ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility

  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रदेश मुकाम नभएपछि ‘आर्थिक राजधानी’ बनाउन हौसिए चितवनवासी


एबीसी न्यूज
माघ ८, २०७४ सोमबार   १० : ११   बजे

रत्ननगर, चितवन, ८माघ ।  ‘चितवन आर्थिक गतिविधिको राजधानी हुने कुरामा भने कसैले रोक्न सक्दैन ।’ गएको पुस २१ गते भरतपुरमा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं चितवन क्षेत्र नं ३ का प्रतिनिधिसभा सदस्य पुष्पकमल दाहाल, ‘प्रचण्ड’ले यस्तो अभिव्यक्ति दिनुभएको थियो ।

आर्थिक राजधानी भएपछि अरु सबै राजधानी चितवनको तुलनामा पछि पर्ने दाहालको टिप्पणी थियो । केरुङ मार्ग, रेल मार्ग तथा विभिन्न महत्वपूर्ण विकासका योजनाहरु चितवन छोएरै जाने भएकाले पनि चितवन महत्वपूर्ण जिल्लामा दरिने विश्वास उहाँको थियो । दाहालको थप कथन थियो, ‘चितवन आर्थिक विकासको हब बन्नेवाला छ ।’

अहिले चितवन प्रदेश मुकाम तोकिएन । प्रदेश मुकाम नभएपनि चितवनलाई कुनै विस्मात छैन । चितवनका राजनीतिक दल, उद्योगी व्यवसायी तथा सर्वसधारण समेत यसमा सचेत छन् ।

जहाँ राजधानी भएपनि जनताको सेवा सर्वसुलभ हुनुपर्छ त्यही भए पुग्छ भन्ने चितवनवासीको धारणा छ । सिंहदरबारको अधिकार स्थानीय तहबाटै प्राप्त हुन्छ । त्यसका लागि मुकामको बाटो ताक्नु पर्दैन । चितवन क्षेत्र नं २ को प्रतिनिधिसभा सदस्य तथा अधिवक्ता कृष्णभक्त पोखरेल चितवन प्रदेश राजधानी हुने अथाह सम्भावना भएको जिल्ला हो भन्नुहुन्छ ।

मुकाम बन्दैमा विकास हुन्छ भन्नु भ्रम हो । पोखरेल भन्नुहुन्छ, “अब चितवनलाई आर्थिक विकासको शहर भने बनाउन सकिन्छ, बनाइन्छ ।” विभिन्न जिल्लामा अहिले प्रदेश मुकाम नबनाइएको आक्रोशमा आन्दोलन चलिरहेको छ । कतिपय मुकाम भौगोलिक हिसाबले अमिल्दो पनि भएको होला । तर अहिलेको केन्द्र भने अस्थायी हो । स्थायी बनाउँदा फेरि मिलाउन सकिने आधार रहेको विज्ञहरु बताउँछन् ।

तर स्थायी तोक्दा हेटौँडाबाट सरेर भक्तपुर जाने पो हो कि भन्ने थप चिन्ता छ काँग्रेस चितवनका सचिव उत्तम जोशीको । त्यसैले कि चितवन सार्ने नभए हेटौँडा नै कायम गर्न पहल गर्नुपर्नेमा जोड दिंदै जोशी भन्नुहुन्छ, “चितवनलाई कृषि, औद्योगिक क्षेत्र र मेडिकल सिटीका रुपमा विकास गर्नुपर्छ ।”

मुकामको विषयमा अन्य जिल्ला आन्दोलित रहँदा अहिले चितवन भने शान्त छ । चितवनलाई लिएर विगतमा केन्द्रीय राजधानीको चर्चा पनि नचलेको होइन । प्रान्तीय राजधानी बन्न पूर्वाधार समेत चितवनमा पर्याप्त रहेको कतिपयको दाबी छ । भौगोलिक अवस्था पनि खोट लगाउन सकिने खालको छैन ।

सरकारले प्रदेश नं ३ को अस्थायी मुकाम मकवानपुरको हेटौँडा कायम गरेको छ । झिनो आलोचना सुनिए पनि अब चितवनलाई आर्थिक राजधानी बनाउनुपर्नेमा अधिकाँशको मतैक्यता छ ।

उद्योग वाणिज्य संघ चितवनका नवनिवार्चित अध्यक्ष सहनलाल प्रधान भौगोलिक हिसाबले अमिल्दो भएको भए पनि हेटौँडा मुकामलाई विरोध जनाउनुभन्दा त्यसैबाट सेवा लिँदै चितवनलाई आर्थिक केन्द्रका रुपमा विकास गर्नुपर्नेमा जोड दिनुहुन्छ ।

हुन त यहाँ आर्थिक गतिविधिले तीव्रता पाउन थालेको लामो समय भैसकेको छ । यहाँ अन्तर्रा्ष्ट्रिय स्तरको प्रदर्शनी केन्द्र निर्माण तीव्र छ । शक्तिखोर औद्योगिक क्षेत्र बन्ने क्रममा छ ।

नेपालको एक मात्रै आत्मनिर्भर व्यवसाय कुखुराको राजधानी चितवन नै भैसकेको छ । दूध, माछा, केरा, खाद्यान्न र पर्यटनका हिसाबले पनि अब्बल छ चितवन । चितवनमा उत्पादित खाद्यान्न तथा कृषिजन्य उत्पादन अधिक भएर अन्य जिल्लामा खपतका लागि पठाउनु परिरहेको छ ।

मेडिकल सिटीको रुपमा विकास भैरहेको चितवन राजधानीपछि कै महत्वपूर्ण मेडिकल सेवा दिनेमा पर्छ । नेपालको मध्यभागमा पर्ने भएकाले पनि चितवनको छुट्टै विशेषता छ । नेपालकै तेस्रो पर्यटकीय गन्तव्य चितवनका हरेक क्षेत्र पर्यटकीय सम्भावनायुक्त भएकाले पर्यटन र कृषिको विकास गरी नमूना शहर बनाउन सकिने क्षेत्रीय होटल संघ चितवनका महासचिव राममणि खनालको प्रतिक्रिया छ ।

चितवनलाई ७८औँ जिल्लाको रुपमा हेरिन्छ । हरेक क्षेत्रका मानिसहरुको यहाँ बसोबास छ । नारायणगढ व्यापारिक केन्द्रको रुपमा परिचित छ ।

शनिवार मात्रै राष्ट्रिय योजना आयोगको सार्वजनिक निजी साझेदारी सम्बन्धी एक गोष्ठीमा आयोगका सदस्य डा सुनिलबाबु श्रेष्ठले चितवनमा आर्थिक विकासको अथाह सम्भावना भएको उल्लेख गर्दै गर्न सके १० वर्षमा यो उत्कृष्ट शहर बन्ने बताउनुभयो । उहाँको जोड विकासका लागि सार्वजनिक निजी साझेदारीमा थियो

चितवनबाट हेटौँडा पनि धेरै टाढा छैन । विगतका अञ्चल र क्षेत्रीय कार्यालयहरु हेटौँडा मै छन् । चितवनबाट ७५ किलोमिटर दूरीमा रहेकाले जान करिब १ देखि १ः३० घण्टा मात्रै लाग्छ । त्यसैले पनि राजधानीको सेवा लिन चितवनवासीलाई गाह्रो छैन ।

विगतमै चितवन विकासको गुरुयोजनासमेत निर्माण भैसकेकाले पनि यसलाई ध्यान दिएर विकासका खाका तीव्रत्तर रुपमा अघि बढाउनु जरुरी भएको ठान्नुहुन्छ, तत्कालीन गुरुयोजना निर्माण समितिका संयोजक तथा हाल चितवन २ का प्रदेशसभा सदस्य विजय सुवेदी ।
(रासस) ः

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

एमालेले भन्यो– बजेट गैरजिम्मेवार र हावादारी

सामाजिक सञ्जालबाट उदाएका शक्ति छिट्टै सकिन्छन् : वर्षमान पुन

सम्बन्धित

छानबिन समितिले लियो सुधन गुरुङको बयान, आज पनि जारी

मधेश सरकार विस्तारमा ढिलाइ, शपथ नै नलिई फर्किए एमालेका प्रस्तावित मन्त्री

होल्डिङ सेन्टरका सुकुम्बासीहरू मानसिक तनावमा छन्, राज्य गम्भीर बनोस् सांसदहरू

४० दिनमा विपदका घटनामा ७० जनाको मृत्यु

आईपीएल क्रिकेटमा हैदरावादले आरसीबीलाई हरायो

तीन मौसमी प्रणालीको असरः आजपनि देशका विभिन्न स्थानमा वर्षाको सम्भावना

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group