ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सहकर्मी शुभेच्छुकले यसरी सम्झिए वाङ्मय शताब्दी पुरुष जोशीलाई


एबीसी / संवाददाता

काठमाडौँ, ३० असोज । “शताब्दी पुरुष सत्यमोहन जोशीको निधनले मुलुकको सम्पदा ढलेको छ, उहाँ जीवित सम्पदा हुनुहुन्थ्यो”, लोकसाहित्य परिषद्का सहसंरक्षक प्रेम शान्ति तुलाधरले भन्नुभयो । परिषद्का संस्थापक संरक्षक रहेका जोशीको निधनप्रति भावुक हुँदै तुलाधरले थप्नुभयो, “लोकसाहित्य, भाषा संस्कृतिको संरक्षण सम्वद्र्धनमा मात्रै होइन उहाँको हरेक क्षेत्रमा उत्तिकै योगदान थियो । उहाँको अभाव मुलुकलाई खड्किरहनेछ ।”

ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जन पनि भाषा, साहित्य, सम्पदा र संस्कृतिको सम्वद्र्र्धनमा अतुलनीय योगदान पु¥याउनुभएका जोशीको निधनले राष्ट्रलाई ठूलो क्षति पुगेको बताउनुहुन्छ । “सत्यमोहन जोशी एउटा यस्तो व्यक्ति हुनुहुन्छ, जो १०३ वर्षसम्म अनवरत अध्ययन, शृङ्खलाबद्ध रूपमा राष्ट्रको श्रीवृद्धि गर्नमा योगदान गर्नुभएको छ, उहाँको योगदानको अहिले वयान गरेर साध्य हुँदैन”, उहाँले भन्नुभयो ।

सधैँ राष्ट्र र लोक संस्कृतिको उन्नयनमा अहोरात्र चिन्तन मननका साथ खटिरहने वाङ्मय शताब्दी पुरुष जोशीको निधनले मुलुकको सम्पदा ढलेको शुभेच्छुकहरूको प्रतिक्रिया दिनुभएको छ । संस्कृति, पुरातत्व, लोकसंस्कृतिको सम्वद्र्धन, नेपाली कलालाई अन्तर्राष्ट्रिय जगत्मा चिनाउने उहाँको अतुलनीय योगदान थियो । नेपाल भाषा, नेपाली, अङ्ग्रेजीलगायत भाषामा दक्खल, धार्मिक सहिष्णुता आदि विषयमा उहाँको अब्बल योगदान रहेको छ ।

वाङ्मय शताब्दी पुरुष जोशीको निधनले साँच्चिकै देशको भाषा, संस्कृति, सम्पदा र सहित्य जगत्मा अतुलनीय क्षति पुगेको छ । जोशीले जीवनभर साहित्य, कलासंस्कृति र रङ्गमञ्चमा गरेका योगदानको देश तथा विदेशमा समेत चर्चा हुन्छ ।

सरकारका तर्फबाट प्रधानमन्त्री शेरबहादुर देउवाले एक दिन राष्ट्रिय बिदा दिने निर्णय गरिन्छ भन्नुभएको छ । कुन दिन भन्ने आधिकारिक सूचना सरकारका तर्फबाट प्रकाशित हुनेछ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले जोशीको निधनले नेपालको साहित्य, संस्कृति र सम्पदाको क्षेत्रमा ठूलो क्षति पुगेको बताउनुभयो । “जोशीको निधनले राष्ट्रलाई ठूलो क्षति पुगेको छ, साँच्चिकै भन्दा एउटा अभिभावकत्व नै गुमेको जस्तो महसुस भइरहेको छ । उहाँको योगदान नेपालको इतिहासमा सधैँ स्मरणीय रहिरहनेछ ।” मन्त्री श्रेष्ठका अनुसार शोकमा राष्ट्रिय बिदा दिने पर्यटन मन्त्रालयबाट प्रस्ताव गएको र त्यसप्रति प्रधानमन्त्री सकारात्मक रहनुभएको छ ।

शताब्दी पुरुषको जीवनीबारे पुस्तक लेख्नुभएका पत्रकार गिरिश गिरीको अनुभवमा स्व जोशी देशलाई माया गर्ने व्यक्ति हुनुहुन्थ्यो । “त्यो भावनामा होइन यथार्थमा । नेवारी मातृ भाषा भएर पनि खस भाषको जगेर्नामा उहाँको ठूलो योगदान रहेको छ, उहाँले भन्नुभयो, “देशलाई भौतिक अभौतिक धेरै सम्पत्तिहरु दिएर जानुभएको छ । उहाँको चमत्कार भनेको स्मरणशक्ति असाध्यै राम्रो थियो । उहाँलाई होस हुँदासम्म नेपालको जुनसुकै इतिहास र घटनाको प्रष्ट व्याख्या गर्नसक्ने खुबी भएको जिउँदो इतिहासको किताब हुनुहुन्थ्यो, राष्ट्रलाई माया गर्ने त्यो उचाइको व्यक्ति गुमानउनुपर्दा सबैलाई दुखित तुल्याएको छ ।”

नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्वकुलपति गङ्गाप्रसाद उप्रेतीले नेपाली वाङ्मय र गौरवको प्रवद्र्धन गर्न जोशीले गरेको योगदान अतुलनीय रहेको बताउनुभयो । “जोशी एउटा युग र शताब्दी थामेको नेपाली भाषा, संस्कृति, नेवारी भाषा साहित्यको जगेर्ना र प्रवद्र्धनका साथै कलाकार अरनिकोलाई उजागर गर्नसमेत भूमिका खेल्नुभएको थियो ।”

जोशीको योगदानलाई कदर गर्दै प्रतिष्ठानले आजीवन सदस्य दिएको स्मरण गर्दै उप्रेतीले राज्यले प्रदान गर्ने नेपालकै ठूलो पृथ्वी प्रज्ञा पुरस्कार दुई वर्षअघि प्रदान गरिएको जानकारी दिनुभयो । जोशी हरेक विधाका स्रष्टालाई प्रोत्साहित गर्ने र अहिलेको पुस्ताको प्रेरणादायी व्यक्ति भएको उहाँले उल्लेख गर्नुभयो । “नेपाली प्राज्ञिक जगत्को अभिभावक र प्रेरणाको स्रोतका रूपमा लिएका छौँ, जुन गुमेको छ”, उप्रेतीले भन्नुभयो ।

पत्रकार सुनील महर्जन नेपाल प्रज्ञा प्रतिष्ठान र पुरातत्व विभागको निर्देशक भएर स्व जोशीले नेपाली वाङ्मय क्षेत्रको विकास प्रवद्र्धनमा महत्वपूर्ण योगदान गरेको बताउनुहुन्छ । जोशीले नेपाली भाषा र सभ्यताको थलो सिञ्जा क्षेत्रमा गएर अध्ययन गर्नुभएको थियो । नेपाली लोकसाहित्यको प्रवद्र्धनमा पनि उहाँको योगदान थियो । नेपालको लोकसंस्कृति नामक पुस्तकले पहिलो मदन पुरस्कार प्राप्त गरेको थियो ।

ललितपुर उद्योग वाणिज्य सङ्घका पूर्वअध्यक्ष अजरमान जोशीले स्व जोशीको योगदानलाई सङ्गृहीत गर्दै आधुनिक पुस्तामाझ पु¥याउन सकेमात्रै उहाँप्रति सच्चा श्रद्धाञ्जलि हुने बताउनुभयो ।

“बुबा परिवारवाद भन्दा पनि आदर्शभाव राख्ने व्यक्ति हुनुहुन्थ्यो, राष्ट्र र जनताका लागि सोच्नुहुन्थ्यो, उहाँका लागि परिवार गौण कुरा थियो, हामी नयाँ पुस्ताले उहाँको अनुसरण गर्न सकेनाँै, उहाँ आफ्नो र परिवारभन्दा पनि राष्ट्र र समाजको बारेमा बढी चिन्तित हुनुहुन्थ्यो”, स्व जोशीका जेठा छोरा अणुराज जोशीले भन्नुभयो ।

जोशीसँग विगत १२ वर्षदेखि सहकार्य गर्दै आउनुभएका नेपाल भाषा एकेडेमीका व्यवस्थापक शान्तराज शाक्यको भनाइमा साधारण जीवन र उच्च विचारको प्रणेता जोशीको योगदानलाई राष्ट्रले कदर गर्नुपर्छ । जीवनको अन्तिम क्षणसम्म पनि जोशी दिनरात भाषा साहित्यमा निरन्तर लाग्नुभएको थियो ।

जोशीको माछा पालनको रहर अधुरै

शाक्यको भनाइमा उहाँ (स्व जोशी) मा माछा पालनको धेरै रुचि थियो । माछापालन सम्बन्धी अध्ययन अनुसन्धान पनि गर्नुभएको थियो । ‘मैले भाषा साहित्यतिर पनि लागेँ, मुद्रा संरक्षण पनि गरेँ, अब थरिथरिका माछा पालेर सन्देश दिन्छु’ जोशीको भनाइ उद्धृत गर्दै शाक्यले भन्नुभयो ।

पाँच वर्षदेखि जोशीको निजी सुरक्षामा रहनुभएका जित महर्जनका अनुसार जोशी सक्रिय जीवन रहुन्जेल हरेक दिन निमन्त्रणा भएका सबै कार्यक्रममा पुग्नुहुन्थ्यो । हिँड्न नसक्ने भएपछि धेरैजसो कार्यक्रम घरबाटै हुन्थ्यो, माइक पाएपछि कम्तिमा पनि आधा घण्टा बोल्नुहुन्थ्यो ।

विसं १९७६ वैशाखमा ललितपुरको बखुम्बाहलमा जम्मनुभएका जोशीको १०३ वर्षको उमेरमा आज बिहान ग्वार्कोस्थित किष्ट मेडिकल कलेजमा उपचारका क्रममा निधन भएको हो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com