ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रचण्डले आज कर्णालीका तीन जिल्लामा सम्बोधन गर्ने


एबीसी / संवाददाता

काठमाडौं, २२ कात्तिक ।  नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आज कर्णाली प्रदेशका तीन जिल्लाका चुनावी सभालाई सम्बोधन गर्ने भएका छन् । मंगलबार कर्णाली पुगेर जुम्ला, हुम्ला र कालिकोट जिल्लाका चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

अध्यक्ष प्रचण्डसहित माओवादी कर्णाली प्रदेशका इन्चार्ज कालीबहादुर मल्ल, प्रदेश अध्यक्ष मायाप्रसाद शर्मा, नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का, लगायत नेताहरू कर्णालीका चुनावी सभामा पुग्ने भएका छन् । मंगलबार प्रचण्ड सहित खड्काले हुम्लाको सर्केगाड,जुम्लाको खलंगा, र कालिकोटका मान्मा बजारमा हुने चुनावी सभालाई सम्बोधन गर्ने जुम्लाका माओवादी नेता मनऋषि धितालले बताए। हुम्लाबाट प्रतिनिधि सभामा गठबन्धनबाट माओवादी नेता छिरिङ डम्डुल लामा (भोटे) उम्मेदवार छन् भने प्रदेश सभा ‘क’बाट माओवादीका रनसिंह परियार र प्रदेश सभा ‘ख’बाट कांग्रेसका जीवनबहादुर शाही उम्मेदवार छन् । शाही प्रदेशको मुख्यमन्त्री भएकाले महत्त्वको साथ हेरिएको छ ।

यस्तै जुम्लाबाट हुम्लाबाट प्रतिनिधि सभामा गठबन्धनबाट माओवादीकै गोमा गौतम कुँवर छिन् भने प्रदेश सभा ‘क’बाट कांग्रेसका ललितजंग शाही र प्रदेश सभा ‘ख’बाट एकीकृत समाजवादीका पदमबहादुर रोकाय उम्मेदवार छन् । कालिकोटबाट प्रतिनिधि सभामा माओवादी नेता महेन्द्रबहादुर शाही उम्मेदवार छन् भने प्रदेश सभा ‘क’बाट दुर्गाबहादुर राउत र प्रदेश सभाबाट कांग्रेसका हिक्मतबहादुर विष्टले उम्मेदवारी दिएका छन् ।

प्रचण्डले आजै बैतडी र दार्चुलामा हुने गठबन्धनको चुनावी सभालाई पनि सम्बोधन गर्ने तालिका छ । सो सभामा प्रधानमन्त्री शेरबहादुर देउवा लगायत गठबन्धनका शीर्ष नेताहरुको सहभागिता रहनेछ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

जेन–जी आन्दोलन लोकतन्त्रलाई शून्य बनाउने षड्यन्त्र थियो : ओली

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com