अहाे तिम्रो भाग्य भनाैँ कि
दुर्भाग्य भनाैँ ?
तिमी फुले्याै कहिले ?
भुइँमा झरे्याै कहिले ?
फुल्नु तिम्रो दोष थियाे
कि प्रकृतिको दोष थियो ?
फुल्ने तिम्रो रहर हो
कि बाध्यता हो ?
कति रहर थियोे होला तिम्रो
ढकमक फुल्ने
अनि योवनको अत्तर रुपि
बासना जगतमा छर्ने,
हावाको मन्द मन्द गति संगै बहकिने,
रविको स्वच्छन्द किरण संगै
चहकिने, बादलको इसारमा
पानीका थोपा संगै महकिने,
अनि पुतली र माहुरिका ताँतीसँगै लहसिने,
नामै त छ तिम्रो परिजात,
कसैले छुन न पाउँदै
खसिदिने तिमीले
वरदान पायाै या अभिशाप ??
फुल त हजाराैँ फुल्छन यहाँ,
तर् हजारौंमा एक छौ तिमी ।
सुवास छन सबैका बेग्लाबेग्लै
तर् स्थान छ तिम्रो एक्लै ।
कठै तिम्रो पिडा बुझ्दिने को छ र यहाँ ??
तिमी फुल्नुकाे पीडा, झर्नुकाे पिडा,
तिमी फुले्याै किन ??
झर्यो किन् ?? कसैलाई वास्ता छैन यहाँ ??
तिम्रो बारे सोचिदिने फुर्सद छ कोसलाई ??
सबैलाई तिम्रो सुगन्ध
अनि सुवास संग मतलब छ यहाँ ।
सबै आ आफ्नो जिन्दगीको गीत गाउनमा,
पिडा भुलाउनमा अनि
जिन्दगीका फुल फुलाउनमा व्यस्त छन यहाँ ।
तिमी यसरी नै सदा फुलि रहनेछौ
झरी रहने छौ, मिठो सुवास छरी रहने छौ ।
किनकी तिमी नै परिजात हाै ।
प्रतिक्रिया दिनुहोस्