ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

महानगर थाल्यो उपमेयरको अगुवाईमा बजार अनुगमन (भिडियोसहित)


एबीसी / संवाददाता
आश्विन १२, २०७९ बुधबार  ८ : ४४ बजे

काठमाडौं, १२ असोज ।  बडादसैं सुरु भएसँगै बजारभाउ आकाशिएको छ । दैनिक उपभोग्य सामानको मूल्यले उपभोक्ता मारमा परेका छन् । तर, अनुगमन र कारबाहीको जिम्मेवारी बोकेका निकाय चाडपर्व लक्षित बजार अनुगमनमा मात्र केन्द्रित देखिएका छन । अरु समयमा वास्ता नगर्ने निकाय चाडपर्वका बेला भने एकाएक चलमलाउँछन । विगतमा जस्तै चाडपर्वको मुखमा आएर बजार अनुगमन हुने परम्परा काठमाडौंं महानगरले यसपटक पनि निरन्तरता पाएको छ ।चाडपर्व नजिकि“दै गर्दा सरकारले अनुगमनलाई तिब्र बनाएको छ ।

आम मानिससँग दैनिक जोडिएका उपभोग्य बस्तु दाल, चामल, लत्ता कपडादेखि तरकारी जस्ता बस्तुमा बिचौलियाको प्रवेश तथा कालाबजारी रोक्नका लागि अनुगमनलाई बजार केन्द्रित बनाएको हो । कालोबजारी नियन्त्रण गर्ने, म्याद गुज्रेका सामग्री बिक्री वितरणमा रोक लगाउने र उपभोक्ता अधिकारका विषयमा जानकारी दिने उद्देश्यले बजार अनुगमन गरिएको नियमनकारी निकायको दाबी छ । दसैंतिहार जस्ता ठूला पर्वहरुमा खरिदविक्री बढी हुने र यही मौकामा उपभोक्ता ठगिने विषयलाई ध्यानमा राखेर अनुगमन पक्षलाई बलियो बनाएको बताइएको छ । काठमाडौंंं महानगरपालिका उपमेयर सुनिता डंगोलको टोलीले तरकारी बजार, खाद्यन्न पसल र मासु पसल र खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको स्टोरहरुमा अनुगमन गरेको छ । महानगरभित्र रहेको भित्रि पसलहरुमा गएर सामानको बिल, रजिटस्टे«सन गरे/नगरेको सामानको उत्पादन मितिको जाँच गरेको थियो । कतिपय व्यापारीलाई पसल दर्ता गराउने कुराहरु नै थाहा नभएको र उनीहरुलाई सचेत गराइएको बताउँदै उपमेयर डंगोलले अनुगमनको क्रमलाई दशैँपछि पनि निरन्तरता दिइने प्रतिवद्धता जनाइन् । उपमेयर डंगोलले जानेर बजारमा उपभोक्ताहरुलाई ठग्ने र अखाद्य सामग्री बेच्नेहरुलाई कानूनअनुसार कारबाही गर्ने चेतावनी समेत दिइन् ।

अनुगमनका क्रममा खाद्य विभागमा उत्पादित मिति मेटिएको खाद्य सामग्री पाइएको थियो । यद्यपी खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड वागमती प्रादेशिक प्रमुख ज्ञानु थापाले कतिपय सामान उत्पादित कम्पनीबाट आउँदै मेटिएको हुने तर मिति सकिएका खाद्य सामग्री विभागले भने नबेचेको दाबी गरीन् । प्रमुख थापाले विभागबाट भएका कमजोरीलाई आगमी दिनमा सच्याउने प्रतिवद्धता समेत जनाइन् ।

त्यस्तै उपभोक्ता अधिकार अनुसन्धान मञ्चका अध्यक्ष माधव तिमल्सिनाले उपभोक्तालाई खाद्य सामग्री प्रदान गर्ने कुरामा राज्य जिम्मेवार नबनेको आरोप लगाए । अनुगमनका क्रममा सरकारी संस्थाहरुमा नै अखाद्य सामग्री फेला परेकोमा आक्रोश व्यक्त गर्दै तिमल्सिनाले सरकारी संस्थाहरु सबैभन्दा बढी परादर्शी र स्वस्थ रहन आवश्यक रहेको बताए । बजार अनुगमन नियमित हुन नसकेको भन्दै नागरिकप्रति सरकारी संस्थाहरु जिम्मेवार बन्नुपर्ने र विशेष गरी स्थानीय सरकारले यसको जिम्मा लिन आवश्यक रहेको उनको भनाई छ ।

बिगतका वर्षमा समेत चाडपर्व आउदै गर्दा बजारमा व्यापारीले कृत्रिम मंहगी बढाउने गरेका छन् । त्यसको निरन्तरताको रुपमा अहिलेपनि व्यापारीले आफुखुसी मूल्य बढाइरहेका छन । बजारमा सामान अभाव भएको बाहना बनाउदै उपभोक्तालाई चर्काे मुल्यमा उपभोग्य बस्तु किन्न बाध्य गराउने गरेका छन् । यसरी बजारमा उपभोक्तालाई ठग्ने व्यापारीलाई तह लगाउनका लागि सरकारले यस पटकको अनुगमन नियमित र अनुसन्धानमुलक ढंगले बजार केन्द्रित हुने जनाएको छ । चार्डपर्वलाई लक्षित गरी कालोबजारी गर्नेहरुलाई कारवार्हीको लागि सम्वन्धीत निकायले सक्रियता देखाउन आवश्यक छ ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

लोकतन्त्रको रक्षा गर्छौ ः एमाले सचिव , अर्याल भिडियो

सरकारी निकायका सफ्टवेयर तथा सूचना प्रविधि अध्ययन गर्न कार्यदल गठन

सम्बन्धित

सरकारी निकायका सफ्टवेयर तथा सूचना प्रविधि अध्ययन गर्न कार्यदल गठन

नयाँ व्यापार व्यवस्था कस्तो ? : एक विस्तृत रुपरेखा

सुकुमवासी बस्ती हटाउने बालेनको ‘अपरिपक्वता’ र रास्वपाको ‘राजनीतिक बेइमानी’– रक्षा बम

महान्यायाधीवक्ता कँडेलविरुद्धको रिटमा आज पेसी

आक्रामक शैली, छोटो कार्यकाल : विवादपछि गृहमन्त्री सुधन गुरुङको बहिर्गमन

‘सम्पत्ति खोज्ने आयोग, खोजिने सत्य कति गहिरो?’ — एक वर्षे म्यादसहित सुरु भयो उच्चस्तरीय छानबिन !

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com