काठमाडौं । वर्ल्ड वाइड मिडिया नेटवर्कको चौथो बार्षिकोत्सवको अवसरमा जेष्ठ नागरिक सम्मान र शुभ कामना साँझ २०७९ आयोजना गरिएको छ । वर्ल्ड वाइड मिडिया नेटवर्कको अध्यक्ष रामकृष्ण श्रेष्ठ, शंखारापुर नगरपालिकाका मयेर रमेश नापित र बागमती प्रदेशका सभासद मनिराम फुयालद्वारा जेष्ठ नागरिकलाई खादा ओडाई फलफुल तथा सम्मान पत्र वितरण गरिएको थियो ।
कार्यक्रमका सभापति तथा वर्ल्ड वाइड मिडिया नेटवर्कका अध्यक्ष रामकृष्ण श्रेष्ठले वर्ल्ड वाइड मिडिया नेटवर्कले देशमा मात्र नभई बिदेशमा संस्कृतिक तथा विभिन्न कार्यक्रम मार्फत नेपालको प्रवर्धन गरेको र गरिरहने बताउनुभयो ।
शंखारापुर नगरपालिका मयेर रमेश नापितले शंखारापुर नगरपालिकालाई आन्तरिक तथा बाह्य पर्यटकीय क्षेत्रमा अब्बल बनाउने बताउनुभयो ।बागमती प्रदेशका सभासद मनिराम फुयालले देश र राष्ट्रलाई समुन्नत बनाउन जेष्ठ नागरिकको सम्मान र स्वास्थ्यमा उचित हेरविचार पुर्याउनु पर्नेमा जोड दिनुभयो ।
उक्त अवसरमा ख्यातीप्राप्त गायक तथा कलाकारले गीत तथा नृत्यद्वारा मनोरन्जन प्रदान गरेका थिए ।कार्यक्रममा मनोरन्जन तथा सञ्चार क्षेत्रमा अनवरत सेवा प्रदान गरिरेहेका व्यक्तित्वलाई वर्ल्ड वाइड मिडिया नेटवर्कले सम्मान समेत गरेको थियो ।
नेपाली सिने तथा सञ्चार क्षेत्रमा अनवरत सेवा प्रदान गरिरहेका सिनेकर्मी तथा सञ्चारकर्मी समीर जोशीलाई सम्मान गरिएको हो ।वर्ल्ड वाइड मिडिया नेटवर्कको अध्यक्ष रामकृष्ण श्रेष्ठ, शंखारापुर नगरपालिका मयेर रमेश नापित र बागमती प्रदेशका सभासद मनिराम फुयालले जोशीलाई खादा ओडाई सम्मान पत्र वितरण गर्नुभएको थियो । समीर जोशी हाल नाइस टेलिभिजनमा प्रमुख कार्यकारी निर्माताको रुपमा कार्यरत हुनुहुन्छ । साथै मेरो एउटा प्रेम कथा टेलिसिरियल निर्माण तथा निर्देशन गर्दै हुनुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्