ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

देउडा गायक जोशीको प्रश्न – कांग्रेसले मलाई टिकट किन दिदैन ?


एबीसी / संवाददाता
भाद्र २०, २०७९ सोमबार  २ : ३६ बजे

काठमाडौं, २० भदौ । गाउँ, शहर र दुनियाँ ब्युँझाउने अभियानका साथ १४ वर्षको अनवरत यात्रा पार गर्दै एबीसी टेलिभिजनले १५ औं वर्षको शुभारम्भ गरेको छ । यस अवसरमा एबीसी न्यूजले विभिन्न क्षेत्रका व्यक्तित्वहरुसँग संवाद एवम् सुझाव संकलन गरेको छ । नागरिकको लामो संघर्ष र योगदान पश्चात् देशमा प्राप्त परिवर्तनका लागि नागरिक आन्दोलन, जनवादी सर्जक, स्रष्टा र कलाकारहरुको पनि महत्वपूर्ण योगदान छ । यसै सन्दर्भमा देउडा गायक नन्दकृष्ण जोशीसँग एबीसीकर्मी ध्रुव अधिकारीले गरेको संवादमा आधारिक आलेखः

लोकप्रिय देउडा गायक नन्दकृष्ण जोशी देश र समाज रुपान्तरणमा योगदान गर्ने सर्जकका लागि नीति बनाउनुपर्ने माग राख्छन् । उनले एबीसी टेलिजिनलाई शुभकामना दिदै भने, “एबीसी टेलिभिजनले स्थापनाकालदेखि सञ्चार जगतमा उदाहरणीय काम गरेको कुरा निवेदन गर्न चाहन्छु, अहिले म जन्मेको ठाउँ बझाङमा छु, यहीबाट हार्दिक शुभकामना दिन चाहन्छु ।”

जोशीले लोकतान्त्रिक आन्दोलनको जग बसाल्ने काममा नागरिक आन्दोलन सशक्तरुपमा नउभिएको भए, २०६२/६३ को जनआन्द्योलन सफल हुन नसक्ने बताउनुभयो ।त्यो बेला पार्टीहरु शुसुप्त अवस्थामा रहेकाले जनताले विशवस मान्न सक्ने अवस्था थिएन, पार्टीको काम जनताले मानेका थिएनन् । उनले भने, “कृष्ण पहाडी, श्याम श्रेष्ठ, अर्जुन पराजुली, देवेन्द्र पाण्डे सुरुसुरुमा हामीले जति काम ग¥यौं, यसले विस्तारै काठमाडौंमा मात्रै उचाइ लिएको थिएन, यो मेचीदेखि महाकालीसम्म पुगेको थियो ।

तर, त्यो समय तात्कालीन सरकारले सुरक्षा दिने कुनै कुरा नभएपनि देशका कुनै पनि पार्टीले सकारात्मक दृष्टिकोण पनि नराखेको उनले बताए ।

एबीसी टेलिभिजनले जति गरेको छ, यो अझै नपुगेको तर, अहिलेसम्म गरेको काम सराहनीय भएको सुझाव दिदै उनले सर्जकका लागि नीति बनाउने कुरा कांग्रेस नेता गिरिजाप्रसाद कोइराला र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड समक्ष राखेको पनि स्मरण गरे ।

आगामी निर्वाचनको सन्दर्भमा नेताहरुको बानी देखेर मेचीदेखि महाकालीसम्माका जनता वाक्क भएको उनले बताए । उनले उनी निकट पार्टी नेपाली कांग्रेसले आफूलाई कुन अवगुण देखेर टिकट नदिएको भन्दै प्रश्न समेत गरें ।

जोशीले भने, “२०४२ सालको सत्याग्रहमा जेल परेको छु । २०४६ देखि लोकतन्त्रको आन्दोलनमा निरन्तर छु । मेरो लागि भनेको होइन, म जस्ता लाखौं युवा पाखा लागेका छौं । हाम्रो पिढींले दुख पायौं । विरक्त भएर कोही कोरिया, कोही खाँडी मुलुक गएका छन् । धनकुटा, इलाम, कर्णालीको हुम्ला, जुम्ला जता दिएपनि म जितेर आउन सक्छु । कति यिनीहरुको झोला बोक्ने ? लोकतन्त्रको झोला बोक्छु तर, अन्याय र अत्याचारविरुद्ध म लडिरहन्छु ।

उनले आफ्ना नातागोता, आफन्तलाई टिकट दिने तर आन्दोलनमा योगदान दिएकालाई टिकट नदिने प्रवृत्तिप्रति खेद समेत प्रकट गरे ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

आजदेखि मौसममा क्रमिक सुधार : धेरैजसो ठाउँमा घाम लाग्ने

नेपालको निर्वाचन यात्रा: “कांग्रेसको बहुमतदेखि गठबन्धनको युगसम्म – ६४ वर्षमा ८ पटकको जनादेशले के सिकायो?”

सम्बन्धित

चुनावको संघारमा प्रलोपामा भाँडभैलो, नेतृत्व तितरबितर हुँदा कार्यकर्ता अलमलमा

चुनीखेल नयाँबस्ती आगलागीः २४ परिवार विस्थापित

आजदेखि ८० हजार सेना फिल्डमा खटिँदै

दलहरुका पुराना वाचा के भए ? अब नयाँ चक्मा के दिंदैछन् ? (विस्तृतमा)

नेपालको निर्वाचन यात्रा: “कांग्रेसको बहुमतदेखि गठबन्धनको युगसम्म – ६४ वर्षमा ८ पटकको जनादेशले के सिकायो?”

समानुपातिकतर्फ ३,१३५ उम्मेदवारको अन्तिम सूची सार्वजनिक, अब नाम फेर्न नपाइने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com