ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

काठमाडौं महानगरपालिकाबिरुद्ध प्रदर्शन (भिडियोसहित)


एबीसी / संवाददाता

कुनै विकल्प नदिई पूर्वसूचना बिना आफूहरूलाई हटाएर महानगरले दमन गरेको भन्दै व्यवसायीहरुले प्रदर्शन गरेका छन् । काठमाडौंका फुटपाथ व्यवसायीले बिहीबार काठमाडौं महानगरपालिकाको प्रवेशद्वारअघि विरोध प्रदर्शन गरेका हुन । अनधिकृत संरचना हटाउने अभियानअन्तर्गत विकल्प नदिई फुटपाथमा व्यवसाय गर्नेहरूलाई बेरोजगार बनाएको भन्दै उनीहरूले संघर्ष थालेका छन् ।

काठमाडौं महानगरपालिकाले मापदण्ड विपरित बनाइएका संरचना हटाउने अभियानलाई निरन्तरता दिइरहेको छ । मेयर बालेन्द्र शाहले सुरु गरेको पार्किङ तथा फुटपाथ मिचेर बनाइएका संरचना हटाउने अभियानमा मिश्रित धारणा आइरहेका छन् । कतिपयले यो कार्य प्रशंसनीय रहेको भन्दै प्रशंसा गरेका छन् भने कतिपयले विरोध जनाएका छन् । बिहीवार फुटपाथ व्यवसायीहरूले काठमाडौं महानगरपालिकाको कार्यालय घेराउ र बिरोध गर्दै महानगरपालिकालाई ज्ञापन पत्र बुझाए । आफुहरुले दैनिक ३ घण्टा फुटपाथमा व्यापार गर्न पाउनु पर्ने र दशैको मुखमा रोजीरोटी खोसिएको भन्दै व्यवासायीहरुले विभिन्न माग राख्दै आन्दोलिन बनेका हुन । आन्दोलित व्यवसायीहरुको ज्ञापनपत्र बुझ्दै महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत वसन्त अधिकारीले मेयर साह आफ्नो अभियानमा भएको र फुटपाथ व्यवसायीहरूको मागलाई जस्ताको त्यस्तै मेयर साहलाई बुझाउने तर आफुले यो विषयमा नबोल्ने बताउछन् ।

कुनै विकल्प नदिई पूर्वसूचना बिना आफूहरूलाई हटाएर महानगरले दमन गरेको भन्दै व्यवसायीहरुले प्रदर्शन गरेका हुन । काठमाडौं महानगरपालिकाले विधि र कानूनी प्रक्रिया विपरित निर्माण भएका संरचना हटाउने अभियान सञ्चालन अन्र्तगत फुटपाथको व्यापार हटाउने कार्य ठिक नभएको बताउछन् नेपाल स्वरोजगार व्यापार श्रमिक संघका उपाध्यक्ष सनत ढकाल । यस्तै नेपाल स्वरोजगार व्यापार श्रमिक संघ वागमती प्रदेश कमिटी अध्यक्ष माया गुरुङले तीन दिन अगाडिदेखि समय माग गर्दा समेत मेयर साहले समय नदिएको गुनासो गरिन ।

१४ वर्षदेखि सुन्धाराको फुटपाथमा व्यापार गर्ने रमा महत सहित महानगरको गेटमा धर्ना दिन पुगेका व्यवासायीले आफुहरुले दिनको ३ घण्टा व्यापार गर्न पाउनुपर्ने बताउछन् । केही व्यवसायीहरूले विरोध जनाइए पनि महानगरपालिकाको यो अभियानलाई धेरै व्यवसायीहरुले साथ पनि दिइरहेका छन् । संघीय राजधानी काठमाडौंका अधिकांश क्षेत्रमा नागरिकले पार्किङ गर्ने ठाउ नपाएर हैरानी भोग्नु परेको एक दशकभन्दा बढी भइसकेकोले यो समस्या अहिलेको मात्र नभएको उनीहरु बताउँछन् ।

विगतमा अन्य राजनीतिक दलका जनप्रतिनिधि हु“दा पनि यो समस्या यथावत थियो । तर दलका निर्वाचित जनप्रतिनिधिले मतदाता भड्केलान् भन्ने डरले यस गलत कार्यविरुद्ध आवाज उठाउन नसकेको भन्दै मेयर बालेनको अभियानप्रति यातायात व्यवसायीहरुले पनि समर्थन जनाएका छन् । तत्काललाई केहीलाई यसले असर गरे जस्तो देखिए पनि यो काम महानगरवासीकै हितका लागि भएको उनीहरुले बताएका छन् । महानगरका मेयर शाहको यो कार्यले राजधानीमा हुने पार्किङको चापलाई सहयोग पुग्ने देखिन्छ । मेयर शाहले नागरिक स्तरबाट सहयोग र समर्थन प्राप्त गरेका छन् भने केही राजनितिक पार्टीका केहि नेता र व्यापारीहरुले भने विरोध जनाइराखेका छन् । यद्यपि नीति नियम अहिले बनेको नभइ पहिल्यै बनेकोले भएपनि त्यसलाई सही तरिकाले कार्यान्वयन नगर्दाको अवस्था अहिलेको परिणाम आएको हो ।

 

 

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

गृह मन्त्रालयबाट निस्किँदै रविले पत्रकारलाई भने– म अनागरिकलाई के प्रश्न सोध्नुहुन्छ, फैसला सम्मान गर्छु

  काठमाडौं १३ माघ । सर्वोच्च अदालतले सांसद पद बदर गरिदिएका रवि लामिछाने गृह मन्त्रालयबाट बाहिरिएका छन्। शुक्रबार साँझ मन्त्रालयबाट बाहिरिने क्रममा पत्रकारहरूले उनलाई सर्वोच्चको

झुठ लोकप्रियतावादको अवसान, लामिछानेको ३२ दिनमै उपप्रधान सहित पार्टी सभापति पद गयो, फोजदारी अभियोग लाग्ने निश्चत

  काठमाडौँ १३ माघ । सर्वोच्च अदालतको संवैधानिक इजलासले स्तो लोकप्रियताबाद र राजनीतिक दलहरुप्रतिको आक्रोशबाट उदाउन नपाउंदै उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको नागरिकता कायम नरहेको

रवि लामिछानेको सांसद पद खारेज (फैसलाको पूर्णपाठ)

काठमाडौं, १३ माघ सर्वोच्च अदालतले गृहमन्त्री रवि लामिछानेको सांसद पद खारेज गरेको छ । यससँगै उनको उपप्रधान तथा गृहमन्त्री पद पनि गुमेको छ । ४

सम्बन्धित

गृह मन्त्रालयबाट निस्किँदै रविले पत्रकारलाई भने– म अनागरिकलाई के प्रश्न सोध्नुहुन्छ, फैसला सम्मान गर्छु

झुठ लोकप्रियतावादको अवसान, लामिछानेको ३२ दिनमै उपप्रधान सहित पार्टी सभापति पद गयो, फोजदारी अभियोग लाग्ने निश्चत

रवि लामिछानेको सांसद पद खारेज (फैसलाको पूर्णपाठ)

रवि लामिछानेको सांसद पद खारेज

राष्ट्रपतिमा राष्ट्रिय सहमति खोज्ने माओवादीको निर्णय

एक वर्षपछि राष्ट्रियसभाले उपाध्यक्ष पाउने, निर्वाचन मिति तोकियो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2023 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com
 

Loading Comments...