काठमाडौं, १६ कात्तिक । नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले त्रिपुरेश्वस्थित महादेव मन्दिरको दर्शन गरेका छन्।बुधवार बिहान अध्यक्ष ओलीले त्रिपुरेश्वरस्थित महादेव मन्दिरको दर्शन गरेका हुन्।
काठमाडौं निर्वाचन क्षेत्र नम्बर १ मा चुनावी प्रचारप्रसार कार्यक्रममा सहभागी हुनु अघि अध्यक्ष ओलीले महादेव मन्दिरको दर्शन गरेका छन्।नेकपा एमाले काठमाडौं क्षेत्र नम्बर १ का उम्मेदवार किरण पौडेलले आगामी प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदवारी दिँदै काठमाडौंकाधार्मिक र सांस्कृतिक सम्पदाहरुको संरक्षणलाई चुनावी एजेण्डा बनाएसँगै ओलीले संस्कृति सम्पदाको अवलोकन एवं दर्शनका लागि त्रिपुरेश्वर महादेव मन्दिर पुगेको बताए। यसअघि गत साउन १६ गते अध्यक्ष ओलीले पशुपतिको गंगा आरतीमा सहभागिता जनाएका थिए।
प्रतिक्रिया दिनुहोस्