ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

काठमाडौंं १ चुनावी माहौल कस्तो ? कुन उम्मेदवारको पकड कति (भिडियोसहित)


एबीसी / संवाददाता
कार्तिक २१, २०७९ सोमबार  १० : ०८ बजे

काठमाडौं, २१ कात्तिक । मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको चहलपहल देशभर बढिरहेको छ । दश सघींंंय निर्वाचन क्षेत्र र २० प्रदेशसभा निर्वाचन क्षेत्र रहेको काठमाडौँमा उम्मेदवारहरु आफ्नो प्रचारप्रसारमा जुटिरहेका छन । आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर १ लाई बढी चासोका साथ हेरिएको छ । यो निर्वाचन क्षेत्रमा हेबीवेट मानिएका नेपाली कांग्रेसका प्रकाशमान सिंहदेखि राष्ट्रिय प्रजातन्त्र पार्टीका उपाध्यक्ष रवीन्द्र मिश्र, एमाले केन्द्रीय सदस्य किरण पौडेललगायत चुनावी मैदानमा छन ।सानो भूगोल तर ठूलो संख्यामा मतदाता रहेको क्षेत्र हो, काठमाडौं क्षेत्र नम्बर १ । प्रतिनिधिसभा सदस्यका लागि काठमाडौं १ मा ३१ जनाको उम्मेदवारी परेको छ ।

जसमध्ये ११ जना स्वतन्त्र उम्मेदवार छन । ३५ वर्षीय सामाजिक अभियन्ता पुकार बमदेखि पूर्वप्रहरी नायव महानिरीक्षक रमेश खरेलसम्मले काठमाडौं क्षेत्र नम्बर १ बाट आफ्नो उम्मेदवारी दिएका छ । काठमाडौं १ मा २०५१ देखि निरन्तर चुनाव लड्दै आएका नेपाली कांग्रेस नेता प्रकाशमान सिंह पुनः उम्मेदवारी दिएका छन । सत्ता गठबन्धन तथा बिगतदेखिको बिरासतले यो निर्वाचनमा कांग्रेसका प्रकाशमान सिंह बलिया उम्मेदवार मानिन्छन ।

चार दशकदेखि राजनीतिमा सक्रिय सिंह पटकपटक मन्त्री भएका नेता हुन । काठमाडौं कांग्रेसको राजनीतिमा पकड बनाएका सिंह पूर्व उपप्रधानमन्त्री एवं स्थानीय विकासमन्त्री हुन । ‘राजनीतिलाई निकास र क्षेत्रमा विकास’ भन्ने नारा लिएर चुनाव लड्दै गरेका सिंहले यसपटक आफूले निर्वाचन जित्नेमा ढुक्क रहेको बताउँछन । यस्तै उम्मेदवार सिंहको प्रमुख उद्देश्य जनताको न्युनतम भन्दा न्युनतम आवश्यकता पूरा गर्ने र घर घरमा पुगी जनतालाई खुशी बनाउने रहेको हुँदा पनि काठमाडौं क्षेत्र नं. १ मा प्रकाशमान सिंहको माहोल राम्रो भएको त्याहाँका मतदाता बताउँछन् ।

यता नेकपा एमालेले यो क्षेत्रबाट किरण पौडेललाई मैदानमा उतारेको छ । युवा राजनीतिबाट उदाएका पौडेल एमालेको भ्रातृ संगठन युवा संघ नेपालका अध्यक्ष हुन । उनले समृद्धि र सुशासन, युवा नेतृत्वको नारा अघि सारेका छन । गत निर्वाचनमा कम मतान्तरले पराजित भएका नेता रवीन्द्र मिश्र पनि यसपटक कडा टक्करसहित चुनावी मैदानमा छन । केही साताअघि मात्रै विवेकशील साझा त्यागेर राप्रपामा प्रवेश गरेका मिश्र दैनिक चुनावी सभा तथा कार्यक्रममा व्यस्त उनी विचारभन्दा माथि मेरो देश भन्ने नारासहित मतदातासँग भोट माग्दै छन । मिश्र वैकल्पिक राजनीति गर्ने भन्दै पत्रकारिता पेसा छाडेर राजनीतिमा प्रवेश गरेका व्यक्ति हुन ।

मिश्रले चरम राजनीतिक हस्तक्षेपको अन्त्य, भ्रष्टाचार नियन्त्रण तथा सुशासन, अर्थतन्त्रको उद्देलन तथा रोजगारी प्रवद्र्धन, निःशुल्क र गुणस्तरीय सार्वजनिक शिक्षा, स्वास्थ्य र सामाजिक सुरक्षा, सन्तुलित विदेश नीति, वैज्ञानिक भू–उपयोग, पूर्वाधार निर्माण, वातावरण संरक्षण तथा जलवायुका एजेन्डाअघि सारेका छन ।

मिश्रलाई राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार पुकार बमले चुनौती थप्ने देखिन्छ । शुरुमा स्वतन्त्र उम्मेदवार बन्ने घोषणा गरेका उनी राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट उम्मेदवार बनेका छन । यस्तै वैकल्पिक राजनीतिबाट उदाएका युवा नेता पुकारले संविधानको व्यवस्थाअनुसार कार्यान्वयन नभएका नागरिकको जनजीविकाको परिवर्तनका लागि आफ्नो उम्मेदवारी भएको बताएका छन । यही क्षेत्रमा नेपाल प्रहरीका पूर्वडीआईजी रमेश खरेल पनि उम्मेदवार बनेका छन । उनी नेपाल सुशासन पार्टी खोलेर राजनीतिक गतिविधिमा होमिएका हुन । प्रहरी सेवाबाट राजानीमा दिएर राजनीति अँगालेका खरेलले मुलुकभित्रको विकृतिको अन्त्य गर्दै सुशासन कायम गर्न उम्मेदवारी दिएको उल्लेख गरेका छन । खरेलले जनतालाई कहिल्यै निराश नबनाउने गरी आफ्नो जिम्मेवारी पूरा गर्ने प्रतिबद्धता समेत जनाएका छन ।

काठमाडौं महानगरपालिकाका वडा नम्बर १०, ११, २९ र ३१ वडा यस क्षेत्रमा पर्छन । अहिले दल र उम्मेदवारले घरदैलोसहित चुनावी कार्यक्रमले यो निर्वाचन क्षेत्र निर्वाचनको माहौलमा देखिन्छ । मतदाताले पनि बिगतलाई सम्झिँदै उम्मेदवारको काम र उनीहरूले तयार पारेको चुनावी घोषणापत्र र कार्यान्वयनको प्रतिबद्धतालाई आधार मानेर मतदान गर्ने बताउँदै आएका छन । निर्वाचनमा को विजयी हुन्छ, त्यो भने मतपरिणाम नै कुर्नुपर्नेछ ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

डोमोक्रेटिक राज्यमा डोजरको शासन: सुकुम्बासी बस्तीमा ‘युद्ध’ को तयारी, मानवीयता कि व्यवस्थापन ?

संसद् अधिवेशन किन स्थगन भयो? यस्तो छ भित्री कारण

सम्बन्धित

डोमोक्रेटिक राज्यमा डोजरको शासन: सुकुम्बासी बस्तीमा ‘युद्ध’ को तयारी, मानवीयता कि व्यवस्थापन ?

संसद् अधिवेशन किन स्थगन भयो? यस्तो छ भित्री कारण

नयाँ शैक्षिक सत्र: काठमाडौं महानगरद्वारा सङ्घीय सरकारको निर्णय अवज्ञा, वैशाख १५ बाटै पठनपाठन सुरु हुने

अर्बौँको एनसेल कारोबारमा ‘अदृश्य सेटिङ’—२ वर्षदेखि दराजमा थन्क्याइएको त्यो गोप्य प्रतिवेदन

व्यवसायी शेखर गोल्छा पक्राउ: धितोपत्र घोटाला र दीपक भट्टसँगको ‘कनेक्सन’

सरकारको सिफारिसमा राष्ट्रपतिले गरे संसद् अधिवेशन स्थगित

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com