ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

तीन दशकदेखि नेपालमै रमाएका ‘ओकेबाजे’


एबीसी / संवाददाता

रामपुर १७ कात्तिक । अर्काको देशमा गएर सामाजिक कार्यमा आफ्नो जीवन समर्पण गर्ने व्यक्ति बिरलै हुन्छन् । मानिसले भरसक धन सम्पत्ति कमाउनका लागि आफ्नो जन्मभूमि छाडेर केही समयका लागि अन्यत्र जान्छन् । आफूलाई पुग्ने सम्पत्ति आर्जन भएपछि आफ्नै थाकथलोमा फर्केर घर जग्गा, गाडीलगायतका विभिन्न सम्पत्ति जोडेर आरामको जीवन जिउने प्रायः सबैको चाहना हुन्छ ।

जीवनलाई सुखसयलमा आनन्ददायकपूर्वक बिताउने सबैले सपना बुनेर बस्छन् । तर जापानी नागरिक काजुमासा काकिमी (ओकेबाजे) भने तीन दशकदेखि नेपालमै बसेर सामाजिक कार्यमा समर्पित हुनुहुन्छ । उहाँ देश, परिवार, धन–सम्पत्ति, आफन्त छाडेर नेपालमा निस्वार्थभावले सामाजिक काममा संलग्न हुनुहुन्छ । उहाँ गरिब, दुःखीका आशा र भरोसाका केन्द्र बन्नुभएको छ । जापानमा जन्मनुभएका ओकेबाजे नेपाली भूमिलाई कर्मथलो बनाएर निरन्तर सामाजिक सेवामा खटिरहनुभएको छ ।

शिक्षा, स्वास्थ्य, आमा समूह, महिला समूहलाई सहयोग, अर्थाभावमा विद्यालय जान नपाएका बालबालिकालाई पठनपाठनको व्यवस्था, विभिन्न सङ्घसंस्थाको भवन निर्माणलगायत क्षेत्रमा ओकेबाज ठूलो सहयोग गर्नुभएको छ । उहाँकै सहयोगमा विद्यालय जान नपाएका बालबालिकाले राम्रो शिक्षा ग्रहण गर्न पाएका छन् ।

विशेषगरी ओकेबाजेले पाल्पामा रहेर यहाँको विविध समस्यालाई जापानका विभिन्न सङ्घसंस्थाको सहकार्यमा सहयोग गरी समस्याको निकास दिँदै आउनुभएको छ । शिक्षा, स्वास्थ्य, सिँचाइ, खानेपानी, भवन निर्माण, आमा समूहलगायतका धेरै क्षेत्रमा उहाँको सहयोग छ । उहाँले जापानस्थित साइतामा युनेस्को, रोटरी क्लब जापान, बाजिरा, ओके एसएसलगायत २० भन्दा बढी संस्थामार्फत समन्वय गरी यहाँको सामाजिक क्षेत्रमा रकम खर्चनुभएको छ ।

हँसिलो र जिज्ञासु स्वाभावका ओकेबाजे ग्रामीण भेगमा सबै उमेर समूहका व्यक्तिसँग बसेर छलफल गर्ने, समस्या बुझ्ने गर्नुहुन्छ । गाउँका नागरिकसँग बसेर त्यहाँको रीतिरिवाज, चालचलन, संस्कृतिबारे सोधखोज गर्ने, ग्रामीण जीवन जिउन बढी मन पराउने उहाँको स्वभाव छ । विसं २०५० देखि पाल्पालाई कर्मथलो बनाएर नितान्त सामाजिक क्षेत्रमा रहेर ठूलो सहयोग गर्दै आउनुभएका ओकेबाजे पाल्पाली गरिब, दुःखी, विपन्न, असहाय वर्गको साहारा बन्नुभएको छ ।

ओकेबाजेले यहाँका न्यून आय भएका नागरिक, दलित, विपन्न वर्गका परिवारमा अभिभावकको जिम्मेवारी निभाउनुभएको छ । यसरी नेपालमा काम गर्दै जाँदा करिब तीन दशकको समय बितेको उहाँलाई पत्तो छैन । यसरी नै काम गर्न पाउँदा उहाँ खुसी हुनुहुन्छ ।

आर्थिक समस्याले विद्यालयको हातासम्म पुग्न नसकेका बालबालिकालाई शिक्षाको ज्योति दिने, औषधोपचार, गाउँका विकास निर्माण, खानेपानी, शैक्षिक भवन निर्माण, अक्षयकोष स्थापना, पुस्तकालय स्थापना, आयमूलक काम, स्वास्थ्यलगायतका विभिन्न क्षेत्रमा ओकेबाजेले ठूलो धनराशि खर्च गर्नुभएको छ । ओकेबाजे जापानमा शिक्षण पेशाबाट सेवानिवृत्त भएपछि पाल्पामा रहेर सामाजिक क्षेत्रमा उहाँले काम गरिरहनुभएको छ । गाउँ–गाउँका गरिब, दःुखी नागरिकलाई सेवा गर्न पाउँदा निकै आनन्द लाग्ने गरेको ओकेबाजेले बताउनुभयो ।

“गाउँका गरिब, दुःखी नागरिकलाई सेवा गर्न पाउँदा अत्यन्तै आनन्द लागिरहेको छ, समय मिलाएर जापान जान्छु, विभिन्न संस्था, व्यक्तिसँग रकम सहयोग मागी नेपालमा बसेर सामाजिक क्षेत्रमा खर्च गरिरहेको छु, मैले जे चाहेको छु, सबै कुरा पूरा हँुदै गएको छ”, उहाँले भन्नुभयो ।

नेपालभूमिमा गरेको योगदानको कदर गर्दै नेपाली परम्पराअनुसार २०७९ असोज २३ गते वैदिक परम्पराअनुसार पाल्पाको रामपुरमा चौरासी पूजा तथा नागरिक अभिनन्दन सम्पन्न भएको छ । नेपालमा बसेर गाउँको विकासमा तल्लिन रहने, गरिब विपन्न वर्गका नागरिकको उत्थानका लागि चिन्तन–मनन् गर्ने ओकेबाजे सबैका प्रियपात्र बन्नुभएको गङ्गा मावि रामपुरका प्रधानाध्यापक देवराज देवकोटा बताउनुहुन्छ ।

“ओकेबाजेका कारण पाल्पामा धेरै विकास निर्माणका काम भएका छन्”, उहाँले भन्नुभयो, “उहाँले गरेको लगानीले सही ठाउँमा सदुपयोग हुँदा पाल्पालीले धेरै लाभ लिन पाएका छन्, उमेर ढल्किँदै गए पनि उहाँको सामाजिक क्षेत्रमा काम गर्ने चाहना अझै बढ्दै गएको छ ।”

पाल्पावासीमा पु¥याउनुभएको योगदानको कदर गर्दै ओकेबाजेलाई २०७० सालमा रामपुर नगरपालिकामा र २०७६ सालमा सदरमुकाम तानसेनमा पाल्पाका नागरिकद्वारा संयुक्तरूपमा अभिनन्दन गरिएको थियो । ओकेबाजेले मानार्थ नेपाली नागरिकताको अपेक्षा गर्नुभएको छ । त्यसका लागि प्रक्रिया अगाडि बढाइएको छ । जिल्ला प्रशासन कार्यालयले गृह मन्त्रालयलाई सिफारिस पत्र पठाएको छ । आवासीय भिसा भने उहाँले पाइसक्नुएको छ ।

“जीवनको अन्तिम समयसम्म नेपालकै भूमिमा नै बिताउन मन छ”, ओकेबाजे भन्नुहुन्छ । उहाँले आफ्नो केही जीवनको अवशेष छोराछोरीलाई जापान पठाउन आग्रह गर्नुभएको छ । पाल्पाली र समग्र नेपालीको मायालाई आफूले कहिल्यै पनि भुल्न नसक्ने उहाँ बताउनुहुन्छ । सबैलाई हँसाउने र खुसी पार्ने ओकेबाजे सबैका मन–मनमा बस्न सफल हुनुभएको छ । ओकेबाजेले सामाजिक क्षेत्रमा गर्नुभएको योगदानलाई यहाँका नागरिकले कहिल्यै भुल्न नसक्ने रामतुलसी मावि रामपुरका शिक्षक लेखनाथ शर्मा मरासिनी बताउनुहुन्छ ।

“अत्यन्तै सरल, निस्वार्थ स्वभाव, गरिब, दुःखी विपन्नको उत्थानका निम्ति उहाँको सहयोग योगदानले सबै उमेर समूहका मानिसलाई प्रभावित बनाएको छ”, उहाँले भन्नुभयो । आजभन्दा तीन दशकअघि पहिलोपटक पाल्पा आउनुभएका ओकेबाजे हालको पूर्वखोला गाउँपालिका–२ जल्पास्थित ढोलीमारामा पुग्नुभयो । उहाँ त्यहाँ पैदलयात्राका सहयोगी ढोलीमाराका तिलक आलेमार्फत पुग्नुभएको थियो । एक हप्ताको बसाइका लागि पुग्नुभएका ओकेबाजे स्वास्थ्यमा समस्या आएपछि केही दिनमै जापान फर्कनुभयो ।

ढोलीमारामा बस्ने क्रममा त्यहाँका समुदायका बालबालिका, नागरिकको अवस्था अत्यन्तै दयनीय देखेपछि उहाँले स्वास्थ्योपचार र शैक्षिक क्षेत्रमा सहयोग गर्न थाल्नुभयो । “ढोलीमारामा बस्ने क्रममा कोही बालबालिका नाङ्गै छन्, कोही भोकै छन्, औषधि नपाएर नागरिक जीवनमरणको दोसाँधमा बाँचिरहेको देखेपछि केही सहयोग गर्न थालेको हुँ”, ओकेबाजेले भन्नुभयो । अर्थाभावमा विद्यालय नजाने बालबालिकालाई शैक्षिक सामग्री, पोशाकलगायत उहाँले सहयोग गर्न थाल्नुभयो ।

विशेषगरी यो क्षेत्र मगर समुदायको बाक्लो बस्ती रहेको र गरिब, विपन्न परिवारका नागरिक समस्यामा थिए । उनीहरूको अवस्थालाई मध्यनजर गर्दै ओकेबाजेले पाल्पामै बसेर सामाजिक क्षेत्रमा सहयोग गर्ने मनसाय बोकेर केही दिनको जापान बसाइपछि पुनः पाल्पा फर्कनुभयो ।

“मान्छे बिरामी छन्, उपचार गर्न उनीहरूसँग पैसा नभएको देखेपछि सहयोग गर्न थालेँ, उनीहरूको जीवनरक्षा र शिक्षाबाट बञ्चित बालबालिकालाई शिक्षाको मूलधारसम्म पु¥याउन दुर्गम गरिब विपन्न परिवारबाट सहयोग सुरु गरेको हुँ”, ओकेबाजेले भन्नुभयो ।

ओकेबाजेले ढोलीमाराबाट सुरु गरेको सामाजिक सहयोग अभियान अहिले पाल्पा र नवलपरासीका विभिन्न क्षेत्रमा निरन्तररूपमा अगाडि बढाइराख्नुभएको छ । पाल्पा र नवलपरासीमा गरी हालसम्म दुई सय बढी विद्यालयमा भवन निर्माण, शैक्षिक सामग्री र अक्षयकोष स्थापना गर्नुभएको छ । उहाँले दुर्गम र विकट क्षेत्रका नागरिकलाई गाउँ–गाउँमा आँखा उपचार शिविर आयोजना गरी औषधोपचार सेवा दिँदै आउनुभएको छ ।

ओकेबाजेले नेपाली भाषा मज्जाले बोल्नुहुन्छ । सुरुमा नेपाली भाषा नबुझ्दा गाउँका नागरिकले जे सोधे पनि अङ्ग्रेजीमा ओके भन्ने गरेका कारण उहाँको नाम ओकेबाजे रहन गएको हो । आफूलाई ओकेबाजे भनेर सम्बोधन गर्दा असाध्यै खुसी लाग्ने उहाँ बताउनुहुन्छ । जापानको टोकियो सहरमा सन् १९३९ जुन ८ तारिखका दिन बुवा साइस्के काकिमी र आमा उमे काकिमीको कोखबाट जन्मनुभएका ओकेबाजे बाल्यकालदेखि नै सामाजिक कामबाट प्रेरित हुनुहुन्थ्यो ।

अठ्ठाइस वर्षको उमेरमा श्रीमती कियोको काकिमीसँग विवाहबन्धनमा बाँधिनुभएका ओकेबाजेका एक छोरा र एक छोरी हुनुहुन्छ । उहाँले स्नातक तहसम्मको औपचारिक अध्ययन गर्नुभएको छ । सन् १९८८ मा पहिलोपटक ओकेबाजे सोलुखुम्बुमा पैदलयात्राका लागि नेपाल आउनु भएको हो । त्यसयता उहाँको नेपालयात्रा निरन्तर जारी छ ।
–––

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालकोटमा प्रधानमन्त्री प्रचण्ड र ओलीबीच भेटवार्ता

काठमाडौँ, २५ माघ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीबीच बालकोटमा भेटवार्ता भएको छ । सत्तारूढ गठबन्धनमा अविश्वासको वातावरण बढ्दै

पत्रकार सम्मेलन गर्दै विप्लव

काठमाडौँ, २५ माघ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले आज पत्रकार सम्मेलन गर्दै छन् । महासचिव विप्लवले आज दिउँसो पत्रकार सम्मेलन गर्न

कांग्रेसलाई प्रमुख प्रतिपक्ष दिन नहुने भन्दै परेको मुद्दाको सुनुवाइ आज

काठमाडौँ, २५ माघ । नेपाली कांग्रेसलाई प्रतिपक्ष र सो पार्टीका संसदीय दलका नेता शेरबहादुर देउवालाई प्रमुख प्रतिपक्षी दलको नेताको सुविधा नदिन माग गर्दै परेको रिटको

सम्बन्धित

गोरखा भर्ती सम्झौता पुनरावलोकन गर्न सरकारलाई सर्वोच्चको आदेश

नेपाललाई साढे सात अर्ब सहयोग दिने युएसएआइडीको घोषणा

प्रधानमन्त्री प्रचण्डको नेपाल र यादवसँग दुई घण्टा , सरकारमा सहभागि र समाजवादी मोर्चाबारे छलफल

प्रधानमन्त्री प्रचण्ड, माधव नेपाल र उपेन्द्र यावदबीच भेटवार्ता

लोकसेवासहित रोकिएका सबै विज्ञापन खुला गर्न सर्वोच्चको परमादेश

चन्द्रागिरि हिल्समा आफूले सेयर लिएको पुष्टि गर्न रवि लामिछानेलाई कैलाश सिरोहियाको चुनौती

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2023 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com