ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

ओनसरीलाई जिताएर पठाउनुस् मन्त्री बनाउने जिम्मा म लिन्छु – अध्यक्ष प्रचण्ड


एबीसी / संवाददाता
आश्विन ३०, २०७९ आईतबार  ३ : ४६ बजे

काठमाडौं, ३० असोज । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले काठमाडौं–२ कि प्रतिनिधिसभा उम्मेदवार ओनसरी घर्तीले जितेमा विकासे मन्त्रालयको मन्त्री बनाउने बताएका छन् । काठमाडौं क्षेत्र नम्बर २ मा आयोजित चुनावी कार्यक्रमलाई सम्बोधन गर्दै उनले पूर्वसभामुख घर्तीलाई भोट माग्दै यस्तो बताएक हुन् ।

‘म तपाईंहरुलाई के विश्वास दिलाउन सक्छु भने उहाँलाई विजयी गराएपछि उहाँलाई एउटा राम्रो विकासे मन्त्री बनाएर तपाईहरुको अगाडि पठाइनेछ’ उनले भने ।

कार्यक्रममा प्रचण्ड भन्दा अगाडि सम्बोधन गरेकी ओनसरीले आफू निर्वाचित भए जोरपाटी साँखु सडक बनाउने प्रतिवद्धता जनाएकी थिइन् । उक्त सडक बनाउन नसके २ वर्षमा राजीनामा दिने पनि बताएकी थिइन् ।

कार्यक्रममा प्रचण्डले मतदातालाई एक अर्का पार्टीको चुनाव चिह्नमा मतदान गर्न अप्ठेरो नमान्न आग्रह गरे । उनले २०४६ सालको आन्दोलनदेखि नै कांग्रेस र कम्युनिस्ट मिलेर आन्दोलन गरेको भन्दै त्यतिबेलैदेखि हसिया हथौडा र रुख एउटैजस्तो भएको बताए ।

‘हामीले धेरै पहिलेदेखि हसिया हथौडा र रुखलाई एक बनाइसकेका हौं । २०४६ सालको आन्दोलन संयुक्त गरेर कम्युनिस्ट पार्टी र कांग्रेसको झण्डा साथसाथै राखेर आन्दोलनको आँधीहुरी चलायौं’ प्रचण्डले भने, ‘त्यतिबेला

देखि नै हसिया हथौडा र रुख एक ठाउँमा भएकै हो ।’ प्रचण्डले शान्ति सम्झौतामा नेपाली कांग्रेसका तत्कालिन सभापति गिरिजाप्रसाद कोइराला र तत्कालिन विद्रोही माओवादीका तर्फबाट आफूले हस्ताक्षर गरेको सम्झिए । ‘त्यो सम्झौता मैले रुखमा र गिरिजाबाबुले हसिया हथौडामा छाप लाए बरारबर हो’ प्रचण्डले भने ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

डोमोक्रेटिक राज्यमा डोजरको शासन: सुकुम्बासी बस्तीमा ‘युद्ध’ को तयारी, मानवीयता कि व्यवस्थापन ?

संसद् अधिवेशन किन स्थगन भयो? यस्तो छ भित्री कारण

सम्बन्धित

डोमोक्रेटिक राज्यमा डोजरको शासन: सुकुम्बासी बस्तीमा ‘युद्ध’ को तयारी, मानवीयता कि व्यवस्थापन ?

संसद् अधिवेशन किन स्थगन भयो? यस्तो छ भित्री कारण

नयाँ शैक्षिक सत्र: काठमाडौं महानगरद्वारा सङ्घीय सरकारको निर्णय अवज्ञा, वैशाख १५ बाटै पठनपाठन सुरु हुने

अर्बौँको एनसेल कारोबारमा ‘अदृश्य सेटिङ’—२ वर्षदेखि दराजमा थन्क्याइएको त्यो गोप्य प्रतिवेदन

व्यवसायी शेखर गोल्छा पक्राउ: धितोपत्र घोटाला र दीपक भट्टसँगको ‘कनेक्सन’

सरकारको सिफारिसमा राष्ट्रपतिले गरे संसद् अधिवेशन स्थगित

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com