काठमाडौं, २१ भदौ । राष्ट्रपति विद्यादेवी भण्डारी आइसल्यान्ड प्रस्थान गर्नुभएको छ । छ दिने भ्रमणको सिलसिलामा राष्ट्रपति भण्डारी आज सोमवार बेलुकी आइसल्यान्ड प्रस्थान गर्नुभएको हो । महिला राजनीतिज्ञको विश्वव्यापी सञ्जाल वुमन पोलिटिकल लिडर्स (डब्लूपीएल) को कार्यक्रममा सहभागी हुन उहाँ त्यसतर्फ प्रस्थान गर्नुभएको हो । १८ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै राष्ट्रपति भण्डारी आइसल्यान्ड भ्रमणमा निस्कनुभएको छ ।
राष्ट्रपति भण्डारीको बिदाइमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उपराष्ट्रपति नन्दबहादुर पुन, राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनालगायत पुग्नुभएको थियो । राष्ट्रपति आइसल्यान्ड प्रस्थान गर्नुअघि उहाँलाई सेनाको एक टुकडीले सम्मान गारद अर्पण गरेको थियो । राष्ट्रपति भण्डारीले वुमन पोलिटिकल ट्रेलब्लेजर अवार्ड समेत ग्रहण गर्ने बताइएको छ । भ्रमण पूरा गरी राष्ट्रपति भण्डारी कात्तिक २६ गते स्वदेश फर्किने कार्यक्रम छ ।
प्रतिक्रिया दिनुहोस्