काठमाडौं, ८ माघ । मनाङबाट प्रदेशसभामा निर्वाचित दिपक मनाङेको पद रिक्त भएको छ । सर्वोच्च अदालतले ज्यान मार्ने उधोगमा दिपक मनाङेलाई ५ वर्ष जेल सजाय गर्ने तत्कालिन पुनरावेदन अदालतको फैसला सदर गरेको छ । मनाङेले एमालेले टिकट नदिएपछि स्वतन्त्र उम्मेद्धवार बनेर प्रदेशसभा मनाङ (ख) बाट चुनाव जितेका थिए । तर, प्रदेशसभा सदस्यको सपथ नलिदै उनी ज्यान मुद्धामा दोषी ठहरिएका छन् र उनको पद गएको छ ।







प्रतिक्रिया दिनुहोस्