ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

काठमाडौं १० मा सत्ता गठबन्धन भित्रै प्रतिस्पर्धा कारण यस्तो (भिडियोसहित)


एबीसी / संवाददाता
कार्तिक २२, २०७९ मंगलबार  १२ : १६ बजे

काठमाडौं, २२ कात्तिक ।  मंसिर ४ गते हुने निर्वाचनामा प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत संघीय राजधानीसमेत रहेको काठमाडौमा १० ओटा निर्वाचन क्षेत्र रहेको छ । सत्तारुढ गठबन्धनले विभिन्न क्षेत्रमा गठबन्धन गरि निर्वाचनमा होमिए पनि काठमाडौ क्षेत्र नम्बर १० मा भने गठबन्धनका भित्रै मित्रवत प्रतिस्पर्धा गर्दैछन् ।

यस क्षेत्रमा नेपाली काँग्रेस, सत्ता गठबन्धन भित्रकै नेकपा माओवादी र एमालेबीच त्रिपक्षीय प्रतिस्पर्धा हुने देखिएको छ । आगामी मंसिर ४ मा हुने निर्वाचनमा प्रतिनिधी सभाका लागि काठमाडौमा १० वटा निर्वाचन क्षेत्र रहेको छ । काठमाडौ क्षेत्र नम्बर १० बाट २०७० देखि निरन्तर निर्वाचित हुँदै आएका कांग्रेसका राजेन्द्र कुमार केसी ह्याट्रिक जितको खोजीमा छन । २०७४ को निर्वाचनमा एमाले र माओवादी केन्द्रको वाम गठबन्धन रहेका बेला पनि कांग्रेसका राजेन्द्र निर्वाचित भएका थिए । यस पटक काठमाडौ १० निर्वाचन क्षेत्रमा रोचक प्रतिस्पर्धा हुने देखिएको छ । मुलुकभर सत्ता गठबन्धनको लहर सँगसँगै र्चचा चलिरहेको छ । मुलुकभर नेपाली कांग्रेस ,माओवादी केन्द्रलगायतका दलहरूबीच पाँच दलीय गठबन्धन हुँदा काठमाडौं १० मा भने गठबन्धनमा रहेका दुई ठूला दलहरूले आ–आफ्ना उम्मेदवार खडा गरेर मित्रवत प्रतिस्पर्धा गरिरहेका छन् । सांसदमा ह्याट्रिक गर्ने प्रयासमा रहेका राजेन्द्रकुमारसहित यसपटक गठबन्धनमा रहेको माओवादी केन्द्रकी अञ्जना विशंखे, एमालेका हिमेश केसीसँगै काठमाडौं निर्वाचन क्षेत्र नम्बर १० मा १८ उम्मेदवारे रहेका छन ।

नेपाली कांग्रेसका प्रतिनिधि सभाका सदस्यका उम्मेदवार राजेन्द्र कुमार केसी काठमाडौं–१० मा अधुरा रहेका विकास योजना पूर्ति गर्न र राष्ट्रलाई राजनीतिक स्थायित्व दिनका लागि जनताले भोट दिने विश्वास दाबी गरे ।

नेकपा माओवादी केन्द्रबाट प्रतिनिधि सभाका सदस्यका उम्मेदवार अञ्जना विशंखे जनताले क्षेत्र नम्बर १० मा शिक्षा, स्वास्थ्य, खानेपानी, बेरोजगारीको समस्या भोगदै आएकाले यसको समाधान गर्न यसपटक प्रत्यक्षमा उम्मेदवार बनेको बताउछिन । काठमाडौं –१० का विभिन्न गाउँमा रहेका कुष्ठरोग पीडितहरूलाई निःशुल्क बीमाको व्यवस्था गर्नु पनि आफ्नो प्राथमिक एजेन्डा रहेको उनको भनाइ छ । जनताले १० वर्ष एकजनालाई हेरिसक्यौं अब जनताले नयाँ नेतृत्व निर्वाचित गर्ने विशंखे बताउछिन । उनले स्थानीय तहको निर्वाचनमा जस्तो परिणाम आए पनि प्रतिनिधिसभा निर्वाचनमा भने मतदाताले व्यक्ति हेर्ने भन्दै आफू निर्वाचित हुने विश्वास व्यक्त गरिन् । यस्तै गठबन्धन हुन नसक्नुमा नेपाली कांग्रेसका उम्मेदवार केसीको अडानका कारण नै गठबन्धन नभएको बताइन् ।

काठमाडौं–१० बाट २०७० देखि निरन्तर निर्वाचित हुँदै आएका कांग्रेसका केसी जितको खोजीमा छन् । ६४ वर्षीय उनलाई रोकेर आफू संसद् प्रवेश गर्नका लागि एमालेका ३९ वर्षीय उम्मेदवार हिमेश केसी, माओवादी केन्द्रकी अन्जना विशंखेसहित १८ उम्मेदवार चुनावी मैदानमा छन् । यस क्षेत्रमो विकास निर्माणमा देखिने खालको कुनै पनि काम नभएको, धार्मिक पर्यटनका राम्रो व्यवस्थापन हुन नसकेका भन्दै नयाँ नेतृत्व खोजेको उम्मेदवारहरु बताउछन । यसपटक गठबन्धन भित्रकै प्रतिस्पर्धाले यस क्षेत्रको चुनावलाई थप रोचक बनाएको छ ।

 

 

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

डोमोक्रेटिक राज्यमा डोजरको शासन: सुकुम्बासी बस्तीमा ‘युद्ध’ को तयारी, मानवीयता कि व्यवस्थापन ?

संसद् अधिवेशन किन स्थगन भयो? यस्तो छ भित्री कारण

सम्बन्धित

डोमोक्रेटिक राज्यमा डोजरको शासन: सुकुम्बासी बस्तीमा ‘युद्ध’ को तयारी, मानवीयता कि व्यवस्थापन ?

संसद् अधिवेशन किन स्थगन भयो? यस्तो छ भित्री कारण

नयाँ शैक्षिक सत्र: काठमाडौं महानगरद्वारा सङ्घीय सरकारको निर्णय अवज्ञा, वैशाख १५ बाटै पठनपाठन सुरु हुने

अर्बौँको एनसेल कारोबारमा ‘अदृश्य सेटिङ’—२ वर्षदेखि दराजमा थन्क्याइएको त्यो गोप्य प्रतिवेदन

व्यवसायी शेखर गोल्छा पक्राउ: धितोपत्र घोटाला र दीपक भट्टसँगको ‘कनेक्सन’

सरकारको सिफारिसमा राष्ट्रपतिले गरे संसद् अधिवेशन स्थगित

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com