ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेपालमा २०१५ सालदेखिनै अस्थीर सरकार किन ? (भिडियोसहित)


एबीसी / संवाददाता
भाद्र १७, २०७९ शुक्रबार  १२ : २४ बजे

काठमाडौं, १७ भदौ । नेपालमा २०१५ सालमा पहिलो प्रतिनिधिसभाका लागि निर्वाचन भएको थियो । पहिलो संसदीय निर्वाचनको ६४ वर्षपछि आठौं आम निर्वाचन मंसिर ४ गते हुँदैछ । यस बीचमा २०६४ र २०७० सालमा भएका दुई निर्वाचन संविधान निर्माणका लागि भएका थिए । पहिलो संसदीय निर्वाचनमा दुईतिहाई जितेको नेपाली कांग्रेस आगामी निर्वाचनमा फेरी पनि गठबन्धनमार्फत बहुमत ल्याउने रणनीतिमा छ । संसदीय पहिलो निर्वाचनमा नेपाल कम्युनिष्ट पार्टीले भने जम्मा चार सिट मात्रै जितेको थियो ।

वि.सं २०१५ सालको पहिलो संसदीय निर्वाचन ४५ दिनमा सम्पन्न भएको थियो । २०१५ फागुन १ गते तात्कालीन राजा महेन्द्रले शाहले संविधान जारी गरेका थिए । संविधानमा संसद र संसद गठनबारे ंगरिएको व्यवस्था बमोजिम चैत २८ गते पहिलो प्रतिनिधिसभाको निर्वाचन सम्पन्न भयो । निर्वाचन घोषणा भने ६ महिना पश्चात् २०१६ साल वैशाख २८ गते भयो । जसमा १०९ सिटमध्ये नेपाली कांग्रेसले दुईतिहाइ अर्थात् ७४ सिट र कम्युनिष्ट पार्टीले चार सिट मात्रै ल्यायो । प्रमुख प्रतिपक्षी दल नेपाल राष्ट्रवादी गोरखा परिषद्ले १९ सिट, संयुक्त प्रजातन्त्र पार्टीले ५, नेपाल प्रजा परिषद्ले २, स्वतन्त्र उम्मेदवारले ४ सिट जिते । पहिलो संसदीय निर्वाचनमा मतदाताको संख्या ४२ लाख ४६ हजार ४६८ थियो भने ४२ दशमलव १८ प्रतिशतले मतदान गरेका थिए । निर्वाचनपछि नेपाली कांग्रेसका संस्थापक नेता प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाको नेतृत्वमा १९ सदस्यीय मन्त्रिमण्डल गठन भयो ।

नेपालमा हालसम्म २०१५ देखि २०४८, २०५१, २०५६, २०६४, २०७० र २०७४ सालमा गरी सातवटा आम निर्वाचन सम्पन्न भएको छ । संसदीय निर्वाचनको परिणाम हेर्ने हो भने कम्युनिष्ट पार्टी उपस्थिती बलियो बन्दै आएको छ । २०१५ मा १०९ सिटमध्ये ४ सिट जितेको कम्युनिष्ट पार्टीले पछिल्लो २०७४ को निर्वाचनमा आइपुग्दा २७५ मध्ये १७७ सिट कम्युनिष्ट पार्टीले जित्यो । २०४७ को संविधानले संसदीय निर्वाचनका लागि २०५ निर्वाचन क्षेत्र कायम ग¥यो । संविधान लागू भएपछि २०४८ वैशाख २९ गते निर्वाचन घोषणा भयो । २०४८ सालको मतपरिणाम अनुसार नेपाली कांग्रेसले बहुमत प्राप्त ग¥यो । २०५ मध्ये कांग्रेसले ११०, एमालेले ६०, संयुक्त जनमोर्चाले ९, नेपाल सद्भावना पार्टीले ६, नेपाल मजदुर किसान पार्टीले २ सिट जित्यो । निर्वाचनपछि ५ दलले मात्रै मान्यता पाए भने २ दलले मान्यता नपाएपनि संसदमा उपस्थिती जनाए ।

२०५१ सालको तेस्रो संसदीय निर्वाचनमा पहिलो पटक कम्युनिष्ट पार्टी ठूलो दल बन्यो । २०५ मध्ये एमालेले ८८ जितले पहिलो दल र कांग्रेस ८३ स्थानमा खुम्चियो । राप्रपाले २०, नेमकिपाले ४ र सद्भावना पार्टीले ३ सिट जित्यो । तर प्रतिनिधिसभाको कार्यकाल पूरा हुन नपाउदै अविश्वासको प्रस्ताव दर्ता भएपछि एमालेका तात्कालीन प्रधानमन्त्री मनमोहन अधिकारीले २०५२ जेठ ३० गते प्रतिनिधिसभा संसद विघटन गरी मध्यावधि निर्वाचन घोषणा गरे । २०५६ को निर्वाचनमा कांग्रेसले फेरी १११ सिटसहित बहुमत प्राप्त ग¥यो । मिश्रित प्रणालीको पहिलो पटक अवलम्वन गरिएको २०६४ को संविधान सभाको निर्वाचनका लागि प्रत्यक्षतर्फ २४० क्षेत्र निर्धारण गरियो । समानुपातितर्फ ३३५ र मन्त्रिपरिषद्बाट मनोनित हुने २६ जना गरी ६०१ संविधान तथा प्रतिनिधिसभा हुने व्यवस्था भयो । पहिलो संविधान सभामा १० वर्ष युद्ध गरेर शान्तीपूर्ण राजनीतिमा आएको माअ‍ोवादीले त्यो बेला छलाङ मार्न सफल भयो । माओवादीले प्रत्यक्षतर्फ प्रत्यक्षतर्फ १२० र समानुपातिकमा सय सिट ल्याई कुल २२० सिटसहित पहिलो दल बन्यो । २०७० सलको संसदीय निर्वाचनमा पुनः कांग्रेस पहिलो, एमाले तेस्रोबाट दोस्रो र माओवादी पहिलोबाट तेस्रो बन्यो । अहिले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले २०६४ सालको जस्तै पहिलो दल बन्ने गरी निर्वाचनमा होमिनुपर्ने बताउदै आएका छन् ।

यसैगरी, २०७४ सालको मंसिर १० र ११ गते दुई चरणमा सम्पन्न भएको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा एमाले र माओवादीको वाम गठबन्धनको पक्षमा नतिजा आयो । जसले गर्दा कांग्रेस भने कमजोर बन्न पुग्यो । एमालेले प्रत्यक्षतर्फ ८० सिटसहित पहिलो र माओवादीले ३६ र कांग्रेस २३ सिटमा खुम्चियो । अहिले पाँच दलीय गठबन्धन र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेबीच मुख्य प्रतिस्पर्धा हुदैछ । ओली सरकारले गरेको संसद विघटनपछि सरकारको नेतृत्व नेपाली कांग्रेसले गर्दै आएको छ । २०१५ सालको पहिलो संसदीय निर्वाचनमा बहुमत प्राप्त गरेको कांग्रेसले गठबन्धन गर्दा गएको स्थानीय निर्वाचनमा पहिलो दल बन्न सफल भयो । संयोगवश्, कांग्रेस फेरी पनि आगामी मंसिर ४ गतेको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा गठबन्धन जोगाउदै बहुमतसहितको सरकार गठन गर्ने रणनीतिमा छ । झण्डै ६४ वर्षको संसदीय अभ्यासमा भने बहुमतको सरकार समेत आन्तरिक एवम् बाह्य कारण निरन्तर अस्थिर छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सुधनको राजीनामाप्रति प्रचण्ड– जे गर्नुभयो, राम्रो गर्नुभयो

करको दर घटाउनुपर्छ ः राजनीतिक विश्लेषक , रायमाझी भिडियो

सम्बन्धित

सुधनको राजीनामाप्रति प्रचण्ड– जे गर्नुभयो, राम्रो गर्नुभयो

विवादित भूमिका : सरकार बनेको २६ दिनमै गयो २ मन्त्रीको पद

राजीनामा बुझाएर प्रधानमन्त्री कार्यालयबाट बाहिरिए सुधन गुरुङ

चौतर्फी आलोचनापछि गृहमन्त्री गुरुङले दिए राजीनामा

मन्त्री हुनु दुई दिन अघि भेडेटारमा जग्गा किन्ने गृहमन्त्री गुरुङ: मूल्यांकन र स्रोतबारे प्रश्न !

सफलताको जस लिनेले पराजयको जिम्मेवारी पनि लिनुपर्छ: विष्णु पौडेल

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com