ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रधानमन्त्रीलाई राष्ट्रपति कार्यालयको पत्र : सरकार निर्णय जानकारी गराऊ


एबीसी / संवाददाता

काठमाडौं, ९ असोज । राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषदका निर्णयबारे आफूलाई नियमित रुपमा जानकारी नगराइएको भनी असन्तुष्टि व्यक्त गर्नुभएको छ। राष्ट्रपति कार्यालयले प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा पत्र पठाएरै ‘मन्त्रिपरिषद बैठकको निर्णयबारे नियमित रुपमा जानकारी नगराइएको’ मा असन्तुष्टि व्यक्त गरेको हो ।

‘मन्त्रिपरिषदबाट हुने निर्णयबारे यहाँबाट नियमित जानकारी गराइएन भन्ने राष्ट्रपतिको गुनासो रहेछ, त्यही अनुसार राष्ट्रपतिको कार्यालयले पत्र पठाएर चासो देखाएको हो’ प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय उच्च स्रोतले भन्यो, ‘त्यो पत्र मुख्य सचिवज्यूसमक्ष पेश भएपछि के गर्ने टुंगो लाग्नेछ, तर अहिले मुख्य सचिवज्यू विरामी भएर अस्पताल भर्ना भएकाले पत्र अघि बढेको छैन ।’ राष्ट्रपति कार्यालयका प्रेस विज्ञ टीका ढकालका अनुसार, संविधानको धारा ८१ मा भएको विषयवस्तुबारे राष्ट्रपति कार्यालयले चासो दिएको हो । उक्त धारामा पाँचवटा विषयमा प्रधानमन्त्रीले राष्ट्रपतिलाई जानकारी गराउने व्यवस्था छ । पहिलो मन्त्रिपरिषदका निर्णय, दोस्रो संघीय संसदमा पेश गरिने विधेयकवारे प्रधानमन्त्रीले राष्ट्रपतिलाई अवगत गराउनुपर्छ ।

संवैधानिक व्यवस्था अनुसार, राष्ट्रपतिले यी दुई विषयमा अरु विवरण मागेमा त्यो पनि प्रधानमन्त्रीले जानकारी गराउनुपर्छ । चौथो, नेपालको समसामयिक परिस्थितिबारे समेत राष्ट्रपतिलाई जानकारी गराउनुपर्ने व्यवस्था छ । प्रधानमन्त्रीले राष्ट्रपतिलाई जानकारी गराउनुपर्ने पाँचौं विषय, वैदेशिक सम्बन्ध सम्बन्धी हो ।राष्ट्रपति कार्यालय स्रोतका अनुसार, नागरिकता विधेयकबारेको निर्णय आफूलाई जानकारी नै नगराई संघीय संसदमा पेश भएको भएको भन्दै राष्ट्रपति विद्यादेवी भण्डारी प्रधानमन्त्री देउवासँग असन्तुष्ट हुुनुहुन्थ्यो । सरकारले संघीय संसदमा पेश गर्ने हरेक विधेयक मन्त्रिपरिषद बैठकबाट निर्णय गर्नुपर्छ । त्यसमाथि संघीय संसदमा पेश हुने विधेयकबारे सूचित हुन पाउने संवैधानिक व्यवस्था अनुसार राष्ट्रपति भण्डारीको असन्तुष्टि बढेको हो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com