ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility

  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कुन प्रदेशमा कसको सरकार बन्छ


एबीसी न्यूज
माघ ८, २०७४ सोमबार   १२ : ११   बजे

काठमाडौं, ८ माघ । हिजो आइतवार प्रदेश प्रमुखको नियुक्ति र प्रदेश सांसदको शपथ सकिएसगै दलहरुको ध्यान अव प्रदेशसभा सरकार गठन र राष्ट्रियसभा चुनावमा केन्द्रित भएको छ ।

७ वटा प्रदेशमध्ये १ र ३ मा एमालेको स्पष्ट बहुमत छ । प्रदेश नं। ६ मा पनि एमाले बलियो छ । २ नम्बर प्रदेशमा राजपा र संघीय समाजवादी फोरम गठबन्धनको बहुमत पुग्छ । प्रदेश नं। ४, ५ र ७ मा एमाले र माओवादीको बाम गठबन्धनको बहुमत छ । यस हिसाबले २ नम्बर प्रदेशमा मधेसवादीको र बाँकी ६ वटा प्रदेशमा वाम गठबन्धनको सरकार बन्ने पक्का छ ।

एमाले र माओवादी तथा राजपा र फोरम सिट बाँडफाँडमा जुटेका छन् । मुख्यमन्त्री र सभामुख पदमा बाँडफाँड मिलाउन दुवै गठबन्धनले केही दिनदेखि नै गृहकार्य थालेका छन् ।
कुन प्रदेशमा कसको सरकार

  • प्रदेश नं १ मा एमालेका ५१ जना सांसद छन् । कांग्रेसका २१, माओवादीका १५, संघीय समाजवादी फोरमका ३, राप्रपाका १ र स्वतन्त्र १ सांसद १ नम्बर प्रदेशमा  छन् । यो प्रदेशमा एमालेले मुख्य मन्त्री पाउनेगरी माओवादीसँग छलफल भैरहेको छ । एमालेका शेरधन राई प्रदेश नं। १ को मुख्यमन्त्री बन्ने सम्भावना बलियो छ ।
  • प्रदेश नंं २ मा संघीय समाजवादी फोरमका २९, राजपाका २५, एमालेका २१, कांग्रेसका १९, माओवादी ११ सांसद छन् । यहाँ मधेसवादी दल मिलेर सरकार बनाउने निश्चित छ । संघीय समाजवादी फोरमलाई मुख्यमन्त्री दिनेगरी राजपा र फोरमबीच छलफल चलिरहेको छ ।
  • प्रदेश नं ३ मा एमालेका ५८, माओवादीका २३, कांग्रेसका २१, विवेकशील साझाका ३, नेमकिपाका २ तथा राप्रपा, राप्रपा प्रजातान्त्रिक र नयाँ शक्तिका एकएक सांसद छन् । यहाँ एमालेले मुख्य मन्त्री पाउने सम्भावना छ । एमालेबाट मुख्यमन्त्रीको लागि अष्टलक्ष्मी शाक्य, राजेन्द्र पाण्डे, केशव स्थापितको नाम चर्चामा छ । तर शाक्यको सम्भावना बलियो देखिन्छ ।
  • प्रदेश नं४ मा एमालेका २७, कांग्रेसका १५, माओवादीका १२, राष्ट्रिय जनमोर्चाका ३, नयाँ शक्तिका २ र स्वतन्त्र १ सांसद छन् । यहाँ एमालेका पृथ्वी सुब्बा गुरुङ र किरण गुरुङमध्ये एक मुख्यमन्त्री हुनेछन् । दुवैले दावी नछाडेपछि नाम टुंगो लगाउन एमालेलाई समस्या भएको छ ।
  • प्रदेश नं ५ मा एमालेका ४१, माओवादीका २०, कांग्रेसका १९, संघीय समाजवादी फोरमका ५ तथा राजपा र राष्ट्रिय जनमोर्चाका एकएक सांसद छन् । यहाँ एमालेका शंकर पोख्रेल मुख्य मन्त्री बन्ने पक्का भैसकेको छ । उहाँलाई एमालेले प्रदेश संसदीय दलको नेतामा चयन गरिसकेको छ ।
  • प्रदेश नं ६ मा एमालेका २०, माओवादीका १३, कांग्रेसका ६ र राप्रपाका १ सांसद छन् । यहाँ एमालेका प्रकाश ज्वाला र यामलाल कँडेलले मुख्यमन्त्रीको दावी गरेपनि बाँडफाँड मिलाउँदा माओवादीले पाउने सम्भावना धेरै छ ।
  • प्रदेश नं ७ मा एमालेका २५, माओवादीका १४, कांग्रेसका १२ र राजपाका २ जना सांसद छन् । यो प्रदेशमा एमालेले माओवादीलाई मुख्यमन्त्री छोड्ने लगभग पक्काजस्तै छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

एमालेले भन्यो– बजेट गैरजिम्मेवार र हावादारी

सामाजिक सञ्जालबाट उदाएका शक्ति छिट्टै सकिन्छन् : वर्षमान पुन

सम्बन्धित

छानबिन समितिले लियो सुधन गुरुङको बयान, आज पनि जारी

मधेश सरकार विस्तारमा ढिलाइ, शपथ नै नलिई फर्किए एमालेका प्रस्तावित मन्त्री

होल्डिङ सेन्टरका सुकुम्बासीहरू मानसिक तनावमा छन्, राज्य गम्भीर बनोस् सांसदहरू

४० दिनमा विपदका घटनामा ७० जनाको मृत्यु

आईपीएल क्रिकेटमा हैदरावादले आरसीबीलाई हरायो

तीन मौसमी प्रणालीको असरः आजपनि देशका विभिन्न स्थानमा वर्षाको सम्भावना

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group