ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नागरिकता विधेयक प्रमाणीकरण सम्बन्धमा फरक–फरक धारणा (भिडियोसहित)


एबीसी / संवाददाता

काठमाडौं, ७ असोज । राष्ट्रपति समक्ष दोस्रो पटक सिफारिस भएको नागरिकता विधेयक प्रमाणीकरण नभएको विषय यतिबेला विवादित छ । सत्ता गठबन्धनको बुधबारको बालुवाटार बैठकले राष्ट्रपतिको कदमले संवैधानिक व्यवस्थामाथि प्रहार भएको भन्दै संयुक्त विज्ञप्ति जारी ग¥यो । नागरिकता विधेयक प्रमाणीकरण सम्बन्धमा राजनीतिक दल, कानुन व्यवसायी लगायत सरोकारवालाहरुले फरक–फरक धारणा छन् ।

सत्ता गठबन्धनले राष्ट्रपतिबाट नागरिकता विधेयक प्रमाणीकरण नगरेकोप्रति बुधबार संयुक्त विज्ञप्ति जारी ग¥यो । गठबन्धनले प्रतिनिधिसभा र राष्ट्रियसभाबाट पुनः पारित भई राष्ट्रपति समक्ष पेश भएको नागरिकता विधेयक संविधानमा व्यवस्था भए बमोजिम १५ दिनभित्र प्रमाणीकरण नहुनु राष्ट्रपतिको गैरसंवैधानिक कदम रहेको ठहर गरेको छ । यसले नागरिकता प्राप्त गरिसकेका नेपाली आमाबुवाका सन्तानले नागरिकता प्राप्त गर्ने ंवैधानिक हकबाट वञ्चित गरेको गठबन्धन बैठकको निष्कर्ष छ ।

सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले संविधानको पालना एवम् संरक्षण गर्नुपर्ने कर्तव्य राष्ट्रपतिको भएपनि यसो हुन नसकेको बताए । दुवै सदनले पहिलो पटक गत साउन १६ गते सो विधेयक प्रमाणीकरणका लागि राष्ट्रपति समक्ष पठाएको थियो । राष्ट्रपतिले पुनर्विचार गर्न आवश्यक देखिएकाले आठ बुँदे सुझावसहित साउन २९ गते सो विधेयक संसदमा फिर्ता गरेकी थिइन् । त्यसपछि दुवै सदनले जस्ताको तस्तै पारित गरी नागरिकता विधेयक राष्ट्रपति समक्ष पठाएको थियो । राष्ट्रपतिले प्रमाणीकरण गर्ने समय असोज ४ गते राति सम्पन्न भएको छ । असोज १ गते संसदको कार्यकाल अन्त्य भएपछि नागरिकतासहित अन्य विधेयकहरु निष्क्रिय हुने कानुनविद्हरुले बताएका छन् ।

उनीहरुको सो व्यवस्था संविधानमा उल्लेख रहेको बताए । त्यसो त, यतिबेला पूर्व राष्ट्रपति डा. रामवरण यादवले राष्ट्रपति विद्यादेवी भण्डारीले राजीनामा दिएर मार्गप्रशस्त गर्नुपर्ने वा बाटो सहज गर्नुपर्ने भन्दै मुख खोल्दै आएका छन् । तात्कालीन प्रधानमन्त्री डा. बाबुराम भट्टराई नेतृत्वको सरकारको पालामा यादवले अध्यादेश ल्याउन असहयोग गरेको प्रसंग पनि उठेको छ । भट्टराईलाई अध्यादेशमार्फत बजेट ल्याउन त्यसबेला यादवले रोकेका थिए ।

अहिले नागरिकता विधेयकमा अड्चन पैदा भएको समय विगतका विभिन्न नजिरहरुको पनि अध्ययन भएको छ । राष्ट्रपतिको कदम सत्ता गठबन्धन दल र सरोकारवालाले असंवैधानिक रहेको ठहर गरेका छन् । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले राष्ट्रपतिको कदमको बचाउ गर्दै समर्थन जुलुस ग¥यो । संसदको कार्यकाल अन्त्य एवम् मंसिर ४ को प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनअघि राष्ट्रपति विवादमा तानिएकी छिन् । कानुनविद्का अनुसार नागरिकता लगायत बाँकी सबै निष्क्रिय विधेयकहरुमाथि अबको नयाँ प्रतिनिधिसभा संसदले टुंगो लगाउने एउटा विकल्प छ । तत्काललाई नागरिक विधेयक प्रमाणीकरणका लागि आवश्यक कानुन निर्माण गर्नुपर्ने पनि उनीहरुको सुझाव छ ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com