काठमाडौं, ७ असोज । सत्तारुढ गठबन्धनको आजको बैठक निष्कर्षविहीन बनेको छ । आज विहान साढे ११ बजेदेखि बसेको बैठकमा सिट बाँडफाँटको विषयमा कुनै पनि ठोस सहमति नभएपछि सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले पत्रकारहरुलाई प्रतिक्रिया नै दिएनन् ।
अरु बेला खास बोल्ने कुरा नभएको बताउँदै प्रतिक्रिया दिने कार्कीले आज क्यामेरा स्टेण्डबाइ राखेर पर्खिरहेका सञ्चारकर्मीलाई वास्तै नगरी गाडी चढेर निस्किएका थिए ।बैठकमा नेताहरुको निस्कने क्रममा साँझ परेपछि सुरु भएको थियो ।
बैठकबाट नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनाल साँझ ७ बजे निस्केका थिए । त्यसको १० मिनेटपछि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, त्यसलगत्तै माओवादीकै नेताहरु नारायणकाजी श्रेष्ठ एवम् देव गुरुलगायत नेताहरु बैठकबाट निस्किएका थिए ।त्यस्तै, सवा ८ बजेतिर जसपाका अध्यक्ष उपेन्द्र यादव निस्केपछि नेपाली कांग्रेसका रामचन्द्र पौडेल पनि निस्किएका थिए ।
प्रतिक्रिया दिनुहोस्