ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

१२ कक्षा पढेकी कविताको भाग्य चम्कियो, बनिन् करोडपति


एबीसी / संवाददाता
आश्विन ३, २०७९ सोमबार  १ : ३४ बजे

काठमाडौं, ३ असोज ।  भारतको कोल्हापुरकी ४५ वर्षीया कविता चावला भारतीय टेलिभिजनको शो ‘कौन बनेगा करोडपति’ को १४ औँ सिजनको पहिलो करोडपति बनेकी छिन् ।

सन् २००० मा कौन बनेगा करोडपतिको सुरुवात भएदेखि नै कविता चावला यो शोमा भाग लिने कोसिस गरिरहेकी थिइन् र अन्ततः २१ वर्ष, १० महिनापछि उनले अमिताभ बच्चनको अगाडि हट सिटमा बस्ने मौका पाइन् ।

कविता चावलाले बीबीसी हिन्दीसँग कुरा गर्दै भनिन्, ‘धेरै मिहिनेत र प्रयासपछि मेरो सपना साकार भएको छ । धेरैजना पुगिसक्नुभयो, म कहिले पुग्ने होला भन्ने मात्रै दिमागमा आउँथ्यो । म अहिलेसम्म घरमा नै बसिरेहकी छु, मेरो नम्बर कहिले आउँछ भन्ने कुराले सताइरहन्थ्यो । कार्यक्रममा आउने धेरैजसो मानिसको कहानी थाहा पाउँदा म पनि भावुक हुने गर्दथेँ । उनीहरु शोमा बसेर रुन्थे र म घरमा बसेर रुन्थेँ । हरेक वर्ष कोसिस गरेँ तर सधैँ निराशा मात्रै पाउँथे ।’

कविताले २०२१ मा फास्टेस्ट फिंगर फर्स्ट राउण्डमा पुग्ने मौका पाइन् तर त्योभन्दा अगाडि बढ्न सकिनन् । तैपनि उनले हिम्मत हारिनन् र मेहनत गरिरहिन् । उनका अनुसार अमिताभ बच्चनले उनलाई प्रयास गरिरहन प्रेरित गरेका थिए ।

१२ सम्म पढिन् तर सिक्न कहिल्यै छोडिनन्

आफ्नो स्कुलको पढाइको कुरा गर्दै उनले भनिन्, ‘मैले १० कक्षा पास गर्दा, हाम्रो ठाउँमा छोरीले १० कक्षासम्म पढ्नु नै ठूलो कुरा थियो । तरपनि मलाई आमा–बुवाले मेरो इच्छा अनुसार १२ सम्म पढाउनुभयो ।’

‘परिस्थिति यस्तो थियो कि हामी चार छोराछोरी हुर्काउनका हाम्री आमाले सिलाईको काम गर्थिन् । उहाँलाई देखेर मैले पनि सिलाई सिकेँ र उहाँलाई सघाउने निधो गरेँ । पढाइ छाडेर त्यही काममा लागेँ । विवाह भयो, गृहिणी भएँ तर मैले आफ्नो ज्ञान वृद्धि गरिरहेँ ।’

कविताले अहिलेसम्म आफ्नो जित बारे श्रीमान् र छोरालाई मात्र बताएकी छिन्, बाँकी परिवारलाई भने थाहा छैन । उनी आफ्नो परिवार र आफन्तले टिभीमा जितेको हेर्न चाहन्छिन् ।

केबीसीको तयारी कसरी गरिन् ?

‘कौन बनेगा करोडपति’ मा कुन प्रश्न सबैभन्दा गाह्रो थियो भन्ने प्रश्नमा कविता भन्छिन्, ‘तीन लाख २० हजारभन्दा माथिका प्रश्न निकै गाह्रा हुन्छन् ।’

‘मैले केही त पढेकी थिएँ र धेरै सोचेर जवाफ दिएँ । म सुरुदेखि नै केबीसीलाई फलो गरिरहेकी थिएँ, त्यसैले यसको स्तर कति बढेको छ भनेर मलाई थाहा थियो । म त्यही अनुसार आफूलाई अपडेट गर्ने गर्थेँ ।’

यो पैसाले के गर्नेछिन् ?

१ करोड जितेर के गर्ने रु यस प्रश्नमा कविता भन्छिन्, ‘जितेपछि म त्यसको केही अंश २२ वर्षीय छोराको थप अध्ययनमा खर्च गर्नेछु ।’

उनी भन्छिन्, ‘म पूरा भारत घुम्न चाहन्छु । म मेघालय जान चाहन्छु, चेरी ब्लसम फेस्टिभल हेर्न चाहन्छु, जुन मैले अहिलेसम्म टिभीमा मात्र हेरेकी छु ।’

पतिको सपना पूरा गर्न केबीसी पुगेकी मोहिता बनिन् करोडपति

कविताले अहिलेसम्म श्रीमान् र सन्तानको हेरचाहमा जीवन बिताएको बताइन् ।

उनी भन्छिन्, ‘सरकारी जागिरभन्दा गृहिणीको काम ठूलो हुन्छ । गृहिणी हुनु भनेको बहुमुखी काम गर्नु हो। श्रीमान्, छोराछोरी हेरचाह गर्ने, सासु–ससुरा र घरका अन्य व्यक्तिहरूप्रति जिम्मेवारी हुन्छ । यसका साथै, बजारमा जानु आवश्यक सामानहरु किनेर ल्याउनु, सबै काम गृहिणीकै काँधमा हुन्छ ।’

‘यो कुरा एउटी गृहिणीले मात्र बुझ्न सक्छिन् । एक गृहिणीलाई कम नसोच्नुहोस् । गृहिणी भनेको के हो भनेर बुझ्नु पर्दैन रु यी सबैको बावजुद जब मैले तयारी गरिरहेँ, अमिताभ जीले पनि मेरो धेरै प्रशंसा गर्नुभयो । आमा र गृहिणी भएर उनले मलाई ज्ञानको शक्तिको उपाधि दिनुभयो ।’

पहिला डिग्री नभएकोमा अफसोस थियो, अहिले छैन

कविता भन्छिन्, ‘पहिला हाम्रो सामाजका कारण मैले पनि यही सोचेँ कि मैले १२ कक्षासम्म मात्रै पढेकी छु । मसँग कुनै डिग्री छैन, मैले अब के नै गर्न सक्छु ?’

कविता भन्छिन्, ‘कौन बनेगा करोडपति शो हेरेपछि मेरो सोच फेरियो । मैले सोचेँ कि कुनै डिग्री नभए त के म आफ्नो ज्ञानले पैसा कमाउनेछु ।’

कविता भन्छिन्, ‘ मिहिनेत गरेर करोडपति भएँ भने मैले पाउने सबैभन्दा ठूलो डिग्री यही हो – करोडपति कविता । म सधैँ यही सोचसहित अघि बढेँ । त्यसपछि मलाई कुनै डिग्री चाहिँदैन भन्ने लाग्थ्यो । अब मलाई साँच्चै अरू कुनै डिग्री चाहिन्छ जस्तो लाग्दैन ।’

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

रातो मत्स्येन्द्रनाथको रथ मंगलबजार पुर्‍याइयो, आज सुन्धारा लगिँदै

‘सम्पत्ति खोज्ने आयोग, खोजिने सत्य कति गहिरो?’ — एक वर्षे म्यादसहित सुरु भयो उच्चस्तरीय छानबिन !

सम्बन्धित

नयाँ व्यापार व्यवस्था कस्तो ? : एक विस्तृत रुपरेखा

सुकुमवासी बस्ती हटाउने बालेनको ‘अपरिपक्वता’ र रास्वपाको ‘राजनीतिक बेइमानी’– रक्षा बम

महान्यायाधीवक्ता कँडेलविरुद्धको रिटमा आज पेसी

आक्रामक शैली, छोटो कार्यकाल : विवादपछि गृहमन्त्री सुधन गुरुङको बहिर्गमन

‘सम्पत्ति खोज्ने आयोग, खोजिने सत्य कति गहिरो?’ — एक वर्षे म्यादसहित सुरु भयो उच्चस्तरीय छानबिन !

‘यो के गरेको ?’ — आफ्नै लागि कानून लेख्दै संसद, भ्रष्टाचारमा ‘छुट’ दिने तयारी !

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com