ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

स्वतन्त्रको लर्को : १६५ सिटमा ८ सय ६४ जनाको उम्मेदवारी (भिडियोसहित)


एबीसी / संवाददाता
कार्तिक २२, २०७९ मंगलबार  ११ : ५९ बजे

काठमाडौं, २२ कात्तिक । हाल नेपाली राजनीतिमा सबभन्दा चर्चित शब्द पनि हो स्वतन्त्र । नेपाली शब्दकोष अनुसार स्वतन्त्र शब्दको अर्थ अरू कसैको बन्धन, दबाब, अधीन आदिमा नरही आफ्नै तन्त्र वा शासनमा रहने र त्यसै माध्यमले स्वयं सोचीबुझी काम गर्न सक्ने वा पाउने स्वाधीन हो । पछिल्लो निर्वाचनमा काठमाडौं, धरान, धनगढी लगायत अन्य स्थानीय तहमा स्वतन्त्र उम्मेदवार भएका व्यक्तिहरु विजयी बनेपछि नेपाली राजनीतिमा स्वतन्त्र शब्दको चर्चा चुलीमा पु¥याएको छ ।

आगामी संघीय निर्वाचनमा स्वतन्त्र रूपमा उम्मेदवारी दिने व्यक्तिको संख्या पनि बढ्दो छ । प्रतिनिधि सभा सदस्यमा १६५ सिटमा प्रत्यक्ष तर्फ प्रतिस्प्रर्धाको लागि देशैभरबाट स्वतन्त्र उमेदवारी दिनेको संख्या ८ सय ६४ रहेको छ । आसन्न प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनमा एकतिहाइभन्दा धेरै स्वतन्त्र उम्मेदवार छन । निर्वाचन आयोगका अनुसार प्रतिनिधिसभातर्फ दुई हजार चार सय १२ मध्ये आठ सय ६४ स्वतन्त्र उम्मेदवार छन, जुन कुल उम्मेदवारको ३५.९४ प्रतिशत हो । प्रतिनिधिसभामा ५७ दलले उम्मेदवारी दर्ता गरेका छन । देशैभबाट स्वतन्त्र उमेदवारी दिनेको संख्या ८ सय ६४ छन, जसमा २४ वर्ष युवादेखि ७५ वर्ष उमेर समूहका ब्यक्तिले समेत आफ्नो उमेदवारी दर्ता गराएका छन । स्वतन्त्र उम्मेदवारी दर्ता गराउनेमा पार्टीले टिकट नदिएका, बागी, विद्रोही, कुनै पनि दलमा आबद्ध नभएकादेखि दल त्याग गरेकासम्म छन । निर्वाचनमा पार्टीले टिकट नदिएपछि कतिपय नेता पार्टी परित्याग गरी अर्को पार्टीमा लागेका छन भने केहीले स्वतन्त्र उम्मेदवारी दिएका छन ।

नेताहरूले विगतमा उठेकै निर्वाचन क्षेत्रमा स्वतन्त्र उम्मेदवारी दिएका हुन । टिकट नदिएपछि नेकपा एमाले परित्याग गरेका घनश्याम भुसालले रुपन्देही क्षेत्र नं १ बाट स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन । एमालेकै निवर्तमान सांसद रामवीर मानन्धर, नेता प्रभु साह, नेकपा एमालेकी निवर्तमान सांसद गंगा चौधरी सत्गौवाले स्वतन्त्र उम्मेदवारी दर्ता गराएकी छन । यस्तै, नेपाली कांग्रेसका नेता दिनेश कोइराला, नेता गोविन्दराज जोशी, कांग्रेसका नेता अमरेशकुमार सिंहले पनि पार्टीले टिकट नदिएपछि स्वतन्त्र उम्मेदवारी दर्ता गराएका हुन । आज स्वतन्त्रहरूको माहोल जसरी बढेको देखिन्छ, त्यसको एउटै कारण, हाम्रो विकृत राजनीति । पटकपटक जनताबाट चुनिएर पनि जनतासँग नजोडिनु र पटकपटक सरकारमा जाँदा पनि जनताका पक्षमा काम नगर्ने कार्यशैलीको परिणाम हो, जनतामा दल र नेताहरूप्रतिको वितृष्णा । काठमाडौं ५ बाट स्वतन्त्र उम्मेदवार बनेकी रञ्जु दर्शना दलहरूकै कारण स्वतन्त्र उम्मेदवार बढेको तर्क गर्छिन । दलको भन्दा स्वतन्त्रलाई काम गर्न सहज हुने उनको विश्वास छ ।

राजनीतिक दलहरूले जनअपेक्षा पूरा गर्न नसक्दा स्वतन्त्र उम्मेदवार बढेको कतिपयको मत छ । दलहरूकै व्यवहारले बढाएको नैराश्यताका कारण पनि स्वतन्त्र उम्मेदवारी दिने बढेको उनीहरूको बुझाइ छ । डडेलधुरामा प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाका प्रतिस्पर्धी बनेका सागर ढकाल एक–दुई व्यक्ति पनि संसदमा पुग्दा त्यसको महत्व हुने भएकाले स्वतन्त्र उम्मेदवारी बढेको बताउँछन ।
यता, काठमाडौँ ५ का स्वतन्त्र उम्मेदवार विजय कँडेलले चुनाव चिन्ह चप्पल लिएर निर्वाचनमा होमिँदै छन ।

पूर्वप्रधानमन्त्री केपी ओलीलाई हराउन भनेर झापामा साहित्यकार तथा लेखक युग पाठक कस्सिएका छन । त्यस्तै, चर्चित विद्यार्थी नेता, हेमराज थापाले काठमाडौ क्षेत्र नम्बर ५ बाट स्वतन्त्र उम्मेदवारी दिएका छन । निति निमार्ण तहमा सक्षम युवा, भ्रष्टाचार अन्त्य, सासंदको सम्पत्ति छानविनका लागि कानुन बनाउने, संवैधानिक आयोग र सार्वजनिक संस्थामा राजनीतिक नियुक्ति नगर्ने विधेयक बनाउने, जनताका दैनिक समस्या सभामुखमार्फत रुलिङ गराउने जस्ता एजेन्डा अघी सारेका थापाले सडकको लडाईं निर्वाचनपछि संसदमा हुने बताउछन् । राजनीतिक अनुभव नभएका, भ्रष्टाचारविरोधी अभियान चलाएका र स्वतन्त्रहरू नै दल बनाएर प्रतिस्पर्धामा आएका तर, स्वतन्त्र उम्मेदवार दलको विकल्प हुन नसक्ने धेरैजसो विश्लेषहरु बताउँछन ।

आज किन जनता दलहरूको विकल्प खोज्न बाध्य भए ? दलहरूले आफ्नो प्रभाव क्षेत्र भनेकै ठाउँबाट कसरी स्वतन्त्रहरू निर्वाचित भए ? मतदाता किन स्वतन्त्रप्रति आकर्षित बने ? यसका बारेमा दलहरूले गम्भीर समीक्षा गर्नुपर्ने बेला आएको छ । फेरि पनि दलहरूले आफ्नो अकर्मण्यतालाई कायमै गरे र विगतका कमजोरी सच्याउनेतर्फ चासो दिएनन भने यसले दलीय व्यवस्था मात्रै नभई सिंगो व्यवस्था नै जोखिममा नपर्ला भन्न सकिन्न । तसर्थ स्वतन्त्र उम्मेदवारीको लहर र रहरको फैलिँदो प्रवाह र प्रभाव रोक्न दलहरूले आफ्ना नीति र कार्यक्रमसँगै निर्वाचनमा उम्मेदवार चयनमा विशेष ध्यान दिन उत्तिकै जरुरी छ ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

डोमोक्रेटिक राज्यमा डोजरको शासन: सुकुम्बासी बस्तीमा ‘युद्ध’ को तयारी, मानवीयता कि व्यवस्थापन ?

संसद् अधिवेशन किन स्थगन भयो? यस्तो छ भित्री कारण

सम्बन्धित

डोमोक्रेटिक राज्यमा डोजरको शासन: सुकुम्बासी बस्तीमा ‘युद्ध’ को तयारी, मानवीयता कि व्यवस्थापन ?

संसद् अधिवेशन किन स्थगन भयो? यस्तो छ भित्री कारण

नयाँ शैक्षिक सत्र: काठमाडौं महानगरद्वारा सङ्घीय सरकारको निर्णय अवज्ञा, वैशाख १५ बाटै पठनपाठन सुरु हुने

अर्बौँको एनसेल कारोबारमा ‘अदृश्य सेटिङ’—२ वर्षदेखि दराजमा थन्क्याइएको त्यो गोप्य प्रतिवेदन

व्यवसायी शेखर गोल्छा पक्राउ: धितोपत्र घोटाला र दीपक भट्टसँगको ‘कनेक्सन’

सरकारको सिफारिसमा राष्ट्रपतिले गरे संसद् अधिवेशन स्थगित

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com