ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सरकारसँग देश बनाउने कुनै पनि किसिमको मिसन र भिजन छैन : अध्यक्ष ओली


एबीसी / संवाददाता

काठमाडौंं, १९ कात्तिक । नेकपा (एमाले)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सरकारसँग देश बनाउने कुनै पनि किसिमको मिसन र भिजन नभएको दावी गर्नु भएको छ । अध्यक्ष ओलीले स्वार्थहरुको गठजोठबाट बनेको वर्तमान सरकारसँग देश बनाउने कुनै पनि किसिमको मिसन, भिजन र गन्तव्य नभएको भन्दै आगामी निर्वाचनपछि यस्तो सरकार बन्न दिन नहुने बताउनु भयो । प्रवासी नेपाली मञ्चको प्रथम अन्तर्राष्ट्रिय अधिवेशनको शनिबार काठमाडौंमा उद्घाटन गर्दै उहाँले देशलाई बर्बादी हुन नदिन पनि आगामी निर्वाचनमा नेपाली जनताले सरकारको विकल्प खोज्नुपर्ने बताउनु भयो । अध्यक्ष ओलीले भन्नु भयो, ‘अव हाम्रो देशमा संघीय र प्रादेशिक निर्वाचन हुँदैछ ।

एउटा खास परिस्थितिमा हामी आज यस ठाउँमा उभिएका छौं । आज कार्तिक १९ गते भईसक्यो । केही दिन भित्र मंसीर ४ गते हामी राष्ट्रको भाग्य, भविष्य फैसला गर्ने आम निर्वाचन र प्रादेशिक निर्वाचन एकैदिन एकै चोटी गर्दैछौं । यस निर्वाचनमा आगामी दिनमा देश कता जाने हो ? कस्तो हुने हो, ? देशले यस्तो स्वार्थहरुको जोडजामबाट बनेको सरकार, यस्तै असंवैधानिक ढंगले सरकार हेरफेर हुने र बन्ने, जनताको अभिमत होइन् स्वार्थहरुको चलखेल र अरु प्रकारका सेटिङ्स भन्छन नि ।

अरु प्रकारका सेटिङ हुने, यसबाट गन्तव्य नभएको, भिजन नभएको, मिसन नभएको, डेष्टिनेशन कुनै नभएको, त्यो डेष्टिनेशन भएपछि त्यहाँ पुग्ने बाटो चाहिएन, भिजननै चाहिएन । त्यस्तो दिशाहिन अन्यौल त्यस्तो सरकार बनाएर देशलाई बर्बाद पार्ने कि एउटा सुदृढ, भिजनसहितको, मिसनसहितको, एमसहितको, गोलसहितको, डेष्टिनेशन यो हो भनेर तोकिएको र शब्द जाल होइन् । ठोस गन्तव्यमा पुग्ने, त्यो गन्तव्यमा पुग्ने मार्गचित्र, त्यसका निम्तिका नीतिहरु, कार्यक्रमसहितको, हाम्रा छिमेक सम्बन्ध, हाम्रा अन्तराष्ट्रिय सम्बन्ध राष्ट्रिय हितलाई केन्द्र भागमा र सर्वोपरी राखेर न्याय र अन्तराष्ट्रिय उत्तरदायित्वलाई समेत ध्यानमा राखेर सार्वभौम समानताका आधारमा छिमेक सम्बन्ध र अन्तराष्ट्रिय सम्बन्ध अंगीकार गर्ने गरी हामी अहिले संविधान ल्याएपछिको दोस्रो निर्वाचनमा छौं । ’

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

जेन–जी आन्दोलन लोकतन्त्रलाई शून्य बनाउने षड्यन्त्र थियो : ओली

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com