ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

आज हाम्रो जन्मदिन : एबीसी न्यूजको १४ वर्ष, १५औं वर्षमा प्रवेश


एबीसी / संवाददाता

आज हाम्रो जन्मदिन । अनेकौं आरोह अवरोह पार गर्दै हामीले सफलताका चौध बर्ष पार गरेका छौं । गाउ“, सहर दुनिया“ ब्युझाउने अभियानका साथ २०६५ भाद्र ै १९ बाट प्रशारण सुरु गरेको एबीसी न्यूज आजबाट १५ औं वर्षमा प्रवेश गरेको छ । एक्युरेसी, व्यालेन्स, क्रेडिविलिटी भन्ने समाचारको मूल मन्त्रलाई आत्मसात गर्दै वितेका १४ बर्षमा टेलिभिजनले २४ सै घण्टा समाचार तथा विश्लेषणात्मक कार्यक्रमहरु प्रशारण गर्दै आएको छ ।

गणतन्त्र नेपालको पहिलो न्यूज च्यानल एबीसी टेलिभिजन आजबाट १५ औं बर्षमा प्रवेश गरेको छ । एबीसी मिडिया ग्रुपअन्तर्गत संचालित एबीसी न्यूजले आज भन्दा १४ वर्ष अघि गाउ“, शहर र दुनिया“ बिउ“झाउने अभियानका साथ भूउपग्रह प्रणाली मार्फत् आफ्नो प्रशारण सुरु गरेको थियो । एक्युरेसी, व्यालेन्स, क्रेडिविलिटी भन्ने समाचारको मूल मन्त्रलाई आत्मसात गर्दै एबीसी न्यूजले २४ सै घण्टा समाचार र समाचारमूलक कार्यक्रमहरु प्रशारण गर्दै आएको छ । २०६४ साल माघ २० गते सूचना तथा सञ्चार मन्त्रालयबाट प्रशारणको अनुमति पाएको एबीसी न्यूज हाल संसारका जुन कुनै कुनामा बसेर हेर्न सकिन्छ । एबीसी नेपाल डट टीभी लगअन गरेपछि देश दुनियाका दैनिक गतिविधिदेखि टेलिभिजनको प्रत्यक्ष प्रसारणका लाइभ कार्यक्रमसमेत हेर्न पाइन्छ भने मन परेका कार्यक्रमको रेकर्ड समेत हेर्ने व्यवस्था मिलाइएको छ । न्यू मिडियाको रुपमा उदाएको अनलाईन, यूट्यूव र समाजिक सञ्जालमा एबीसीको उपस्थिति उच्चस्तरको छ । एबीसी न्यूजबाट उत्पादित सामाग्रीलाई संसारभरका दर्शकले इन्टरनेटमा समेत हेर्न सक्ने सुविधा प्राप्त छ । यो चौध बर्षको यात्रामा एबीसीले अनेकौं घुम्ती र मोडहरु पार गर्दै आफ्नो अक्षुण व्यावसायिक यात्रालाई कायम राख्न सफल भएको छ । टेलिभिजनको शुरुवाती दिनहरु केही सहज भएपनि त्यसपछिका केही वर्ष भने निकै संघर्षमय रहे । तर, आम दर्शक, शुभचिन्तकको अपार मायाले टेलिभिजनको यात्रा निरन्तर अघि बढ्दै छ । यतिका बर्ष पार गर्दा टेलिभिजनप्रति आम दर्शकको माया र सद्भाव झन झन बढ्दै गएको छ । विभिन्न चुनौतीको सामना गर्दै एबीसी न्यूजले स्वदेश र विदेशमा रहेका लाखौं नेपालीबीच आफ्नो छुट्टै पहिचान बनाउन सफल भएको छ । प्रशारणको १५ औ ं वर्ष प्रवेश गर्दैगर्दा हाम्रा कार्यक्रमको दायरा झनै विस्तार भएको छ । र, हामीलाई थाहा छ, हाम्रा दशर्कहरुको रुची र तथ्यपूर्ण सूचनाको भोक झनै बढ्दै गएको छ

एबीसी न्यूजले प्रसारणको यो अवधिमा आफुलाई फरक समाचार च्यानल तथा लाइभ टेलिभिजनको रुपमा स्थापित गर्न सफल भएको छ । बितेका यी बर्षमा एबीसी न्यूजले ‘अल्वेज फस्ट अल्वेज फास्ट’को सिद्धान्तलाई आत्मसात गर्दै छिटो र सत्य तथ्य समाचार सम्प्रेषण गर्न अभ्यासरत रह्यो । बिश्वका बिभिन्न क्षेत्रका बिभिन्न घटनालाई सधैंभरि यसले आफ्नो क्यामेरामा कैद गरि दर्शकसामु प्रस्तुत गर्न सफल बन्यो । एबीसी न्यूजले सबै समाचारलाई सधै समाचारको रुपमा मात्र प्रसारण गरेन सबै समाचारको गहिरो बिश्लेषण गर्दैे घरघरको टेलिभिजन सेटमा पुराउन सफल बन्यो ।

हाम्रा १४ वटा समाचार बुलेटिन प्रत्येक घटनाक्रमसंग निकट छन् । शनिवार बाहेक हरेक दिन राति ९ बजे प्रशारण हुने अपरेशन विग न्यूजले खोजी पत्रकारिताको अभ्यासबाट समाजको यथार्थलाई उजागर गरि जनतामाझ पस्किरहेको छ । आलोचनात्मक चेतसहितको विश्लेषणयुक्त यो कार्यक्रमले पृथक भूमिका खेल्न सफल भएको छ । दैनिक सांझ ७ बजे विज्ञापनरहित समाचारको प्याकेज हट न्यूज एक्सप्रेसले दर्शकमा तत्काल प्रभाव पारेकै कारण आज हामी यो स्थानसम्म आइपुग्न सफल भएका छौं । हाम्रा समाचारले राजधानीलाई मात्र सम्बोधन गर्दैनन् । त्यो भन्दा बढी दुरदराजका घटनाक्रममा निगरानी गरिरहेका हुन्छन् । व्यूरो रिपोर्टरले यो भूमिका अनवरत निर्वाह गरिरहेको छ । राजनीतिक, सामाजिक, सांस्कृतिक, आर्थिक विश्लेषणसहितको आउटलुक एबीसीको मूल सम्पादकीय नीतिका रुपमा स्थापित चर्चित अन्तवार्ता कार्यक्रम बन्न सफल भएको छ । एबीसी टेलिभनबाट दैनिक प्रसारण हुने क्रसचेक समसामयिक विषयबस्तु माथि केन्द्रित हुने गरेको छ । दैनिक रुपमा प्रसारण गरिने एबीसी वाच र एबीसी विशेषले दैनिक घटनामा केन्द्रित रहेर विश्लेषण गर्ने काम गरेको छ ।

यतिमात्र होइन, हामीले प्रसारण गर्ने कुनै पनि समाचार र समाचारमूलक कार्यक्रमहरु स्तरीय छन् भन्नेमा हाम्रो दावी सधैं रहिरहनेछ । अवको सम्बृद्धि हांसिल गर्न जनतामा आधारभुत चेतना स्थापित गर्ने शिक्षा सम्बन्धी भ्म्ग् थ्रि सिक्स्टी होस या बुक बार्ता आम सर्वसाधारणको स्वास्थ्य सम्बन्धी जनचेतना र स्वास्थ रहनका लागि उत्प्रेरित गर्ने उदेश्यका साथ ‘आवर हेल्थ’ ले जनतामा स्वास्थ्य चेतको बिकास गरिरहेको छ । कृषिप्रधान देश कृषिबाटै आत्मनिर्भर हुनुपर्छ भन्ने मुल उदेश्य सहित निर्मित कार्यक्रम कृषि बहसले आम नागरिकमा ब्यसायिक कृषिको धारणालाई बिकसित गराउन थप मदत पु¥याएको छ । एबीसी इन्देणीको घिन्ताङ घिन्ताङ संगीतप्रेमी जनसमुदायको धड्कन बन्दै टेलिभिजनमा नया“ भुमिका बनाउन सफल भएको छ ।

त्यसैगरी नेपाली चलचित्र जगतका गतिविधि नियाल्ने लाइमलाइट होस या फिल्मी फ्लेम यसले दर्शकका फरक रुचिलाई सम्बोधन गर्ने गरेको छ । हरेक हप्ता प्रशारण हुने कार्यक्रम बिजनेस सेन्टरले आम ब्यवसायीका ब्यवसायीक हितका बारेमा श्रृङ्खलावद्ध सघन अन्र्तसंवाद पस्किरहेको छ । दैनिक रुपमा बिहान प्रसारण गरिने धार्मिक कार्यक्रम ईश्वर आराधनाले धर्म संस्कृतिको संरक्षण गर्न मद्दत पुर्याएको छ । दैनिक बिहान प्रसारण हुने एबीसी योगाले घरमैरहेर पनि शारिरिक रुपमा तन्द्रुस्त रहने वतावरण निर्माणमा उल्लेख्य भुमिका निर्वाहा गरिरहेको छ । आफ्नो मुल मन्त्रअनुसार नै तथ्यपूर्ण, सन्तुलित र विश्वसनीय समाचार सम्पं्रेषण गर्नु एबीसी न्यूजको मुख्य विशेषता हो, यही मन्त्रको निरन्तरताको कारण एबीसी न्यूजले टेलिभिजन च्यानलहरुमा अलग परिचय बनाउन सफल भएको छ । यो परिचयलाई कायम राख्दै अझ फरक ढंगबाट आफ्ना प्रस्तुतिहरु तपाई दर्शकसामु पस्कने हाम्रो प्रयास जारी रहनेछ । गाउं शहर दुनियां व्यूंझाउन हाम्रो अभियान जारी नै रहनेछ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

जेन–जी आन्दोलन लोकतन्त्रलाई शून्य बनाउने षड्यन्त्र थियो : ओली

समानुपातिकतर्फ भाग लिने राजनीतिक दलको अन्तिम नामावली आज प्रकाशन हुने

सम्बन्धित

जेन–जी आन्दोलन लोकतन्त्रलाई शून्य बनाउने षड्यन्त्र थियो : ओली

सल्लाघारीमा एमालेको एघारौं महाधिवेशन उद्घाटन (प्रत्यक्ष प्रशारण)

समानुपातिकतर्फ भाग लिने राजनीतिक दलको अन्तिम नामावली आज प्रकाशन हुने

विराटनगरलाई हराउँदै सुदूरपश्चिम फाइनलमा

नागढुङ्गा–मलेखु सडक बुधबारदेखि दैनिक पाँच घण्टा बन्द हुने

ओली–देउवा भेटलगत्तै संसद् पुनर्स्थापनाको मागसहित सर्वोच्चमा कांग्रेस

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com