ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बारामा एमाले प्रदेश कमिटी सदस्यसहित ७६ जनाद्वारा पार्टी परित्याग


एबीसी / संवाददाता

काठमाडौँ, १६ कात्तिक । बारा जिल्लामा कार्यरत नेकपा ९एमाले०का ७६ जना नेता कार्यकर्ताले पार्टी परित्याग गरेका छन् । ४ जना मधेस प्रदेश कमिटी सदस्यसहित ७६ जना एमाले नेता कार्यकर्ताले मंगलबार संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै पार्टी परित्याग घोषणा गरेका हुन् ।

त्यसरी पार्टी परित्याग गर्नेमा धेरैजसो बारा क्षेत्र नम्बर ३ का नेता कार्यकर्ता छन् । पार्टी परित्याग गर्ने प्रदेश कमिटी सदस्यहरू काजी मोक्तान, उमेश कुशवाहा, कलामुद्दिन अन्सारी र प्रदीप साहसमेत छन् । उनीहरू जिल्ला कमिटी सदस्य, पूर्वजिल्ला कमिटी सदस्य, नगर कमिटी र गाउँ कमिटी सदस्यसहित ७६ जना नेता कार्यकर्ताले एमाले परित्याग घोषणा गरेका हुन् ।

७६ जना नेता कार्यकर्ताको हस्ताक्षरसहित जारी विज्ञप्तिमा पार्टीभित्र व्यक्तिवादी नियन्त्रण कायम भएको, विचार दर्शनबाट पार्टी स्वलित हुँदै गएको, इमानदार पार्टी सदस्य, मजदुर किसानको विश्वास पार्टीप्रति हराउँदै गएको जस्ता आरोप लगाइएको छ ।

पार्टीमा ४०औँ वर्षदेखि कार्यरत नेतालाई टिकट नदिएर बाहिरबाट आएका टुरिस्ट उम्मेदवारलाई टिकट दिइएकाले पार्टी परित्याग गर्नुपरेको विज्ञप्तिमा उल्लेख छ ।

पार्टी परित्याग गरेका एमाले नेता कार्यकर्ताले आगामी मंसिर ४ गते हुने निर्वाचनमा स्वतन्त्र उम्मेदवारलाई सहयोग गर्ने उद्घोषसमेत गरेका छन् ।

एमालेले टिकट नदिएपछि बारा–३ मा एमाले नेता कलामुद्दिन अन्सारीले स्वतन्त्रबाट प्रतिनिधिसभामा उम्मेदवारी दिएका छन् । त्यसैगरी बारा ३ ९क०मा एमालेका पुराना नेता नारायण क्षेत्रीले स्वतन्त्र उम्मेदवारी दिएका छन् ।

अन्सारी र क्षेत्रीले एमालेबाट बिद्रोह गरेर स्वतन्त्र उम्मेदवारी दिएका हुन् । एमाले परित्याग गरेको विज्ञप्ति जारी गर्नेमा प्रतिनिधिसभामा स्वतन्त्र उम्मेदवार दिएका अन्सारी पनि छन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

जेन–जी आन्दोलन लोकतन्त्रलाई शून्य बनाउने षड्यन्त्र थियो : ओली

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com