ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

ललितपुर–१ मा प्रतिनिधि सभा सदस्यमा गठबन्धनबाट राणा र एमालेबाट सिलवालबीच कडा प्रतिस्पर्धा (भिडियोसहित)


एबीसी / संवाददाता

काठमाडौं, २१ कात्तिक । आगामी मंसिर ४ मा तोकिएको आमनिर्वाचनमा प्रतिनिधिसभातर्फ ललितपुर–१ बाट सत्तारूढ गठबन्धनबाट कांग्रेसका उम्मेदवार उदयशमशेर राणा र एमालेका नवराज सिलवालबीच कडा प्रतिस्पर्धा हुँदैछ । २०७४ को निर्वाचनमा पनि यीनै प्रतिस्पर्धी थिए । एमाले र माओवादी मिलेर राणालाई ६ हजार बढी मतले पछाडि पार्दै सिलवाल सांसद बनेका थिए । तर अहिले माओवादी सत्ता गठबन्धनमा हुँदा उनै पुराना प्रतिस्प्रर्धीबीचको चुनावी प्रतिस्पर्धा निकै रोचक बन्ने देखिन्छ ।

आगामी मंसिर ४ को आमनिर्वाचनमा प्रतिनिधिसभातर्फ नेकपा एमालेका नेता नवराज सिलवालले प्रतिनिधिसभा ललितपुर–१ बाट उम्मेदवार चुनावी प्रचारप्रसार अभियानलाई तीब्र बनाइराखेका छन् । पूर्व प्रहरी सिलवाल २०७४ सालको निर्वाचनमा यही क्षेत्रबाट निर्वाचित भएका थिए । सत्तारुढ गठबन्धनका तर्फबाट भने ललितपुर–१ बाट नेपाली कांग्रेसका उम्मेदवार बनेका नेता उदयशमेर राणा पनि चुनाव जित्ने दाबीका साथ मतदातासमक्ष दौडिरहेका छन् । गएको प्रतिनिधिसभा निर्वाचनमा उदयलाई पराजित गर्दै सिलवालल निर्वाचित भएका थिए । गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका राणाले टिकट पाएको यो क्षेत्रमा नेकपा एमालेले अरु कसैसँग पनि यसपटक तालमेल गरेको छैन ।

ललितपुर–१ बाट ११ दलका ११ जना र १० जना स्वतन्त्र उम्मेदवार चुनावी मैदानमा छन् । जसमध्ये सत्तारूढ गठबन्धनबाट कांग्रेसका उम्मेदवार उदयशमशेर राणा र एमालेका नवराज सिलवालबीच कडा प्रतिस्पर्धा हुँदैछ । नेपाल प्रहरीका पूर्वनायब महानिरीक्षक सिलवालले २०७४ को निर्वाचनमा २६ हजार ९ सय ४६ मत पाउँदा राणाले २० हजार ७ सय २९ मत ल्याएका थिए । कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघमा आबद्ध हुँदै राणा नेपाल तरुण दलको केन्द्रीय अध्यक्षको जिम्मेवारी सम्हालिसकेका नेता संविधानसभाको दोस्रो निर्वाचनमा यही क्षेत्रबाट निर्वाचित हुँदै अर्थ राज्यमन्त्रीसमेत बनेका थिए । ललितपुर–१ मा गोदावरी नगरपालिकाको वडा–१२ र १४ बाहेकको क्षेत्र तथा कोन्ज्योसोम, वाग्मती र महांकाल गाउँपालिका पर्छन्  । कुल ३० वटा वडा भएको यो क्षेत्रमा गत स्थानीय निर्वाचनमा कांग्रेसले २२ वटा वडामा जित हात पारेको थियो । बाँकी ५ वडा माओवादीले र ३ वडा मात्र एमालेले जितेको थियो । जसका आधारमा आसन्न निर्वाचनमा सत्ता गठबन्धन बलियो देखिन्छ । गठबन्धन उम्मेदवार कांग्रेसका राणाले दुई तिहाई मत ल्याएर एमालेलाई हराउने उनको दाबी छ ।

त्यस्तै यता एमाले उम्मेदवार सिलवालले पनि गत ५ वर्षमा सांसदको रुपमा जनतासँग भिजेर सामाजिक सरोकार र विकास निर्माणका धेरै काम गरेको बताउँदै यसपटक पनि जनताले आफैलाई जिताउने दाबी गरे । यसपटक गठबन्धनका उम्मेदवार भएकाले कांग्रेसका राणालार्ई केही सहज हुने अनुमान गरिएको छ । त्यसो त वैशाखमा भएको स्थानीय तह निर्वाचनको अंक गणितलाई हेर्ने हो भने पनि राणालाई कांग्रेसी मतदाताले मत दिँदा सहज हुने देखिन्छ । ललितपुरको गोदावरी नगरपालिकाको वडा नम्बरहरु १ देखि १३, कोन्ज्योसोम गाउँपालिका, बागमती गाउँपालिका र महाँकाल गाउँपालिका मिलाएर बनाइएको यो क्षेत्रमा यसअघि निर्वाचन जितेका नवराज सिलवालको छवि र प्रभाव राम्रै रहेको मानिन्छ । स्थानीय निर्वाचनको मत हेर्दा सत्ता गठबन्धन अगाडि देखिए पनि त्यहाँका मतदाताले प्रतिनिधि सभा निर्वाचनमा कसलाई विश्वास गर्ने हुन्, त्यो हेर्न भने बाँकी नै छ ।

राणा र सिलवालबाहेक यो क्षेत्रमा राष्ट्रिय प्रजातन्त्र पार्टीका सन्दीप आचार्य, जनता समाजवादी पार्टीका गोपालराज राई, नेपाल मजदुर किसान पार्टीका कविन्द्र डंगोल, राष्ट्रिय जनमुक्ति पार्टीका बालकृष्ण घिमिरे पनि उम्मेदवार छन् । यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टीका सचिनकुमार घिमिरे, लोकतान्त्रिक समाजवादी पार्टीका मनीषबहादुर श्रेष्ठ, आमूल परिवर्तन मसिहा पार्टीका विष्णु लामा, मंगोल नेसनल अर्गनाइजेसनका सूर्य तामाङ बल र नेसनलिस्ट पिपल्स पार्टीका शुभद्रा महर्जन पनि चुनावी मैदानमा छन् । यो क्षेत्रमा प्रतिनिधिसभातर्फ मात्रै १० जना स्वतन्त्र उम्मेदवार छन् । प्रदेश सभातर्फ ललितपुर–१ (१) मा एमालेका मधुसूदन पौडेल, माओवादी केन्द्रका हरि दाहाल, राप्रपाका हुमा पाण्डेय, नेमकिपाका बुद्ध लामा, मंगोल नेसनल अर्गजनाइजेसनका सुरेश मार्पा उम्मेदवार छन्  । यसैगरी, क्षेत्र–१ (२) मा एमालेका चेतनाथ सन्जेल, कांग्रेसका मीनकृष्ण महर्जन, राप्रपाका विश्वराज न्यौपाने, नेमकिपाका मन्दिप महर्जन, हाम्रो नेपाली पार्टीका अशोककुमार केसी र मंगोल नेसनल अर्गनाइजेसनका तिलकबहादुर जिम्बा चुनावी प्रतिस्पर्धामा छन् ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

साइबर आक्रमणको प्रयास : सरकारी वेबसाइटहरू डाउन

काठमाडौं, १४ माघ । सर्भरमा समस्या आएकाले केही समयदेखि नेपाल सरकारमातहत रहेका सबै वेबसाइटहरू खुलेका छैनन् । सर्भरमा समस्या आएकाले १ घण्टादेखि सरकारी वेबसाइट बन्द

सर्वोच्च अदालतको फैसलाविरुद्ध काठमाडौंमा प्रदर्शन, प्रचण्ड र ओली विरुद्ध अभद्र नारावाजी

  काठमाडौं १४ माघ। रवि लामिछानेको नागरिकतासम्बन्धी विवादका बारेमा सर्वोच्च अदालतले गरेको फैसलाविरुद्ध लामिछानेको पार्टीका कार्यकताहरुले काठमाडौंमा प्रदर्शन भएको छ। शनिबार लामिछानेको पार्टि समर्थक युवाहरूको

गृह मन्त्रालयको कार्यभार प्रधानमन्त्री प्रचण्डलाई

काठमाडौं १४ माघ ।  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नै गृह मन्त्रालयको कार्यभार सम्हाल्ने भएका छन्। उपप्रधान तथा गृहमन्त्री रहेका रवि लामिछानेले राजीनामा दिएसँगै गृह मन्त्रालयको

सम्बन्धित

साइबर आक्रमणको प्रयास : सरकारी वेबसाइटहरू डाउन

सर्वोच्च अदालतको फैसलाविरुद्ध काठमाडौंमा प्रदर्शन, प्रचण्ड र ओली विरुद्ध अभद्र नारावाजी

गृह मन्त्रालयको कार्यभार प्रधानमन्त्री प्रचण्डलाई

भारतको मध्य प्रदेशको मुरैनामा वायुसेनाका दुई लडाकु विमान दुर्घटना

एमालेकै उम्मेदवार राष्ट्रपति निर्वाचित हुनेमा शंका छैन : प्रदीप ज्ञवाली

रविको नागरिकता प्रकरण कानुनी राज्य गतिलो उदाहरण : डा. कोइराला

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2023 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com