ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

निर्वाचनको मिति नजिकिँदै गर्दा आयोगको तयारी तीब्र (भिडियोसहित)


एबीसी / संवाददाता
कार्तिक २२, २०७९ मंगलबार  ११ : ४५ बजे

काठमाडौं, २२ कात्तिक । आगामी मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेशसभा सदस्य निर्वाचनको मिति नजिकिँदै गर्दा राजनीतिक दलका उम्मेदवारहरु चुनावी प्रचारप्रसारका लागि घरदैलो अभियानमा सक्रिय छन् । आफ्नो पार्टीलाई जित दिलाउन राजनीतिक दलका शीर्ष नेताहरु देश दौडाहामा हुँदा निर्वाचन आयोगले पनि आफ्नो तयारीलाई तीब्र पारेको बताएको छ । आयोगले निर्वाचन आचारसंहीताको पूर्ण पालना गराई स्वतन्त्र, निष्पक्ष र भयरहीत वातावरणमा निर्वाचन सम्पन्न गराउनका लागि सम्पूर्ण तयारी गरेको बताएको छ ।

पछिल्लो समय निर्वाचनको मिति नजिकिँदै गर्दा राजनीतिक दलका उम्मेदवारहरु चुनावी प्रचारप्रसारका लागि घरदैलो अभियानमा सक्रिय छन् । आगामी मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेशसभा सदस्य निर्वाचनमा आफ्नो पार्टीलाई जिताउन राजनीतिक दलका शीर्ष नेताहरु पार्टीका चुनावी एजेण्डा लिएर देश दौडाहामा छन् । यस अवस्थामा निर्वाचन आयोगले पनि आगामी निर्वाचन स्वच्छ, निष्पक्ष, स्वतन्त्र र भयरहित बनाउन आवश्यक सबै तयारी गरेको बताएको छ । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचनमा मतपेटिका साटिने आशंका नगर्न आग्रह गरेका छन् । निर्वाचन आचारसंहिताको पालना गराउन आयोग कडाईका साथ लागि परेको बताउँदै प्रमुख निर्वाचन आयुक्त थपलियाले निर्वाचनलाई स्वच्छ, स्वतन्त्र र भयरहित वातावरणमा सम्पन्न गराउने आयोगको अभिभाराप्रति आशंका नगर्न अनुरोध गरे ।

त्यस्तै निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले स्वच्छ, स्वतन्त्र र निश्पक्ष निर्वाचनको कडीको रुपमा रहेको आचारसंहीता पालना गराउने सवालमा आयोगले सम्पूर्ण ध्यान केन्द्रित गरेको स्पष्ट पारेका छन् । उनले निर्वाचन व्यवस्थापनको विषय कठिन भएपनि आफूहरुले चुनौति नभई अवसरको रुपमा लिएको उल्लेख गर्दै आचारसंहीता लागू गर्ने कुरामा आयोग सधँै निष्पक्ष र निष्ठापूर्वक उभिने स्पष्ट पारे । यता पूर्व प्रमुख निर्वाचन आयुक्तहरुले विगतका निर्वाचनमा आचारसंहीता उल्लंघन भएको, धाँदली भएको, मतपेटीका हराएको लगायत घटनाहरुको दृष्टान्त दिँदै त्यसतर्फ सचेत हुन आयोगको ध्यानाकर्षण गराएका छन् । पूर्वप्रमुख निर्वाचन आयुक्त भोजराज पोखरेलले निर्वाचनको बेला निर्वाचन आयोगको सबैभन्दा ठूलो शक्ति नै संयमता भएकाले सोही अनुसारको बोली, बचन र व्यवहार हुनुपर्ने बताए । निर्वाचन आयोगको सानो गल्तीले पनि आगोको झिल्कोझैं सल्किने सक्ने भएकाले त्यसतर्फ सचेत हुनुपर्ने उनको भनाइ छ ।

त्यस्तै अर्का पूर्वप्रमुख निर्वाचन आयुक्त सूर्यप्रसाद श्रेष्ठले सुरक्षा संवेदनशीलतालाई ध्यानमा राखेर निर्वाचनको सुरक्षा व्यवस्था मिलाउन आयोगको ध्यानाकर्षण गराएका छन् । उनले शीर्ष नेताहरु उम्मेदवार भएको जिल्ला बढि संवेदनशील हुने गरेको उल्लेख गर्दै त्यसमा सुरक्षाको आवश्यक व्यवस्था मिलाउन ध्यान दिनुपर्ने बताएका छन् ।निर्वाचन आयोगले निर्वाचनमा करिव १० हजार पर्यवेक्षकहरु परिचालन गर्ने योजना रहेको जनाएको छ ।

आयोगले हरेक मतदान केन्द्रमा कम्तिमा एक जना पर्यवेक्षक परिचालन गर्ने योजना राखेको छ । त्यसका लागि सम्बन्धित पक्षले खवरदारी गरिदिनुपर्ने आयोगको अनुरोध छ । निर्वाचनलाई सफलतापूर्वक सम्पन्न गर्न आयोगले अग्रजहरुको अनुभवलाई आत्मासात गरेर अघि बढ्न सुझाव दिएको छ । स्वतन्त्र, निष्पक्ष, भयरहीत र सर्वस्वीकार्य निर्वाचन गराउने सवालमा आयोग कटिवद्ध रहेको र सोही अनुसार आफ्ना काम कारवाही अघि बढाएको आयोगको दाबी छ । यसका लागि सम्पूर्ण राजनैतिक दल र सरोकारवालाहरुले निर्वाचन आचारसंहीता पालना गरेर सबैले इमान्दारीता देखाउनुपर्ने देखिन्छ ।

आचारसंहीता सबै राजनैतिक दल, सरोकारवाला निकाय र आयोगको साझा सहमतिको दस्तावेज भएकाले सो को प्रभावकारी कार्यान्वयनमा पनि सबै दलहरु जिम्मेवार हुनुपर्ने छ । यसका साथै मतदाता शिक्षाको कामलाई प्रभावकारी बनाउन पनि आयोगले ध्यान दिन जरुरी छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

डोमोक्रेटिक राज्यमा डोजरको शासन: सुकुम्बासी बस्तीमा ‘युद्ध’ को तयारी, मानवीयता कि व्यवस्थापन ?

संसद् अधिवेशन किन स्थगन भयो? यस्तो छ भित्री कारण

सम्बन्धित

डोमोक्रेटिक राज्यमा डोजरको शासन: सुकुम्बासी बस्तीमा ‘युद्ध’ को तयारी, मानवीयता कि व्यवस्थापन ?

संसद् अधिवेशन किन स्थगन भयो? यस्तो छ भित्री कारण

नयाँ शैक्षिक सत्र: काठमाडौं महानगरद्वारा सङ्घीय सरकारको निर्णय अवज्ञा, वैशाख १५ बाटै पठनपाठन सुरु हुने

अर्बौँको एनसेल कारोबारमा ‘अदृश्य सेटिङ’—२ वर्षदेखि दराजमा थन्क्याइएको त्यो गोप्य प्रतिवेदन

व्यवसायी शेखर गोल्छा पक्राउ: धितोपत्र घोटाला र दीपक भट्टसँगको ‘कनेक्सन’

सरकारको सिफारिसमा राष्ट्रपतिले गरे संसद् अधिवेशन स्थगित

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com