ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

ललितपुर–१ मा प्रतिनिधि सभा सदस्यमा गठबन्धनबाट राणा र एमालेबाट सिलवालबीच कडा प्रतिस्पर्धा (भिडियोसहित)


एबीसी / संवाददाता
कार्तिक २१, २०७९ सोमबार  १० : १९ बजे

काठमाडौं, २१ कात्तिक । आगामी मंसिर ४ मा तोकिएको आमनिर्वाचनमा प्रतिनिधिसभातर्फ ललितपुर–१ बाट सत्तारूढ गठबन्धनबाट कांग्रेसका उम्मेदवार उदयशमशेर राणा र एमालेका नवराज सिलवालबीच कडा प्रतिस्पर्धा हुँदैछ । २०७४ को निर्वाचनमा पनि यीनै प्रतिस्पर्धी थिए । एमाले र माओवादी मिलेर राणालाई ६ हजार बढी मतले पछाडि पार्दै सिलवाल सांसद बनेका थिए । तर अहिले माओवादी सत्ता गठबन्धनमा हुँदा उनै पुराना प्रतिस्प्रर्धीबीचको चुनावी प्रतिस्पर्धा निकै रोचक बन्ने देखिन्छ ।

आगामी मंसिर ४ को आमनिर्वाचनमा प्रतिनिधिसभातर्फ नेकपा एमालेका नेता नवराज सिलवालले प्रतिनिधिसभा ललितपुर–१ बाट उम्मेदवार चुनावी प्रचारप्रसार अभियानलाई तीब्र बनाइराखेका छन् । पूर्व प्रहरी सिलवाल २०७४ सालको निर्वाचनमा यही क्षेत्रबाट निर्वाचित भएका थिए । सत्तारुढ गठबन्धनका तर्फबाट भने ललितपुर–१ बाट नेपाली कांग्रेसका उम्मेदवार बनेका नेता उदयशमेर राणा पनि चुनाव जित्ने दाबीका साथ मतदातासमक्ष दौडिरहेका छन् । गएको प्रतिनिधिसभा निर्वाचनमा उदयलाई पराजित गर्दै सिलवालल निर्वाचित भएका थिए । गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका राणाले टिकट पाएको यो क्षेत्रमा नेकपा एमालेले अरु कसैसँग पनि यसपटक तालमेल गरेको छैन ।

ललितपुर–१ बाट ११ दलका ११ जना र १० जना स्वतन्त्र उम्मेदवार चुनावी मैदानमा छन् । जसमध्ये सत्तारूढ गठबन्धनबाट कांग्रेसका उम्मेदवार उदयशमशेर राणा र एमालेका नवराज सिलवालबीच कडा प्रतिस्पर्धा हुँदैछ । नेपाल प्रहरीका पूर्वनायब महानिरीक्षक सिलवालले २०७४ को निर्वाचनमा २६ हजार ९ सय ४६ मत पाउँदा राणाले २० हजार ७ सय २९ मत ल्याएका थिए । कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघमा आबद्ध हुँदै राणा नेपाल तरुण दलको केन्द्रीय अध्यक्षको जिम्मेवारी सम्हालिसकेका नेता संविधानसभाको दोस्रो निर्वाचनमा यही क्षेत्रबाट निर्वाचित हुँदै अर्थ राज्यमन्त्रीसमेत बनेका थिए । ललितपुर–१ मा गोदावरी नगरपालिकाको वडा–१२ र १४ बाहेकको क्षेत्र तथा कोन्ज्योसोम, वाग्मती र महांकाल गाउँपालिका पर्छन्  । कुल ३० वटा वडा भएको यो क्षेत्रमा गत स्थानीय निर्वाचनमा कांग्रेसले २२ वटा वडामा जित हात पारेको थियो । बाँकी ५ वडा माओवादीले र ३ वडा मात्र एमालेले जितेको थियो । जसका आधारमा आसन्न निर्वाचनमा सत्ता गठबन्धन बलियो देखिन्छ । गठबन्धन उम्मेदवार कांग्रेसका राणाले दुई तिहाई मत ल्याएर एमालेलाई हराउने उनको दाबी छ ।

त्यस्तै यता एमाले उम्मेदवार सिलवालले पनि गत ५ वर्षमा सांसदको रुपमा जनतासँग भिजेर सामाजिक सरोकार र विकास निर्माणका धेरै काम गरेको बताउँदै यसपटक पनि जनताले आफैलाई जिताउने दाबी गरे । यसपटक गठबन्धनका उम्मेदवार भएकाले कांग्रेसका राणालार्ई केही सहज हुने अनुमान गरिएको छ । त्यसो त वैशाखमा भएको स्थानीय तह निर्वाचनको अंक गणितलाई हेर्ने हो भने पनि राणालाई कांग्रेसी मतदाताले मत दिँदा सहज हुने देखिन्छ । ललितपुरको गोदावरी नगरपालिकाको वडा नम्बरहरु १ देखि १३, कोन्ज्योसोम गाउँपालिका, बागमती गाउँपालिका र महाँकाल गाउँपालिका मिलाएर बनाइएको यो क्षेत्रमा यसअघि निर्वाचन जितेका नवराज सिलवालको छवि र प्रभाव राम्रै रहेको मानिन्छ । स्थानीय निर्वाचनको मत हेर्दा सत्ता गठबन्धन अगाडि देखिए पनि त्यहाँका मतदाताले प्रतिनिधि सभा निर्वाचनमा कसलाई विश्वास गर्ने हुन्, त्यो हेर्न भने बाँकी नै छ ।

राणा र सिलवालबाहेक यो क्षेत्रमा राष्ट्रिय प्रजातन्त्र पार्टीका सन्दीप आचार्य, जनता समाजवादी पार्टीका गोपालराज राई, नेपाल मजदुर किसान पार्टीका कविन्द्र डंगोल, राष्ट्रिय जनमुक्ति पार्टीका बालकृष्ण घिमिरे पनि उम्मेदवार छन् । यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टीका सचिनकुमार घिमिरे, लोकतान्त्रिक समाजवादी पार्टीका मनीषबहादुर श्रेष्ठ, आमूल परिवर्तन मसिहा पार्टीका विष्णु लामा, मंगोल नेसनल अर्गनाइजेसनका सूर्य तामाङ बल र नेसनलिस्ट पिपल्स पार्टीका शुभद्रा महर्जन पनि चुनावी मैदानमा छन् । यो क्षेत्रमा प्रतिनिधिसभातर्फ मात्रै १० जना स्वतन्त्र उम्मेदवार छन् । प्रदेश सभातर्फ ललितपुर–१ (१) मा एमालेका मधुसूदन पौडेल, माओवादी केन्द्रका हरि दाहाल, राप्रपाका हुमा पाण्डेय, नेमकिपाका बुद्ध लामा, मंगोल नेसनल अर्गजनाइजेसनका सुरेश मार्पा उम्मेदवार छन्  । यसैगरी, क्षेत्र–१ (२) मा एमालेका चेतनाथ सन्जेल, कांग्रेसका मीनकृष्ण महर्जन, राप्रपाका विश्वराज न्यौपाने, नेमकिपाका मन्दिप महर्जन, हाम्रो नेपाली पार्टीका अशोककुमार केसी र मंगोल नेसनल अर्गनाइजेसनका तिलकबहादुर जिम्बा चुनावी प्रतिस्पर्धामा छन् ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

डोमोक्रेटिक राज्यमा डोजरको शासन: सुकुम्बासी बस्तीमा ‘युद्ध’ को तयारी, मानवीयता कि व्यवस्थापन ?

संसद् अधिवेशन किन स्थगन भयो? यस्तो छ भित्री कारण

सम्बन्धित

डोमोक्रेटिक राज्यमा डोजरको शासन: सुकुम्बासी बस्तीमा ‘युद्ध’ को तयारी, मानवीयता कि व्यवस्थापन ?

संसद् अधिवेशन किन स्थगन भयो? यस्तो छ भित्री कारण

नयाँ शैक्षिक सत्र: काठमाडौं महानगरद्वारा सङ्घीय सरकारको निर्णय अवज्ञा, वैशाख १५ बाटै पठनपाठन सुरु हुने

अर्बौँको एनसेल कारोबारमा ‘अदृश्य सेटिङ’—२ वर्षदेखि दराजमा थन्क्याइएको त्यो गोप्य प्रतिवेदन

व्यवसायी शेखर गोल्छा पक्राउ: धितोपत्र घोटाला र दीपक भट्टसँगको ‘कनेक्सन’

सरकारको सिफारिसमा राष्ट्रपतिले गरे संसद् अधिवेशन स्थगित

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com