ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रधानमन्त्री देउवादेखि विभिन्न प्रभावशाली नेताहरु सुदूरपश्चिम प्रदेशबाट प्रतिस्प्रर्धा गर्दै : कसको अवस्था के (भिडियोसहित)


एबीसी / संवाददाता

काठमाडौं, २३ भदौं । सुदूरपश्चिम प्रदेशमा प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवादेखि विभिन्न प्रभावशाली नेताहरु निर्वाचनमा प्रतिस्प्रर्धा गदै छन् । उद्योग वाणिज्य तथा आपूर्ती मन्त्री दिलेन्द्र प्रसाद बडू, पूर्वमन्त्रीहरु बिना मगर, प्रेम बहादुर आले लगायतका नेताहरु यही प्रदेशबाट प्रतिनिधित्व गर्छन् । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका प्रभावशाली नेता डा. भीम रावलदेखि निरा देवी जैरु, कांग्रेसका युवा नेता प्रकाश रसाइली स्नेही लगायतका नेताहरुको चुनावी सक्रियता बढेको छ ।

प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा डडेलधुराबाट संघीय निर्वाचनका लागि एकल उम्मेदवार हुन् । एक मात्र निर्वाचन क्षेत्र रहेको डडेलधुरामा देउवाले २०४८ सालदेखि लगातार चुनाव जित्दै आएका छन् । देउवा पत्नी डा. आरजु राणा संघीय निर्वाचनको समानुपातिक महिला सदस्यमा सिफारिस भएका छन् ।

राणा कैलाली क्षेत्र नम्बर ५ बाट सिफारिस भएकी हुन् । डडेलधुराबाट प्रतिनिधिसभामा हाल प्रधानमन्त्री देउवा र नेकपा एकीकृत समाजवादीका निरादेवी जैरु प्रत्यक्ष सांसद छन् । डडेलधुरामा सत्ता गठबन्धनबीच चुनावी तालमेल नगर्ने निर्णय भएको छ । प्रधानमन्त्री देउवाले अहिलेको पाँच दलीय सत्ता गठबन्धनको नेतृत्व गर्दै आएका छन् भने चुनाव र आगामी सरकार निर्माणसम्म गठबन्धनलाई सँगै लानुपर्ने रणनीतिमा छन् ।

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले निर्विवाद उम्मेदवार सिफारिस गर्दै आएको छ । सुदूरपश्चिम प्रदेश अन्तर्गत एमालेले कैलाली ४ मा लेखराज भट्ट, कैलाली ५ मा नारदमुनि राना, अछाम १ बाट डा. भीम रावल प्रतिनिधिसभा सदस्यतर्फ सिफारिस गरेको छ । एमाले केन्द्री कमिटी सचिव तथा सुदूरपश्चिम ईन्चार्ज भट्ट २०७४ मा वाम गठबन्धनबाट चुनाव जितेका थिए । उनी त्यतिबेला माओवादी केन्द्रमा थिए । यसैगरी, अछाम २ बाट यज्ञ बोगटी, बैतडीबाट दामोदर भण्डारी, दार्चुलाबटा गणेशसिंह ठगुन्ना, डडेलधुराबाट पठानसिंह बोहोरा उम्मेदवार सिफारिस भएका छन् ।

२०७४ मा कञ्चनपुर क्षेत्र नम्बर १ मा नेकपा माओवादी केन्द्रकी बिना मगरले चुनाव जितेकी थिईन । मगरको क्षेत्रमा कांग्रेसले यो पटक संविधानसभा सदस्य दिवानसिंह विष्टलाई प्रतिनिधिसभा सदस्य उम्मेदवार बनाएको छ । २०७० मा विष्टले मगरलाई हराएका थिए भने २०७४ मा मगरले विष्टलाई पराजित गरेका थिए । यो पटक गठबन्धनको भागमा यो क्षेत्र माओवादीलाई छोड्नुपर्नेछ । यद्दपि, सत्तारुढ दलहरुले सबै क्षेत्रमा उम्मेदवार सिफारिस गरेका छन् । कांग्रेसले बझाङमा प्रत्यक्षतर्फ प्रकाश राइली स्नेहीसहित ८ र समानुपातितर्फ ११ जनाको नाम सिफारिस गरेको छ ।

बैतडीमा एमालेले हालका सांसद दामोदर भण्डारीलाई आगामी निर्वाचनमा प्रत्यक्ष उम्मेदवारकोरुपमा सिफारिस गरेको छ । प्रधानमन्त्री देउवादेखि विभिन्न दलका प्रभावशाली नेताहरु सुदूरपश्चिम प्रदेश अन्तर्गत चुनाव लड्दैछन् । यसपटक सत्ता गठबन्धनविरुद्ध नेकपा एमालेबीच मुख्य प्रतिस्पर्धा हुँदा एमाले भने कमजोर हुने आंकलन गरिएको छ । यद्दपि, राजनीतिक दल एवम् नेताहरु आ–आफ्नै दाबीसहित निर्वाचनमा होमिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com