ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेपाली महिला फुटबल टिमका मुख्य प्रशिक्षक थापाले गरे राजीनामा घोषणा


एबीसी / संवाददाता
आश्विन ३, २०७९ सोमबार  ९ : ०७ बजे

काठमाडौँ, ३ असोज । नेपाली महिला फुटबल टोलीका मुख्य प्रशिक्षक कुमार थापाले पदबाट राजीनामा दिने घोषणा गर्नुभएको छ । महिला साफ च्याम्पियनसिपको फाइनलमा बंगलादेशसँग ३–१ ले पराजित भएपछि मुख्य प्रशिक्षक थापाले राजीनामा दिने घोषणा गर्नुभएको हो ।

खेलपछि भएको पोस्टम्याच कन्फरेन्समा थापाले भन्नुभयो –मैले नेपाली महिला फुटबल टिमको मुख्य प्रशिक्षकबाट राजीनामा दिने घोषणा गर्दछु । यदि कसैले सफलता प्राप्त गर्दैन भने त्यसमा बसिरहन उपयुक्त हुँदैन ।

नेपाली टिमका मुख्य प्रशिक्षक कुमार थापा ६ वर्षपछि टिम सम्हाल्न फर्किनुभएका थियो । यसअघि सन् २०१६ मा भारतको सिलिगुडीमा भएको साफमा नेपाल फाइनलसम्म पनि पुग्न सकेको थिएन । त्यतिबेला पनि थापा नै मुख्य प्रशिक्षकको जिम्मेवारीमा हुनुहुन्थ्यो । दर्शकले भरिएको दशरथ रंगशालामा भएको रोमाञ्जक खेल जितेर बंगलादेश नयाँ च्याम्पियन भएको छ । बंगलादेशले साफ वुमेन्स च्याम्पियनसिप जितेको यो पहिलो पल्ट हो । नेपाल भने पाँचौं पल्ट फाइनलमा पराजित रह्यो । महिला फुटबलमा नेपाल दशरथ रंगशालामा पराजित भएको यो पहिलो पल्ट हो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

अमेरिकाको रोड आइल्यान्डमा चक्कु प्रहार गरी सैलुनभित्रै नेपाली महिलाको निर्मम हत्या

अमेरिकाले रुसी तेल ट्यांकरलाई क्युबा पुग्न दिने : नाकाबन्दी तोडियो

सम्बन्धित

जहाजको बाथरुममा, भ्यानभित्र, बाथटबमा — ५ किलोमिटर दौड्ने नयाँ पागल ट्रेन्ड

अमेरिकाको रोड आइल्यान्डमा चक्कु प्रहार गरी सैलुनभित्रै नेपाली महिलाको निर्मम हत्या

अमेरिकाले रुसी तेल ट्यांकरलाई क्युबा पुग्न दिने : नाकाबन्दी तोडियो

आईपीएल क्रिकेटमा मुम्बईको विजयी शुरुवात : कोलकाता ६ विकेटले पराजित

एमाले लुम्बिनी प्रदेश सांसद रेखा शर्मा पक्राउ

बच्चाहरू बचाउने नाममा अभिव्यक्ति स्वतन्त्रता मार्ने खतरा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com