ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

हिउँ चितुवाको सङ्ख्या वृद्धिसँगै द्वन्द्व बढ्दै


एबीसी / संवाददाता

जाजरकोट । विसं २०७७ फागुन २८ गते उपल्लो डोल्पाको शे–फोक्सुण्डो गाउँपालिका–१ कोमासस्थित डाक्वा गुरुङका ५२ च्याङ्ग्रा हिउँ चितुवाको आक्रमणमा परी मरे । गोठमै हिउँ चितुवा पसेपछि च्याङ्ग्रा सबै मारिए । विसं २०७८ माघ २३ गते राति साल्दाङ्कै लुरी गाउँका अर्का किसान प्रेमा गुरुङका ९८ वटा भेडाच्याङ्ग्रा हिउँ चितुवाको आक्रमण परेको थियो ।

वर्षेनी यहाँका किसानले पालेका भेडाच्याङ्ग्रा हिउँ चितुवाको सिकार बन्दै आएका छन्् । करिव २५ हजारभन्दा बढी भेडाच्याङ्ग्रा रहेको उपल्लो डोल्पामा हिउँ शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्जबाट आएको हिउँ चितुवाले दुःख दिने गरेको पाइएको छ । सन् २०१७ देखि २०२२ सम्मा मात्र दुई हजारभन्दा बढी भेडाच्याङ्ग्रालाई खोरमै आएर हिउँ चितुवाले सिकार भएको निकुञ्जकै तथ्याङ्कमा उल्लेख छ ।

आधा समय हिउँले ढाक्ने उपल्लो डोल्पामा पशुपालन मुख्य आम्दानीको स्रोत रहेको छ । प्रतिघरमा ५० र अधिकतम ५ सयसम्म भेडाच्याङ्ग्रा पालन गरेर आर्थिकरुपमा सवल बन्न यहाँका स्थानीयवासीले भारी मेहनत गरिरहेका डब्लुडब्लुएफ नेपालका अनुसन्धान तथा फिल्ड कार्यक्रम अधिकृत चन्द्रजङ्ग हमालले बताउनुभयो ।

हिउँ चितुवाको प्राकृतिक आहारामध्ये ४२ प्रतिशत घरपालुवा पशु चौपाया नै रहेको अधिकृत हमालले बताउनुभयो । निकुञ्जभित्रका गाउँ भएका कारण पनि यहाँका पशु चौपाय हिउँ चितुवाको सिकार बढी हुने गरेका छ । बुढो हिउँ चितुवाले वन्यजन्तुको सिकार गर्न नसकेपछि घर पालुवा जनावरलाई आहार बनाउँदै आएको अधिकृत हमालले जानकारी दिनुभयो । निकुञ्जका संरक्षण अधिकृत लालबहादुर भण्डारीका अनुसार स्थानीयवासीसँग मिलेर पशुचौपाय जोगाउनका लागि काम गरिरहेका बताउनुभयो । यो वर्ष पनि त्यो काम हुने उहाँले बताउनुभयो ।

मारिएका च्याङ्ग्राको क्षर्तिपूर्तिका लागि शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज वन्यजन्तुबाट हुने क्षतिको राहत सहयोग निर्देशिका, २०६९ ९तेस्रो संशोधन २०७५०अनुसार निकुञ्जद्वारा राहत दिँदै आएको छ । साना र असुरक्षित घोर भएकै कारण हिउँ चितुवा सजिलै प्रवेश गरेर एक घण्टामै लाखौँको क्षति पुग्दै आएको छ । खोर निर्माणका लागि सरकारले नै विशेष प्राथमिकतामा राखेर सम्वोधन गरेमा यहाँका किसानलाई राहत पुग्ने हमालको भनाइ छ ।

शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्ने छोल्फुमा सामुदायिक सुधारिएको खोर प्रयोग गरिरहेका पशुपालक किसानका अनुसार वन्यजन्तुबाट हुनसक्ने जोखिम न्यूनीकरणमा सहयोग पुगेको स्थानीय किसान तेन्जिङ ग्लजेन लामाले बताउनुभयो । हिउँ चितुवा तीनरचार पटक खोरको छानामा आएर आक्रमण असफल भएको किसानले बताएका छन् ।

पहिले परम्परागत खुल्ला खोरमा राख्दा पशु चौपायलाई हिउँ चितुवाले आक्रमण गर्नसक्ने डरले रातमा राम्रोसँग सुत्न पनि नपाउने किसान अहिले सुधारिएको गोठका कारण ढुक्क भएर सुत्न पाएको उहाँले बताउनुभयो । निकुञ्जभित्र रहेका सबै गाउँमा पशु बिमा गरेर यहाँका किसानलाई राहत उपलब्ध गराउन सके पशुको हानी कम गर्न सकिने राम्रो उपाय रहेको छ । अहिले पनि केही किसानले बिमा गरेका कारण पशुमा भएको क्षति वापत राहत बुझ्दै आएका छन्् । बिमा कार्यक्रममा किसानले तिरेको प्रिमियम रकम र पशु बिमा समितिमा भएको अक्षयकोषको ब्याजबाट समितिले वन्यजन्तु पीडित परिवारलाई राहत दिने व्यवस्था गर्दै आएको छ ।

समुदायबाट सञ्चालित पशु बिमा कार्यक्रमलाई नेपाल सरकारको वन्यजन्तुबाट हुने क्षतिको राहत सहयोग निर्देशिका, २०६९ सँग एकीकृत गरी सञ्चालन गर्न सके वन्यजन्तुबाट पीडित परिवारले दीगोरूपमा राहत हुने अधिकृत हमालले बताउनुभयो ।

अधिकृत हमालका अनुसार पशु मूल्यको थोरै प्रतिशत प्रियिम ९बिमाङ्क रकम० तिरी किसानले प्रिमियम रकमको धेरै गुणा राहत लिन सक्छन्् । उपसमितिले पशु बिमा प्रिमियम र अक्षयकोषको ब्याजबाट हुने आम्दानी हेरी राहतको दर वृद्धि गर्न पनि सक्छ । यो कार्यक्रम पशु बिमा उपसमितिले समुदायसँग छलफल गरी निर्माण गरेका निर्देशिकाबाट चल्छन्् । उपसमितिले उक्त निर्देशिका समयसापेक्ष परिमार्जन गर्दै समुदाय सुहाउँदो बनाउन सक्छन्् । माथिल्लो डोल्पाका संरक्षण अभियन्ता स्वर्गीय ठिल्ले लोन्डुप लामाले निकुञ्जमा हुने द्वन्द्वका विषयमा तत्कालिन प्रधानमन्त्री केपी ओली समक्ष जानकारी गराएका थिए ।

उपल्लो डोल्पामा माओवादी अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’सहित अर्थमन्त्री जर्नादन शर्मा भ्रमणमा जाँदा त्यहाँका स्थानीयवासीले पशु पालन व्यवसायलाई दिगो बनाउनका लागि पहल गरिदिन गरेको आग्रहअनुसार यो आर्थिक वर्षमा लागू हुने गरी पशुपालनलाई व्यवसाहिकरुपमा लिन बजेटको व्यवस्था गरिएको छ । हिमाली सहरको अवधारणका साथै उपल्लो डोल्पामा पशुपालन व्यवसायलाई विकास गर्न बजेट बिनियोजन गरी काम सुरु गर्न लागिएको छ । निकुञ्जभित्र गाउँ भएका कारण यहाँ भारी क्षति हुँदै आएको छ ।

फोक्सुण्डोमा हिउँ चितुवाका लागि आहारा प्रर्याप्त

शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्जमा हिउँ चितुवाको सङ्ख्या बढेको पाइएको छ । सन् २००९ मा उच्च प्राविधिबाट गरिएको सर्वेक्षणअनुसार ११० देखि १३० को हाराहारीमा हिउँ चितुवा रहेको थियो । सन् २०१९ मा गरिएको सर्वेक्षणको नतिजा सार्वजानिक गरिएको छैन । सर्वेक्षण गरिएको तथ्याङ्क सार्वजानिक नगरिए पनि कम्तिमा ७० वटाको सङ्ख्यामा बढेको हुन सक्ने आँकलन गरिएको छ ।

यस्तै हिउँ चितुवाको मुख्य आहारको रुपमा रहेको नाउर सङ्ख्यासमेत २०२१ को गणनाअनुसार चार हजार पाँच सय भन्दाबढी रहेको निकुञ्जले जनाएको छ । एक हिउँ चितुवाले वर्षमा ४० वटा जती नाउरको सिकार गर्ने गर्दछ । यो हिसाबले निकुञ्जमा भएका नाउरको सङ्ख्या मापन गर्दा हिउँ चितुवाको आहारा प्रर्याप्त भएको पाइएको छ । प्रत्येक वर्ष नाउरको गणना गरिँदै आएको संरक्षण अधिकृत लालबहादुर भण्डारीले बताउनुभयो । हिउँ चितुवाको उमेरको आधारमा नाउरको सङ्ख्या सिकार हुने भण्डारीले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

जेन–जी आन्दोलन लोकतन्त्रलाई शून्य बनाउने षड्यन्त्र थियो : ओली

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com