बुटवल, ७ माघ । प्रदेशसभा अन्तर्गत प्रदेश नम्बर ५ का सभासदहरुले आज जनताका नाममा सपथ लिएकाछन् । उनीहरुले बुटवल स्थित उद्योग बाणिज्य संघको सभा कक्षमा आयोजित प्रदेससभा बैठकमा सपथ लिएका हुन् ।
सपथ ग्रहण समारोहमा प्रदेश प्रमुख उमाकान्त झाले प्रदेशसभाका जेष्ठ सदस्य बलदेव शर्मा पोखरेललाई सपथ गराउनुभएको थियो भने जेष्ठ सदस्य पोखरेलले सभासदहरुलाई सपथ गराउनुभएको थियो । प्रदेश नम्बर ५ का १२ जिल्लाका ८७ जना सभासदले सपथ लिएका थियो । प्रदेश नम्बर ५ मा प्रत्यक्ष तर्फ ५२ र समानुपातीक तर्फ ३५ सभासद छन् ।
सपथ ग्रहण कार्यक्रममा प्रतिनिधी सभा रुपन्देहीका सदस्य तथा एमाले उप माहासचिव बिष्णु पौडेल, नेपाली कांग्रेसका नेता बालकृष्ण खांड लगायतको उपस्थिती रहेको थियो ।
सपथ लगत्तै एबीसी न्युज संग प्रतिक्रिया ब्यक्त गर्दै एमाले सचिव शंकर पोखरेलले ५ नम्बर प्रदेशलाई समृद्ध बनाउनु नै आफ्नो लक्ष रहेको बताए ।
नेपाली कांग्रेसका नेता बालकृष्ण खांडले आपसि भाईचारा र मेलमिलाप कायम गर्दै शान्ति र समृद्धीको बाटोमा अगाडी बढाउन प्रदेशसभा सक्षम हुने बिश्वास ब्यक्त गरे ।
सपथमा सहभागि सभासदहरुले सभास्थलमा राष्ट्रिय झण्डा नराखिएको, मातृभाषामा सपथ खाने ब्यवस्था नगरिएको र कार्यक्रम भद्रगोल बनाईएको भन्दै दुःख ब्यक्त गरेका थिए । बर्दियाका प्रदेशसभा सदस्य तिलकराम शर्माले राष्ट्रिय झण्डा बिनाको सपथ खानु पर्दा दुःख लागेको बताए भने बांकेका सांसद बिजय यादवले आफुले अवधि भाषामा सपथ खान माग गर्दा ब्यवस्था नगरिएको गुनासो गरेका थिए ।
सपथ ग्रहणमा सभासदहरुले सार्वजानीक फोटो सेसन समेत गरेका थिए । सपथग्रहण पुर्व प्रदेश नम्बर ५ का प्रमुख उमाकान्त झाले बुटवल स्थित रुपन्देही ब्यापार संघको भवनमा स्थापना गरिएको प्रदेश सचिवालयमा पदभार ग्रहण गर्नुभएको थियो ।
उता एमाले प्रदेश संसदियदलको बैठकले सर्बसम्मत रुपमा एमाले सचिव शंकर पोखरेललाई संसदिय दलको नेता चयन गरेको छ । एमाले प्रदेश मुख्यालय सुख्खानगरमा बसेको संसदिय दलले पाखरेललाई दलको नेता चुनेको हो । माओबादी केन्द्रको पनि आजै बुटवलमा संसदिय दलको बैठक बसेको थियो । प्रदेश सरकार प्रमुखमा यस अघि नै शंकर पोखरेलको सहमती भएका कारण माओबादीले संसदिय दलको नेता भने चुनेनन् ।
प्रतिक्रिया दिनुहोस्