ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

वाम गठबन्धनसँग मधेस केन्द्रीत दलहरु नजिकिए , कांग्रेस एक्लिने संकेत


एबीसी न्यूज

काठमाडौं, ९ माघ । वाम गठबन्धन र मधेश केन्द्रीत दल राष्ट्रियसभाको चुनाव, भावी सरकार गठन लगायत विषयमा सहकार्य गर्न सकारात्मक भए पछि कांग्रेस एक्लिने सम्भावन बढेर गएको छ ।
नेकपा एमाले संसदीय दलको कार्यालय, सिंहदरबारमा बिहान भएको संयुक्त छलफलमा स्थानीय तह, प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनको जनादेश बमोजिम मुलुकलाई अगाडि बढाउने विषयमा सकारात्मक छलफल भएको एमाले स्थायी कमिटीका सदस्य सुवास नेम्वाङले जानकारी दिए । ठोस सहमति भएमा वाम गठबन्धन र मधेशी दलबीच आसन्न राष्ट्रियसभा सदस्यको चुनावमा तालमेल हुने भएको छ ।

एमाले र नेकपा माओवादी केन्द्र सम्मिलित वाम गठबन्धन तथा राष्ट्रिय जनता पार्टी राजपा नेपाल र संघीय समाजवादी फोरम नेपालका नेताबीचको छलफल देशको नेतृत्व एमालेले र २ नम्बर प्रदेशको नेतृत्व मधेसी दलले गर्नेमा एकमत देखिएको छ ।

वाम गठबन्धन र मधेसी दलबिचको यो छलफलले नेपाली कांग्रेस एक्लिने संकेत मिलेको छ । यसअघि राजपाले राष्ट्रियसभा चुनावमा नेपाली कांग्रेससँग पनि छलफल गर्ने निर्णय गरेको थियो । तर आन्तरिक किचलोमा परेको कांग्रेससँग भन्दा वाम गठबन्धनसँगको सहकार्य फाइदाजनक हुने ठानेपछि राजपा गठबन्धनप्रति आकर्षित भएको हो ।

बिहानको छलफल सकरात्मक भएको र आ–आफ्नो दलमा थप छलफल गरेर अहिले ३ बजे बस्ने बस्ने सहमति भएको माओवादी केन्द्रका नेता मातृका यादवले जानकारी दिए ।

बैठकमा एमालेका नेम्वाङ र अग्निप्रसाद खरेल, माओवादी केन्द्रका वर्षमान पुन र यादव, राजपाका सर्वेन्द्रनाथ शुक्ल र केशव झा तथा फोरमका राजेन्द्र श्रेष्ठ सहभागी रहेका थिए । ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

प्रधानमन्त्रीले साँझ ६ बजेलाई बोलाए मन्त्रिपरिषद् बैठक

बनेपा–नाला–भक्तपुर सडक पुनः अवरुद्ध

सम्बन्धित

तरुण दल केन्द्रीय समिति भंग गर्नुपर्ने माग राखेर सानेपामा नाराबाजी

कर्णाली डेभलपमेन्ट बैंकका संस्थापक अध्यक्ष राजेन्द्रवीर राय पक्राउ

गणतन्त्र दिवस मनाउन झाँकीसहित सडकमा ओर्लियो एमाले (तस्बिरहरू)

राष्ट्रपतिलाई अर्थमन्त्रीद्वारा बजेटबारे ब्रिफिङ

सुरक्षा र कूटनीतिक सक्रियता बढाउन सरकारको ध्यानाकर्षण

नेपाल विश्वविद्यालयको उपकुलपतिमा डा. अर्जुन कार्की नियुक्त

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com