ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सिट बाँडफाँटको छलफल आज पनि


एबीसी / संवाददाता
आश्विन ११, २०७९ मंगलबार  १० : ३६ बजे

काठमाडौं, ११ असोज । प्रदेश र प्रतिनिधि सभा निर्वाचनको सिट बाँडफाँटमा सहमतिको नजिक पुगेको दाबी गर्दै आएका सत्ता गठबन्धनका दलहरुले आज पनि छलफललाई निरन्तरता दिएका छन् ।

कार्यदलका कार्यालय सचिव केशवराज जोशीले आज बिहान ८ बजेदेखि पुनः बैठक बसेर सिट बाँडफाँटको टुंगो लगाउन प्रयास भइरहेको बताए । यही असोज १६ गतेभित्र सिट बाँडफाँट टुंगो लगाइसक्ने दाबी सत्ता गठबन्धनका नेताहरुले गरेका छन् । १९ गते दशैंको टीका र असोज २३ गते कोजाग्रत पूर्णिमाको दिन मनोनयन दर्ता हुने भएकाले त्यसअघि नै सिट बाँडफाँट टुंगो लगाउने एक नेताले बताए ।

गत साउन २० गते बसेको सत्ता गठबन्धनका शीर्ष नेताहरुको बैठकले आगामी मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधि सभा निर्वाचनमा तालमेल गर्ने निर्णय गर्दै सिट बाँडफाँटका लागि ११ सदस्यीय कार्यदल गठन गरेको थियो । कार्यदललाई कुन दलले कुन-कुन क्षेत्रको कति सिट लिने भनेर साउन अन्तिम सातासम्म सिफारिस गर्न भनिए पनि अझैसम्म टुंगो लाग्न सकेको छैन ।

नेताहरुका अनुसार प्रतिनिधि सभातर्फको सिट बाँडफाँटको विषय लगभग टुंगो लागिसकेको छ । त्यसैले आइतबारदेखि कार्यदलमा प्रदेश सभाको सिट बाँडफाँटबारे छलफल हुँदै आएको छ ।

कार्यदलमा नेपाली कांग्रेसबाट कृष्णप्रसाद सिटौला, महामन्त्री गगनकुमार थापा र ज्ञानेन्द्र बहादुर कार्की छन् भने माओवादी केन्द्रबाट महासचिव देव गुरुङ र उपमहासचिव वर्षमान पुन छन् ।

यस्तै, नेकपा एकीकृत समाजवादीबाट उपाध्यक्ष प्रमेश हमाल र महासचिव बेदुराम भुसाल, जनता समाजवादी पार्टीबाट रामसहाय यादव र रकम चेम्जोङ तथा राष्ट्रिय जनमोर्चाबाट हिमलाल पुरी र आनन्द शर्मा सदस्य छन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

लोकतन्त्रको रक्षा गर्छौ ः एमाले सचिव , अर्याल भिडियो

सरकारी निकायका सफ्टवेयर तथा सूचना प्रविधि अध्ययन गर्न कार्यदल गठन

सम्बन्धित

सरकारी निकायका सफ्टवेयर तथा सूचना प्रविधि अध्ययन गर्न कार्यदल गठन

नयाँ व्यापार व्यवस्था कस्तो ? : एक विस्तृत रुपरेखा

सुकुमवासी बस्ती हटाउने बालेनको ‘अपरिपक्वता’ र रास्वपाको ‘राजनीतिक बेइमानी’– रक्षा बम

महान्यायाधीवक्ता कँडेलविरुद्धको रिटमा आज पेसी

आक्रामक शैली, छोटो कार्यकाल : विवादपछि गृहमन्त्री सुधन गुरुङको बहिर्गमन

‘सम्पत्ति खोज्ने आयोग, खोजिने सत्य कति गहिरो?’ — एक वर्षे म्यादसहित सुरु भयो उच्चस्तरीय छानबिन !

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com