ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सत्तारुढ गठबन्धन निर्वाचनदेखि सरकार निर्माणसम्मको रणनीतिमा


एबीसी / संवाददाता
भाद्र १६, २०७९ बिहीबार  १२ : १५ बजे

काठमाडौं, १६ भदौ । पाँच दलीय सत्ता गठबन्धन संघ र प्रदेशको निर्वाचनका लागि सिट बाँडफाँटको मापदण्ड बनाउने रणनीतिमा निरन्तर जुटेको छ । नेपाली कांग्रेसका पूर्व महामन्त्री कृष्णप्रसाद सिटौलाको संयोजकत्वमा बनेको कार्यदलले साझा अवधारणामार्फत सिट संख्या टुंगो लाग्ने बताउदै आएको छ । आगामी निर्वाचन र त्यसपछि सरकार निर्माणको सुनिश्चितताको रणनीतिमा गठबन्धन रहेको देखिन्छ । यही सन्दर्भमा एबीसी टेलिभिजनका लागि ध्रुव अधिकारीले गरेको संवादमा आधारित आलेखः

गठबन्धन हारे सबै दल हार्छ – भीमसेनदास प्रधान

नेपाली कांग्रेसका नेता भीमसेनदास प्रधान सिट बाँडफाँटको कुरा सरसल्लाह, समन्वय एवम् सहकार्य गरेर अघि बढाउनुपर्ने बताउँछन् । नेपाली कांग्रेसले सय सिटको हाराहारीमा दाबी गर्ने बताइरहदा सहमतिका लागि दलहरुले दाबी गर्दै आएको सिट संख्या कम पनि हुन सक्ने उनले बताए ।

उनले भने, “सय भनेको ठाउँमा ९०, ६५ भनेको ठाउँमा ५० पनि हुन सक्छ । गठबन्धन कुन अवस्थामा बनेको थियो, संविधान बचाउनलाई, अहिले पार्लमेन्ट राम्रै भइरहेको छ । संयोजक कृष्ण सिटौला हुनुहुन्छ, सबैलाई समन्वय गर्नसक्ने त्यो किसिमको क्षमता उहाँसँग छ । सबैलाई चित्त बुझाएर निष्कर्ष निकाल्नुपर्ने हुन्छ ।”

गएको स्थानीय निर्वाचनमा काठमाडौंको हकमा एमाले भर्सेस कांग्रेस जस्तो देखिएकाले बागमती प्रदेशमा पनि यही कुराहरु आधार मानेर सिट बाँडफाँट गर्नुपर्ने उनको भनाइ छ । “पहिला कांग्रेस, एमाले एउटै हुँदा कांग्रेस २३ सिटमा झ¥यो । गठबन्धन हा¥यो भने कांग्रेस, माओवादी, समाजवादी सबै हार्छ ।”, उनले उम्मेदवारको नाम पहिला टुंग्याउने कि, भागबण्डा पहिला गर्ने भन्ने विषयमा पनि पार्टीमा छलफल चलेको बताए । प्रधान कृष्ण सिटौला निकटका नेता मानिन्छन् ।

पाँच वर्षिय गठबन्धन सरकारको सुनिश्चितता गरौं – मधु आचार्य

गठबन्धन भएपनि एकल रुपमा गएपनि दलहरु चुनावमा जित्नको लागि जाने मुख्य उद्देश्य रहने कांग्रेस नेता मधु आचार्यले बताए । उनले गठबन्धनले गठबन्धनीय स्वार्थले हेर्नुपर्ने र दलीय स्वार्थले हेर्न नहुने बताए ।

उनले भने, स्थानीय निर्वाचनको मतको पोजिसन के छ भने, जुन चाहि दलको सबभन्दा बढी छ, अरुले सहयोग गर्दा जित्न सक्ने अवस्था हुन्छ । दलभित्र पनि दलीय स्वार्थ पुरा ग¥यो भने परिणाम अरु पनि आउनसक्छ ।

चुनावपछि सरकार बनाउने क्रममा एउटै दलको बहुमत हुँदा सरकारमा सहभागी नगराइएला भन्ने मनोवैज्ञानिक त्रास हो भने, सरकारमा सबै दललाई सम्मिलित गराउने र अबको पाँचै वर्ष सुनिश्चित हुनेगरी जानुपर्ने उनको सुझाव छ ।

मेरो दललाई यति, उति भन्दा कम मत भएको साथीहरु विजयी हुन नसके गठबन्धन हार्छ । कांग्रेस, माओवादी, समाजवादी वा जसले जितेपनि गठबन्धनले जित्यो भेनर गौरव गर्ने हो भने अबको ५ वर्षसम्म आर्थिक, सामाजिक रुपान्तरणका लागि पनि फाइदा हुने उनले बताए ।

दलीय भाव नराखी सिट बाँडफाँटमा मापदण्ड बनाउनुपर्ने बताउदै उनले सिट संख्यालाई तत्काल बिर्सेर शून्यबाट सुरु गर्नुपर्ने धारणा राखे । “म के भन्छु भने, सिट संख्या बिसिदिआंै । स्थानीय निर्वाचनको मत टेबल गरौं र जेरोबाट सुरु गरौं । ताप्लेजुङबाट सुरु गरेर दार्चुलासम्म् पुगेर अन्तिम रुप दिदा त्यो गठबन्धनको फैसला हुन सक्छ ।” आचार्य रामचन्द्र पौडेल निकट नेता मानिन्छन् ।

सरकारको नेतृत्व गर्दै आएको नेपाली कांग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवा निकटका नेताहरु अहिले मुख खोल्ने अवस्थामा छैनन् । उनीहरु गठबन्धनमा उप वाम गठबन्धन निर्माण गर्ने र कांग्रेससँग बार्गेनिङ गर्ने गरेको आरोप माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई लाउने गरेका छन् । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डका पछिल्ला अस्थीर सम्बोधनप्रति कांग्रेसका नेताहरु संशकित छन् ।

संस्थापन पक्षका मानिएका कांग्रेस नेता मदन बहादुर अमात्यले इमानदारपूर्वक गठबन्धनमा सिट बाँडफाँट हुने बताए । र यो छिट्टै टुंगो लाग्ने भनाइ समेत उनले व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

आजदेखि मौसममा क्रमिक सुधार : धेरैजसो ठाउँमा घाम लाग्ने

नेपालको निर्वाचन यात्रा: “कांग्रेसको बहुमतदेखि गठबन्धनको युगसम्म – ६४ वर्षमा ८ पटकको जनादेशले के सिकायो?”

सम्बन्धित

चुनावको संघारमा प्रलोपामा भाँडभैलो, नेतृत्व तितरबितर हुँदा कार्यकर्ता अलमलमा

चुनीखेल नयाँबस्ती आगलागीः २४ परिवार विस्थापित

आजदेखि ८० हजार सेना फिल्डमा खटिँदै

दलहरुका पुराना वाचा के भए ? अब नयाँ चक्मा के दिंदैछन् ? (विस्तृतमा)

नेपालको निर्वाचन यात्रा: “कांग्रेसको बहुमतदेखि गठबन्धनको युगसम्म – ६४ वर्षमा ८ पटकको जनादेशले के सिकायो?”

समानुपातिकतर्फ ३,१३५ उम्मेदवारको अन्तिम सूची सार्वजनिक, अब नाम फेर्न नपाइने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com