ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

काठमाडौं महानगरपालिकाबिरुद्ध प्रदर्शन (भिडियोसहित)


एबीसी / संवाददाता
भाद्र ३१, २०७९ शुक्रबार  १२ : २९ बजे

कुनै विकल्प नदिई पूर्वसूचना बिना आफूहरूलाई हटाएर महानगरले दमन गरेको भन्दै व्यवसायीहरुले प्रदर्शन गरेका छन् । काठमाडौंका फुटपाथ व्यवसायीले बिहीबार काठमाडौं महानगरपालिकाको प्रवेशद्वारअघि विरोध प्रदर्शन गरेका हुन । अनधिकृत संरचना हटाउने अभियानअन्तर्गत विकल्प नदिई फुटपाथमा व्यवसाय गर्नेहरूलाई बेरोजगार बनाएको भन्दै उनीहरूले संघर्ष थालेका छन् ।

काठमाडौं महानगरपालिकाले मापदण्ड विपरित बनाइएका संरचना हटाउने अभियानलाई निरन्तरता दिइरहेको छ । मेयर बालेन्द्र शाहले सुरु गरेको पार्किङ तथा फुटपाथ मिचेर बनाइएका संरचना हटाउने अभियानमा मिश्रित धारणा आइरहेका छन् । कतिपयले यो कार्य प्रशंसनीय रहेको भन्दै प्रशंसा गरेका छन् भने कतिपयले विरोध जनाएका छन् । बिहीवार फुटपाथ व्यवसायीहरूले काठमाडौं महानगरपालिकाको कार्यालय घेराउ र बिरोध गर्दै महानगरपालिकालाई ज्ञापन पत्र बुझाए । आफुहरुले दैनिक ३ घण्टा फुटपाथमा व्यापार गर्न पाउनु पर्ने र दशैको मुखमा रोजीरोटी खोसिएको भन्दै व्यवासायीहरुले विभिन्न माग राख्दै आन्दोलिन बनेका हुन । आन्दोलित व्यवसायीहरुको ज्ञापनपत्र बुझ्दै महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत वसन्त अधिकारीले मेयर साह आफ्नो अभियानमा भएको र फुटपाथ व्यवसायीहरूको मागलाई जस्ताको त्यस्तै मेयर साहलाई बुझाउने तर आफुले यो विषयमा नबोल्ने बताउछन् ।

कुनै विकल्प नदिई पूर्वसूचना बिना आफूहरूलाई हटाएर महानगरले दमन गरेको भन्दै व्यवसायीहरुले प्रदर्शन गरेका हुन । काठमाडौं महानगरपालिकाले विधि र कानूनी प्रक्रिया विपरित निर्माण भएका संरचना हटाउने अभियान सञ्चालन अन्र्तगत फुटपाथको व्यापार हटाउने कार्य ठिक नभएको बताउछन् नेपाल स्वरोजगार व्यापार श्रमिक संघका उपाध्यक्ष सनत ढकाल । यस्तै नेपाल स्वरोजगार व्यापार श्रमिक संघ वागमती प्रदेश कमिटी अध्यक्ष माया गुरुङले तीन दिन अगाडिदेखि समय माग गर्दा समेत मेयर साहले समय नदिएको गुनासो गरिन ।

१४ वर्षदेखि सुन्धाराको फुटपाथमा व्यापार गर्ने रमा महत सहित महानगरको गेटमा धर्ना दिन पुगेका व्यवासायीले आफुहरुले दिनको ३ घण्टा व्यापार गर्न पाउनुपर्ने बताउछन् । केही व्यवसायीहरूले विरोध जनाइए पनि महानगरपालिकाको यो अभियानलाई धेरै व्यवसायीहरुले साथ पनि दिइरहेका छन् । संघीय राजधानी काठमाडौंका अधिकांश क्षेत्रमा नागरिकले पार्किङ गर्ने ठाउ नपाएर हैरानी भोग्नु परेको एक दशकभन्दा बढी भइसकेकोले यो समस्या अहिलेको मात्र नभएको उनीहरु बताउँछन् ।

विगतमा अन्य राजनीतिक दलका जनप्रतिनिधि हु“दा पनि यो समस्या यथावत थियो । तर दलका निर्वाचित जनप्रतिनिधिले मतदाता भड्केलान् भन्ने डरले यस गलत कार्यविरुद्ध आवाज उठाउन नसकेको भन्दै मेयर बालेनको अभियानप्रति यातायात व्यवसायीहरुले पनि समर्थन जनाएका छन् । तत्काललाई केहीलाई यसले असर गरे जस्तो देखिए पनि यो काम महानगरवासीकै हितका लागि भएको उनीहरुले बताएका छन् । महानगरका मेयर शाहको यो कार्यले राजधानीमा हुने पार्किङको चापलाई सहयोग पुग्ने देखिन्छ । मेयर शाहले नागरिक स्तरबाट सहयोग र समर्थन प्राप्त गरेका छन् भने केही राजनितिक पार्टीका केहि नेता र व्यापारीहरुले भने विरोध जनाइराखेका छन् । यद्यपि नीति नियम अहिले बनेको नभइ पहिल्यै बनेकोले भएपनि त्यसलाई सही तरिकाले कार्यान्वयन नगर्दाको अवस्था अहिलेको परिणाम आएको हो ।

 

 

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

‘सम्पत्ति खोज्ने आयोग, खोजिने सत्य कति गहिरो?’ — एक वर्षे म्यादसहित सुरु भयो उच्चस्तरीय छानबिन !

‘यो के गरेको ?’ — आफ्नै लागि कानून लेख्दै संसद, भ्रष्टाचारमा ‘छुट’ दिने तयारी !

सम्बन्धित

‘सम्पत्ति खोज्ने आयोग, खोजिने सत्य कति गहिरो?’ — एक वर्षे म्यादसहित सुरु भयो उच्चस्तरीय छानबिन !

‘यो के गरेको ?’ — आफ्नै लागि कानून लेख्दै संसद, भ्रष्टाचारमा ‘छुट’ दिने तयारी !

प्रधानमन्त्रीको सुरक्षाप्रखुखलाई आदेश ‘आउँदो शनिबार र आइतबार अतिक्रमित सुकुम्बासी बस्ती खाली गर्नू’

गृहमन्त्रीको राजीनामावारे भारतीय मिडिया : ‘बालेन सरकारलाई अर्को झट्का’

सुधनको राजीनामाप्रति प्रचण्ड– जे गर्नुभयो, राम्रो गर्नुभयो

विवादित भूमिका : सरकार बनेको २६ दिनमै गयो २ मन्त्रीको पद

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com