कात्तिक ३, बझाङ । बझाङमा हिजो भएको जीप दुर्घटनामा परेर पालिकाभित्रका आठजनाको मृत्यु भएको शोकमा मष्टा गाउपालिकाले आज शोक विदा दिएको छ ।
मष्टा गाउपालिका कार्यालय, वडा कार्यालय तथा गाउपालिका मातहतका कार्यालयमा आज शोक विदा दिइएको निमित प्रमुख प्रशासकीय अधिकृत पृथुराज जोशीले जानकारी दिए । हिजो दिउसो मष्टा गाउपालिका वडा नं १ तुफानडाडामा ०१–००१ च ११७ नम्बरको जीप दुर्घटनामा परेको थियो ।
सदरमुकाम चैनपुरमा लाग्ने सिलदेवी मेला हेर्न गएका उनीहरू फर्किने क्रममा जीप दुर्घटना भएको हो । दुर्घटनामा १५ जना घाइते भएका छन् ।
घाइतेको जिल्ला अस्पताल सिमखेतमा उपचार भैरहेको जिल्ला प्रहरी कार्यालय बझाङले जानकारी दिएको छ ।
प्रतिक्रिया दिनुहोस्