ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

गोरखा जिल्लामा प्रभावशाली नेताहरुको ध्यान (भिडियोसहित)


एबीसी / संवाददाता

काठमाडौं, १८ भदौ । आगामी मंसिर ४ गते प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनको मिति तोकिएसँगै राजनीतिक सरगर्मी बढेको छ । सत्तारुढ पाँचदलीय गठबन्धनले चुनावी तालमेलको खाका बनाउने तयारी थालिसक्दा केही जिल्ला भने चर्चाको केन्द्रमा छन् । कुनै वेला माओवादी सशस्त्र युद्धको प्रभाव केन्द्र र उद्गम थलो मानिने गोरखा मंसिरमा हुने महानिर्वाचनमा पनि इपिसेन्टर नै बन्ने निश्चित छ । नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराई माओवादीको चुनाव चिह्न गोलाकारभित्रको हँसिया हथौडाबाटै चुनावी प्रतिस्पर्धामा जान सहमत भएका छन् । यो सहमतिसँगै बाबुराम सात बर्षपछि माओवादीतिरै फर्केको टिप्पणी भइरहेको छ । सत्ता गठबन्धनको मुख्य घटक नेपाली कांग्रेसका पनि प्रभावशाली नेताहरुको ध्यान गोरखामा केन्द्रित छ ।

प्रतिनिधिसभा निर्वाचनमा माओवादी केन्द्रको हसिया हथौडा चुनाव चिन्ह लिएर जनतामाझ जान तयार भएपछि डा.बाबुराम भट्टराईमाथि विभिन्न खालका टीकाटिप्पणी भइरहेका छन् । माओवादी जनयुद्धका एक सूत्राधार भट्टराई शान्ति प्रक्रियापछि सोही पार्टीको उपाध्यक्ष हुँदै प्रधानमन्त्रीसम्म बने । २०७० सालमा नयाँ संविधान जारी भएपछि माओवादी केन्द्रलाई रातो स्टिकर टाँसेको घर को संज्ञा दिँदै अलग भएका उनले नयाँ शक्ति, समाजवादी र जनता समाजवादी दल गठन गरेर नेतृत्वको असफल अभ्यास गरे । २०७४ सालको चुनावमा नयाँ शक्तिबाट चुनाव जितेका भट्टराईले आफ्नो अस्तित्व भने जोगाउँदै आएका छन् । पछिल्लो समय जनता समाजवादीबाट समेत चोइटिनुपरेपछि आफूलाई सुरक्षित राख्न भट्टराईले गोरखा २ मा प्रचण्ड नेतृत्वकै माओवादीतर्फ एकताको हात बढाएका हुन् ।

गोरखा–२ बाबुरामका लागि निर्विकल्पजस्तै क्षेत्र हो । त्यस्तै गोरखा–२ नारायणकाजी श्रेष्ठको पनि निर्वाचन क्षेत्र हो । निर्वाचनमा भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीका उम्मेदवारले गोलाकारभित्रको हँसिया हथौडा लिएर प्रतिस्पर्धामा उत्रने सहमति भइसकेको छ । बाबुरामले माओवादीको चुनाव चिह्न लिएपछि नारायणकाजीलाई चुनौती थपिएको छ । यद्यपी नेताहरु भने बाबुरामले हँसिया हथौडामा चुनाव लड्ने कुरालाई स्वागत गर्दै यसलाई राष्ट्रिय आवश्यकता भएको बताउदै आएका छन् ।

२०६४ को निर्वाचनमा माओवादीले गोरखाबाट मात्रै ७५ प्रतिशत मत पाएको थियो । तत्कालीन माओवादीबाट गोरखा क्षेत्र नम्बर २ मा बाबुराम भट्टराई सबैभन्दा धेरै मत ल्याएर विजयी भएका थिए । २०७० को संविधानसभा निर्वाचनमा देशभर माओवादी कमजोर बन्दासमेत गोरखाको तीन वटै निर्वाचन क्षेत्रमा माओवादीले वर्चस्व राख्यो । संविधान जारी भएपछि भट्टराइले पार्टी छाडे । भट्टराईले पार्टी छाडेसँगै एक हिस्साले उनलाई साथ थिए । कार्यकर्ता बाँडिए । भट्टराईले माओवादी छाड्दाको प्रभाव २०७४ को स्थानीय तह, प्रतिनिधिसभा निर्वाचन र प्रदेशसभा निर्वाचनमा पनि देखियो ।
एक्लै प्रतिस्पर्धा गरेको माओवादी ११ स्थानीय तहमध्ये दुई पालिका प्रमुख उपप्रमुखमा सीमित बन्यो ।

२०६४ यताको १० वर्षको अवधिमा गोरखालाई जनयुद्धको उद्गम थलो मान्दै आएको माओवादी कमजोर बन्न पुग्यो । यद्यपी माओवादी केन्द्रप्रति गोरखा जनताको पूर्ण विश्वास रहँदा भट्टराईलाई सो चुनाव चिह्नले अझ सहज हुने देखिन्छ । स्थानीय चुनावमा खसेको मतका आधारमा विश्लेषण गर्दा गोरखा क्षेत्र नम्बर २ मा नयाँशक्तिको भन्दा माओवादी केन्द्रको नै बढी मत देखिन्छ । तर, बाबुराम भट्टराई नै चुनाव लड्ने भएपछि उनले व्यक्तिगत भोटसमेत तान्ने सम्भावना हुन्छ । तर, राष्ट्रिय राजनीतिमा अहम भूमिका खेल्दै आएका पूर्वउपप्रधानमन्त्री नारायणकाजी नै चुनाव लड्न गइसकेपछि एउटै चुनाव क्षेत्रमा एउटै चुनाव चिन्हमा भिड्नु भट्टराई र श्रेष्ठ दुबैका लागि जोखिमपूर्ण छ । ६४ मा भारी मतले विजय भएका भट्टराई सोही ठाउँमा अर्को निर्वाचन चिन्ह लिएर उमेद्वारी दिँदा जित्ने सम्भावना कती होला, चासोको विषय बनेको छ ।

 

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com