काठमाडौं, २२ कात्तिक । मंसिर ४ गते हुने निर्वाचनामा प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत संघीय राजधानीसमेत रहेको काठमाडौमा १० ओटा निर्वाचन क्षेत्र रहेको छ । सत्तारुढ गठबन्धनले विभिन्न क्षेत्रमा गठबन्धन गरि निर्वाचनमा होमिए पनि काठमाडौ क्षेत्र नम्बर १० मा भने गठबन्धनका भित्रै मित्रवत प्रतिस्पर्धा गर्दैछन् ।
यस क्षेत्रमा नेपाली काँग्रेस, सत्ता गठबन्धन भित्रकै नेकपा माओवादी र एमालेबीच त्रिपक्षीय प्रतिस्पर्धा हुने देखिएको छ । आगामी मंसिर ४ मा हुने निर्वाचनमा प्रतिनिधी सभाका लागि काठमाडौमा १० वटा निर्वाचन क्षेत्र रहेको छ । काठमाडौ क्षेत्र नम्बर १० बाट २०७० देखि निरन्तर निर्वाचित हुँदै आएका कांग्रेसका राजेन्द्र कुमार केसी ह्याट्रिक जितको खोजीमा छन । २०७४ को निर्वाचनमा एमाले र माओवादी केन्द्रको वाम गठबन्धन रहेका बेला पनि कांग्रेसका राजेन्द्र निर्वाचित भएका थिए । यस पटक काठमाडौ १० निर्वाचन क्षेत्रमा रोचक प्रतिस्पर्धा हुने देखिएको छ । मुलुकभर सत्ता गठबन्धनको लहर सँगसँगै र्चचा चलिरहेको छ । मुलुकभर नेपाली कांग्रेस ,माओवादी केन्द्रलगायतका दलहरूबीच पाँच दलीय गठबन्धन हुँदा काठमाडौं १० मा भने गठबन्धनमा रहेका दुई ठूला दलहरूले आ–आफ्ना उम्मेदवार खडा गरेर मित्रवत प्रतिस्पर्धा गरिरहेका छन् । सांसदमा ह्याट्रिक गर्ने प्रयासमा रहेका राजेन्द्रकुमारसहित यसपटक गठबन्धनमा रहेको माओवादी केन्द्रकी अञ्जना विशंखे, एमालेका हिमेश केसीसँगै काठमाडौं निर्वाचन क्षेत्र नम्बर १० मा १८ उम्मेदवारे रहेका छन ।
नेपाली कांग्रेसका प्रतिनिधि सभाका सदस्यका उम्मेदवार राजेन्द्र कुमार केसी काठमाडौं–१० मा अधुरा रहेका विकास योजना पूर्ति गर्न र राष्ट्रलाई राजनीतिक स्थायित्व दिनका लागि जनताले भोट दिने विश्वास दाबी गरे ।
नेकपा माओवादी केन्द्रबाट प्रतिनिधि सभाका सदस्यका उम्मेदवार अञ्जना विशंखे जनताले क्षेत्र नम्बर १० मा शिक्षा, स्वास्थ्य, खानेपानी, बेरोजगारीको समस्या भोगदै आएकाले यसको समाधान गर्न यसपटक प्रत्यक्षमा उम्मेदवार बनेको बताउछिन । काठमाडौं –१० का विभिन्न गाउँमा रहेका कुष्ठरोग पीडितहरूलाई निःशुल्क बीमाको व्यवस्था गर्नु पनि आफ्नो प्राथमिक एजेन्डा रहेको उनको भनाइ छ । जनताले १० वर्ष एकजनालाई हेरिसक्यौं अब जनताले नयाँ नेतृत्व निर्वाचित गर्ने विशंखे बताउछिन । उनले स्थानीय तहको निर्वाचनमा जस्तो परिणाम आए पनि प्रतिनिधिसभा निर्वाचनमा भने मतदाताले व्यक्ति हेर्ने भन्दै आफू निर्वाचित हुने विश्वास व्यक्त गरिन् । यस्तै गठबन्धन हुन नसक्नुमा नेपाली कांग्रेसका उम्मेदवार केसीको अडानका कारण नै गठबन्धन नभएको बताइन् ।
काठमाडौं–१० बाट २०७० देखि निरन्तर निर्वाचित हुँदै आएका कांग्रेसका केसी जितको खोजीमा छन् । ६४ वर्षीय उनलाई रोकेर आफू संसद् प्रवेश गर्नका लागि एमालेका ३९ वर्षीय उम्मेदवार हिमेश केसी, माओवादी केन्द्रकी अन्जना विशंखेसहित १८ उम्मेदवार चुनावी मैदानमा छन् । यस क्षेत्रमो विकास निर्माणमा देखिने खालको कुनै पनि काम नभएको, धार्मिक पर्यटनका राम्रो व्यवस्थापन हुन नसकेका भन्दै नयाँ नेतृत्व खोजेको उम्मेदवारहरु बताउछन । यसपटक गठबन्धन भित्रकै प्रतिस्पर्धाले यस क्षेत्रको चुनावलाई थप रोचक बनाएको छ ।








प्रतिक्रिया दिनुहोस्