ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेपालमा २०१५ सालदेखिनै अस्थीर सरकार किन ? (भिडियोसहित)


एबीसी / संवाददाता

काठमाडौं, १७ भदौ । नेपालमा २०१५ सालमा पहिलो प्रतिनिधिसभाका लागि निर्वाचन भएको थियो । पहिलो संसदीय निर्वाचनको ६४ वर्षपछि आठौं आम निर्वाचन मंसिर ४ गते हुँदैछ । यस बीचमा २०६४ र २०७० सालमा भएका दुई निर्वाचन संविधान निर्माणका लागि भएका थिए । पहिलो संसदीय निर्वाचनमा दुईतिहाई जितेको नेपाली कांग्रेस आगामी निर्वाचनमा फेरी पनि गठबन्धनमार्फत बहुमत ल्याउने रणनीतिमा छ । संसदीय पहिलो निर्वाचनमा नेपाल कम्युनिष्ट पार्टीले भने जम्मा चार सिट मात्रै जितेको थियो ।

वि.सं २०१५ सालको पहिलो संसदीय निर्वाचन ४५ दिनमा सम्पन्न भएको थियो । २०१५ फागुन १ गते तात्कालीन राजा महेन्द्रले शाहले संविधान जारी गरेका थिए । संविधानमा संसद र संसद गठनबारे ंगरिएको व्यवस्था बमोजिम चैत २८ गते पहिलो प्रतिनिधिसभाको निर्वाचन सम्पन्न भयो । निर्वाचन घोषणा भने ६ महिना पश्चात् २०१६ साल वैशाख २८ गते भयो । जसमा १०९ सिटमध्ये नेपाली कांग्रेसले दुईतिहाइ अर्थात् ७४ सिट र कम्युनिष्ट पार्टीले चार सिट मात्रै ल्यायो । प्रमुख प्रतिपक्षी दल नेपाल राष्ट्रवादी गोरखा परिषद्ले १९ सिट, संयुक्त प्रजातन्त्र पार्टीले ५, नेपाल प्रजा परिषद्ले २, स्वतन्त्र उम्मेदवारले ४ सिट जिते । पहिलो संसदीय निर्वाचनमा मतदाताको संख्या ४२ लाख ४६ हजार ४६८ थियो भने ४२ दशमलव १८ प्रतिशतले मतदान गरेका थिए । निर्वाचनपछि नेपाली कांग्रेसका संस्थापक नेता प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाको नेतृत्वमा १९ सदस्यीय मन्त्रिमण्डल गठन भयो ।

नेपालमा हालसम्म २०१५ देखि २०४८, २०५१, २०५६, २०६४, २०७० र २०७४ सालमा गरी सातवटा आम निर्वाचन सम्पन्न भएको छ । संसदीय निर्वाचनको परिणाम हेर्ने हो भने कम्युनिष्ट पार्टी उपस्थिती बलियो बन्दै आएको छ । २०१५ मा १०९ सिटमध्ये ४ सिट जितेको कम्युनिष्ट पार्टीले पछिल्लो २०७४ को निर्वाचनमा आइपुग्दा २७५ मध्ये १७७ सिट कम्युनिष्ट पार्टीले जित्यो । २०४७ को संविधानले संसदीय निर्वाचनका लागि २०५ निर्वाचन क्षेत्र कायम ग¥यो । संविधान लागू भएपछि २०४८ वैशाख २९ गते निर्वाचन घोषणा भयो । २०४८ सालको मतपरिणाम अनुसार नेपाली कांग्रेसले बहुमत प्राप्त ग¥यो । २०५ मध्ये कांग्रेसले ११०, एमालेले ६०, संयुक्त जनमोर्चाले ९, नेपाल सद्भावना पार्टीले ६, नेपाल मजदुर किसान पार्टीले २ सिट जित्यो । निर्वाचनपछि ५ दलले मात्रै मान्यता पाए भने २ दलले मान्यता नपाएपनि संसदमा उपस्थिती जनाए ।

२०५१ सालको तेस्रो संसदीय निर्वाचनमा पहिलो पटक कम्युनिष्ट पार्टी ठूलो दल बन्यो । २०५ मध्ये एमालेले ८८ जितले पहिलो दल र कांग्रेस ८३ स्थानमा खुम्चियो । राप्रपाले २०, नेमकिपाले ४ र सद्भावना पार्टीले ३ सिट जित्यो । तर प्रतिनिधिसभाको कार्यकाल पूरा हुन नपाउदै अविश्वासको प्रस्ताव दर्ता भएपछि एमालेका तात्कालीन प्रधानमन्त्री मनमोहन अधिकारीले २०५२ जेठ ३० गते प्रतिनिधिसभा संसद विघटन गरी मध्यावधि निर्वाचन घोषणा गरे । २०५६ को निर्वाचनमा कांग्रेसले फेरी १११ सिटसहित बहुमत प्राप्त ग¥यो । मिश्रित प्रणालीको पहिलो पटक अवलम्वन गरिएको २०६४ को संविधान सभाको निर्वाचनका लागि प्रत्यक्षतर्फ २४० क्षेत्र निर्धारण गरियो । समानुपातितर्फ ३३५ र मन्त्रिपरिषद्बाट मनोनित हुने २६ जना गरी ६०१ संविधान तथा प्रतिनिधिसभा हुने व्यवस्था भयो । पहिलो संविधान सभामा १० वर्ष युद्ध गरेर शान्तीपूर्ण राजनीतिमा आएको माअ‍ोवादीले त्यो बेला छलाङ मार्न सफल भयो । माओवादीले प्रत्यक्षतर्फ प्रत्यक्षतर्फ १२० र समानुपातिकमा सय सिट ल्याई कुल २२० सिटसहित पहिलो दल बन्यो । २०७० सलको संसदीय निर्वाचनमा पुनः कांग्रेस पहिलो, एमाले तेस्रोबाट दोस्रो र माओवादी पहिलोबाट तेस्रो बन्यो । अहिले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले २०६४ सालको जस्तै पहिलो दल बन्ने गरी निर्वाचनमा होमिनुपर्ने बताउदै आएका छन् ।

यसैगरी, २०७४ सालको मंसिर १० र ११ गते दुई चरणमा सम्पन्न भएको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा एमाले र माओवादीको वाम गठबन्धनको पक्षमा नतिजा आयो । जसले गर्दा कांग्रेस भने कमजोर बन्न पुग्यो । एमालेले प्रत्यक्षतर्फ ८० सिटसहित पहिलो र माओवादीले ३६ र कांग्रेस २३ सिटमा खुम्चियो । अहिले पाँच दलीय गठबन्धन र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेबीच मुख्य प्रतिस्पर्धा हुदैछ । ओली सरकारले गरेको संसद विघटनपछि सरकारको नेतृत्व नेपाली कांग्रेसले गर्दै आएको छ । २०१५ सालको पहिलो संसदीय निर्वाचनमा बहुमत प्राप्त गरेको कांग्रेसले गठबन्धन गर्दा गएको स्थानीय निर्वाचनमा पहिलो दल बन्न सफल भयो । संयोगवश्, कांग्रेस फेरी पनि आगामी मंसिर ४ गतेको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा गठबन्धन जोगाउदै बहुमतसहितको सरकार गठन गर्ने रणनीतिमा छ । झण्डै ६४ वर्षको संसदीय अभ्यासमा भने बहुमतको सरकार समेत आन्तरिक एवम् बाह्य कारण निरन्तर अस्थिर छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com