका तर्फबाट विष्णु लामा, राष्ट्रिय जनमुक्ति पार्टीबाट बालकृष्ण घिमिरे, नेसनलिष्ट पिपल्स पार्टीबाट सुभद्रा महर्जन, मङ्गोल नेसनल अगर्ननाइजेसनबाट सूर्य तामाङ बल, लोकतान्त्रिक समाजवादीबाट मनिषबहादुर श्रेष्ठ, नेपाल मजदुर किसान पार्टीका तर्फबाट कवीन्द्र डङ्गोल, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट सन्दीप आचार्य र जनता समाजवादी पार्टी नेपालबाट गोपालराज राईले उम्मेदवारी दिनुभएको छ ।

राजनीतिक दलबाहेक कृष्णकाजी महर्जन, शैलेन्द्र बिष्ट, गोकुल तिमल्सिना, भूपेन्द्र सिलवाल, विशाल तामाङ, नवराज घिमिरे, फूलमाया गोले, राजकुमार तिमिल्सिना, सुमन भुम्जन र गोविन्द घिमिरे केसीले स्वतन्त्र उम्मेदवारी दिनुभएको छ ।

गोदावरी नगरपालिकाको १ देखि ११ सम्म र वडा नं १३ गरी १२ वटा वडा, बागमती, महाङ्काल, कोन्ज्योसोम गाउँपालिकाको पूरै भेगका १८ वडासमेत गरी ३० वटा वडा रहेको यो क्षेत्रमा ७४ हजार तीन सय ९७ मतदाता रहेका छन् । जसअनुसार ३७ हजार दुई सय २७ पुरुष, ३७ हजार एक सय ६९ महिला र अन्य एकजना रहेको जिल्ला निर्वाचन कार्यालय ललितपुरले सार्वजनिक गरेको तथ्याङ््कमा उल्लेख छ ।

पुरानै प्रतिस्पर्धी राणा र सिलवाल दुवैले सांसदका रूपमा एक कार्यकालको अनुभव बटुलिसक्नुभएको छ । विसं २०७० मा संविधानसभा सदस्यमा यसै क्षेत्रबाट निर्वाचित हुनुभएका राणालाई २०७४ को प्रतिनिधिसभा निर्वाचनमा सिलवालले पराजित गर्नुभयो । विसं २०७० मा राणाले १८ हजार पाँच सय ६० मत ल्याएर जीत हासिल गर्दा उहाँका निकटतम प्रतिद्वन्द्वी एमालेका उम्मेदवार मधुसूदन पौडेलले १० हजार छ सय ८२ मतमात्र प्राप्त गर्नुभएको थियो । नेपाल प्रहरीको आइजिपीको प्रतिस्पर्धामा असफल भएपछि सोही असोजमा डिआइजीबाट राजीनामा दिएर एमालेमा प्रवेश गरी राजनीतिमा होमिनुभएका सिलवाल पहिलो प्रयासमै सांसद बन्न सफल हुनुभएको थियो । राणा त्यसबेला अर्थ राज्यमन्त्री हुनुहुन्थ्यो ।

दोस्रो पटक चुनावी प्रतिस्पर्धामा रहनुभएका राणा र सिलवालबीच गत निर्वाचन र अहिलेमा समीकरणमा नै अदलबदल भएको छ । अघिल्लो निर्वाचनमा एमालेका उम्मेदवार सिलवाललाई समर्थन गरेको नेकपा ९माओवादी केन्द्र० ले यस पटक नेपाली कांग्रेससँग गठबन्धन गरेको छ । गत निर्वाचनमा सिलवालले २६ हजार नौ सय ५१ मत ल्याएर विजयी हुँदा कांग्रेसका उम्मेदवार राणाले २० हजार सात सय २९ मत पाउनुभएको थियो । विसं २०६५ देखि यस क्षेत्रमा नेपाली कांग्रेसबाट उम्मेदवार हुनुभएका राणा चौथो पटक चुनावी मैदानमा हुनुहुन्छ भने सिलवाल दोस्रो पटक प्रतिस्पर्धा गर्दै हुनुहुन्छ । विसं २०६५ मा माओवादीका उम्मेदवार वर्षमान पुनसँग पराजित हुनुभएका राणले २०७० को निर्वाचनमा एमालेका उम्मेदवार पौडेललाई पराजित गर्दै संविधानसभाको सदस्य हुने अवसर पाउनु भएको थियो ।

उदय शम्शेरभन्दा पहिला उहाँका पिता सागरशमशेर राणा नेपाली कांग्रेसका तर्फबाट यो क्षेत्रबाट उम्मेदवार बन्दै आउनुभएको थियो । आफूले कहिल्यै जीत हासिल गर्न नसकेपछि छोरोलाई राजनीतिमा स्थापित गरेर उहाँले राजनीतिबाट आराम लिनुभयो । बहुदलीय व्यवस्था आएपछि २०४८ र २०५१ मा एमालेका उम्मेदवार मिठाराम शर्मा बजगाइँसँग पराजित हुनुभएका उहाँले २०५६ सालको आम चुनावमा पनि एमालकै उम्म्मेदवार सुशीला नेपालसँग हार बेहोर्नु प¥यो ।

राणाले आफू राज्यमन्त्री हुँदा गरेका काम नै आसन्न निर्वाचनका लागि जीतको बलियो आधार मान्नुभएको छ । “म आफू सांसद हुँदा र नहुँदा पनि यस क्षेत्रको विकासमा निरन्तर क्रियाशील भएर काम गरेको छु । यही आधारमा पनि यहाँका मतदाताले मलाई विश्वास गरेर मत दिन्छन्”, राणा भन्नुहुन्छ ।

उता सिलवालले पनि गत निर्वाचनमा आफू सांसद भएपछि गरेका कामहरू नै आफ्नो जीतको आधार भएको दाबी गरिरहनुभएको छ । “मैले सांसद भएर अघिल्लो कार्यकालमा धेरै काम गरेको छु, यहाँका जनताको सुखदुःखमा साथ दिएको छु । त्यसकारण पनि जनताले मलाई विश्वास गरेर मत दिनेछन् ।”

गत स्थानीय चुनावमा कूल ३० वटा वडामध्ये २२ वटा वडामा कांग्रेसले, पाँचवटा वडामा माओवादी केन्द्रले र तीनवटा वडामा एमालेका उम्मेदवारले वडाध्यक्ष जीत हासिल गर्नुभएको छ । यो क्षेत्रमा स्थानीय निर्वाचनमा नेपाली कांग्रेसले २३ हजार आठ सय ५४, एमालेले १८ हजार नौ सय ९३, माओवादीले ६ हजार एक सय ३३ र राप्रपाले एक हजार ७५ मत प्राप्त गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सुदूरपश्चिमका एमालेका मुख्यमन्त्रीलाई नागरिक उन्मुक्तिले विश्वासको मत नदिने निणर्य गर्यो

काठमाडौं २४ । नागरिक उन्मुक्ति पार्टीले सुदूरपश्चिम प्रदेशका एमालेका मुख्यमन्त्री राजेन्द्र सिंह रावललाई विश्वासको मत नदिने निर्णय गरेको छ। नागरिक उन्मुक्तिले आफ्नो माग सम्बोधन नभएकोले

प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष ओलीबीच भेट

काठमाडौं, २४ माघ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा ९एमाले०का अध्यक्ष केपी शर्मा ओलीबीच भेट भएको छ ।प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको भेटमा उहाँहरुबीच

नेपालको अस्थिर राजनीतिमा यसरी बढ्दै छ विदेशी चासो (भिडियो)

काठमाडौं, २४ माघ । निर्वाचनपश्चात नयाँ सरकारको बनेको ४२ दिनमै पूनः सरकार अस्थिर अवस्थामा पुग्ने संकेत देखिएको छ । सरकारमा दलहरुबीचको सहमतिमा बनेको गठबन्धन सरकारबाट

सम्बन्धित

सुदूरपश्चिमका एमालेका मुख्यमन्त्रीलाई नागरिक उन्मुक्तिले विश्वासको मत नदिने निणर्य गर्यो

नेपालको अस्थिर राजनीतिमा यसरी बढ्दै छ विदेशी चासो (भिडियो)

ओलीको बाध्यता र प्रचण्डको आवश्यकतामा प्रधानमन्त्रीको पद उकुसमुकुस (भिडियो)

भक्तपुरको आदर्श मावि पुगिन् यूएसएआईडीकी प्रमुख सामन्था पावर

किन समयमै सम्पन्न हुदैनन् राष्ट्रिय गौरवका दर्जनौं आयोजना ? (भिडियोसहित)

भूकम्पले टर्की र सिरियामा मृत्यु हुनेको संख्या ४ हजार नाघ्यो, १२ हजारभन्दा बढी घाइते

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2023 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com