काठमाडौं । चर्चित गायिका तथा एमाले नेता कोमल वली राष्ट्रिय सभा निर्वाचनमा उम्मेदवार बन्ने भएको छ । एमाले स्थायी कमिटीको आज बसेको बैठकले ५ नम्बर प्रदेशबाट वलीलाई उठाउने निर्णय गरेको हो ।
बैठकले राष्ट्रियसभा निर्वाचनमा देहायका प्रदेशहरुबाट देहायबमोजिम उम्मेदवार उठाउने निर्णय गरेको छ–
प्रदेश नं ७–
१। कमला ओली ९महिला०, कैलाली
२। इन्दु कडेरिया बिष्ट ९ महिला०, कञ्चनपुर
३। शेरबहादुर कुावर ९खुला०, अछाम
४। चक्रप्रसाद स्नेही ९दलित०, डडेलधुरा
प्रदेश नं ६–
१। कविता बोगटी ९महिला०, हुम्ला
२। नन्दा शर्मा ९ महिला०, सुर्खेत
३। नरपति लोहार ९दलित०, कालिकोट
४। भैरवसुन्दर श्रेष्ठ ९खुला०, जाजरकोट
५। ठगेन्द्र पुरी ९खुला० ,पश्चिम रुकुम
प्रदेश नं ५–
१। रामलखन हरिजन ९दलित०, पश्चिम नवलपरासी
२। खिमलाल भट्टराई ९खुला०, रुपन्देही
३। मीना बुढा ९महिला०, रोल्पा
४। कोमल वली ९महिला०, दाङ
बैठकले गरेको निर्णय हेर्नुहोस–
नेकपा ९एमाले० स्थायी कमिटीको ९६ औं बैठक आज अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा उहााको निजी निवास, बालकोटमा सम्पन्न भएको छ ।
१। बैठकमा अध्यक्ष ओलीले नेकपा ९एमाले० र नेकपा ९माओवादी–केन्द्र० बीचको पार्टी एकताका सन्दर्भमा भइरहेका प्रगतिबारे बैठकलाई जानकारी गराउनुभयो । पार्टी एकीकरण प्रक्रिया सकारात्मक दिशामा अगाडि बढिरहेको कुरामा विश्वस्त हुन आग्रह गर्दै उहााले सिङ्गो पार्टी पङ्क्तिलाई एकीकरण प्रक्रियालाई बल पुर्याउने गरी काम गर्न निर्देशित गर्नुभयो । बैठकले राष्ट्रियसभा निर्वाचनमा सिट बााडफााट गर्न गठित कार्यदलले दिएको प्रतिवेदनलाई अनुमोदन गरेको छ ।
२। ललितपुर– क्षेत्र नं १ बाट नेकपा ९एमाले० का तर्फबाट प्रतिनिधिसभा सदस्यका रुपमा निर्वाचित नवराज सिलवालविरुद्ध नेपाल प्रहरीको आग्रहमा इन्टरपोलले ‘डिफ्युजन नोटिस’ जारी गरेको भनी प्रकाशित समाचारप्रति बैठकको गंभीर ध्यानाकर्षण भएको छ । इन्टरपोललाई समेत अतिरञ्जित सूचना दिई भइरहेका यस्ता क्रियाकलापले जनताको अभिमतलाई अपमानित गरेको र नवनिर्वाचित जनप्रतिनिधि विरुद्ध भइरहेका यी गतिविधिहरु पूर्वाग्रह र प्रतिशोधबाट निर्देशित छन् भन्ने निष्कर्ष सहित बैठकले सरकारलाई यस्ता गतिविधि बन्द गर्न ध्यानाकर्षण गरेको छ ।
प्रतिक्रिया दिनुहोस्