ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भक्तपुर क्षेत्र नम्बर २ मा प्रतिनिधीसभा सदस्यमा कसको पल्ला भारी (भिडियोसहित)


एबीसी / संवाददाता
कार्तिक २१, २०७९ सोमबार  १० : ०२ बजे

काठमाडौं, २१ कात्तिक । आगामी मंसिर ४ मा हुने निर्वाचनमा प्रतिनिधी सभाका लागि भक्तपुरमा दुईवटा निर्वाचन क्षेत्र रहेको छ । दुईवटा निर्वाचन क्षेत्र रहेको भक्तपुरमा क्षेत्र नम्बर १ लाई नेपाल मजदुर किसान पार्टीको गढ मानिन्छ भने क्षेत्र २ नम्बरमा कहिले नेपाली कांग्रेस, कहिले नेकपा एमाले त कहिले नेपाल मजदुर किसान पार्टीका उम्मेदवारले जित्दै आएका छन् । यसपटक पनि राजनीतिक दलहरुले आफ्नो चुनावी घोषणपत्रमा पर्यटनको पूर्वाधार, औद्योगीकरणको अभियान, संस्कृति संरक्षण, सरसफाइ, वातावरण संरक्षण, उज्यालो भक्तपुर, भष्टाचार मुक्त, स्वरोजगार उन्मुख भक्तपुर दलहरुको मुख्य एजेन्डा बनाएका छन् ।

मंसिर ४ गते हुने आम निर्वाचनमा प्रतिनिधि सभाका लागि भक्तपुरमा दुईवटा निर्वाचन क्षेत्र रहेको छ । निर्वाचनको मिति नजिकिएसँगै प्रचारप्रसार व्यस्त रहेका दलहरु एकअर्काको कमजोरी देखाउदै मतदातामाझ मत मागिरहेका छन् । यसअघिका निर्वाचनमा समेत काँग्रेस, नेमकिपा र एमालेबीच त्रिपक्षीय प्रतिस्पर्धा भएको थियो । यसपटक पनि यहाँ काँग्रेस, एमाले र नेमकिपाबीच मुख्य प्रतिष्पर्धा हुने भएको छ । भक्क्तपुर क्षेत्र नम्बर २ मा नेकपा एमालेबाट महेश बस्नेत, सत्ता गठबन्धनका तर्फबाट दुलर्भ थापा र नेपाल मजदुर किसान पार्टी अनुराधा थापा मगर सहित २६ जनाको उम्मेदवारी रहेको छ । जसमध्ये स्वतन्त्र मात्रै ११ जना रहेकाछन ।

यस्तै भक्तपुर क्षेत्र नम्बर २ नेपाली कांग्रेसको गढ नै मानिन्थ्यो । २०७४ सालको प्रतिनिधिसभा चुनावअघिका सबैजसो चुनाव नेपाली कांग्रेसले नै जितेको थियो । तर २०७४ को प्रतिनिधिसभा चुनावमा पहिलो पटक एमाले नेता महेश बस्नेतले कांग्रेस उम्मेदवारलाई हराएका थिए । २०७४ मा एमालेका महेश बस्नेतले पाएको मत उनका प्रतिद्वन्दी भन्दा झन्डै दोब्बर मतले पराजित गरेका थिए । २०७४ मा एमाले र माओवादी केन्द्र मिलेका कारण बस्नेतलाई सहज भए पनि यसपाली भने उनलाई त्यति सहज छैन । ०७४ मा उनले केही साना र क्षेत्रीय दल सहित माओवादी केन्द्रको साथ पाएका थिए । तर, यसपटक भने माओवादी र एकिकृत समाजवादी पनि कांग्रेससहितको पाँच दलीय गठबन्धनमा रहेकाले बस्नेतलाई जितका लागि सहज देखिदैन । नेकपा एमालेका प्रतिनिधि सभाका सदस्यका उम्मेदवार महेश बस्नेतले पाँचवर्षे कार्यकालमा गरेका विकास निर्माणका कामकै कारण मतदाताले आफूलाई दोहो¥याउने विश्वास गर्छन् ।

पाँच वर्षमा भक्तपुर क्षेत्रमा गरेको विकासलाई हेरेर जनताले मूल्यांकन गने उनको दाबी छ । सत्ता गठबन्धनका तर्फबाट साझा उम्मेदवार दुलर्भ थापाले भक्क्तपुर परम्परा देखि कांगे्रसको क्षेत्र रहेको बताउछन । थापाले गठबन्धनका तर्फबाट साझा उम्मेदवार बनेर जनताका साझा मुद्दा उठाएकाले सबैको साथ पाउने विश्वास व्यक्त गरे । भक्क्तपुरका मतदाताले एउटै उम्मेदवार दोहो¥याएको इतिहास नरहेको भन्दै विशेष रणनीतिका साथ चुनावमा जुटेको र जनताले आफुलाइ निर्वाचित गर्ने दाबी गरे । आगामी चुनावको लागि एमालेको तर्फबाट बस्नेत र नेमकिपाबाट मगर नै मैदानमा भए पनि कांग्रेसका तर्फबाट भने दुर्लभ थापा क्षेत्री छन । दुवै प्रतिद्वन्दी आफ्नो पक्षमा माहौल बनाउन मतदाताको घर दैलोमा पुगिरहेका छन । विशेषगरी कुनै पार्टीमा नदेखिएको स्वतन्त्र भोट, राप्रपा, नेमकिपा जस्ता साना दलसँग निकट भएको भोट तथा सुकुम्बासीको भोट आकर्षित गर्न थापा र बस्नेतको प्रयास जारी देखिन्छ ।

 

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

डोमोक्रेटिक राज्यमा डोजरको शासन: सुकुम्बासी बस्तीमा ‘युद्ध’ को तयारी, मानवीयता कि व्यवस्थापन ?

संसद् अधिवेशन किन स्थगन भयो? यस्तो छ भित्री कारण

सम्बन्धित

डोमोक्रेटिक राज्यमा डोजरको शासन: सुकुम्बासी बस्तीमा ‘युद्ध’ को तयारी, मानवीयता कि व्यवस्थापन ?

संसद् अधिवेशन किन स्थगन भयो? यस्तो छ भित्री कारण

नयाँ शैक्षिक सत्र: काठमाडौं महानगरद्वारा सङ्घीय सरकारको निर्णय अवज्ञा, वैशाख १५ बाटै पठनपाठन सुरु हुने

अर्बौँको एनसेल कारोबारमा ‘अदृश्य सेटिङ’—२ वर्षदेखि दराजमा थन्क्याइएको त्यो गोप्य प्रतिवेदन

व्यवसायी शेखर गोल्छा पक्राउ: धितोपत्र घोटाला र दीपक भट्टसँगको ‘कनेक्सन’

सरकारको सिफारिसमा राष्ट्रपतिले गरे संसद् अधिवेशन स्थगित

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com