काठमाडौं, १६ भदौ । पाँच दलीय सत्ता गठबन्धन संघ र प्रदेशको निर्वाचनका लागि सिट बाँडफाँटको मापदण्ड बनाउने रणनीतिमा निरन्तर जुटेको छ । नेपाली कांग्रेसका पूर्व महामन्त्री कृष्णप्रसाद सिटौलाको संयोजकत्वमा बनेको कार्यदलले साझा अवधारणामार्फत सिट संख्या टुंगो लाग्ने बताउदै आएको छ । आगामी निर्वाचन र त्यसपछि सरकार निर्माणको सुनिश्चितताको रणनीतिमा गठबन्धन रहेको देखिन्छ । यही सन्दर्भमा एबीसी टेलिभिजनका लागि ध्रुव अधिकारीले गरेको संवादमा आधारित आलेखः
गठबन्धन हारे सबै दल हार्छ – भीमसेनदास प्रधान
नेपाली कांग्रेसका नेता भीमसेनदास प्रधान सिट बाँडफाँटको कुरा सरसल्लाह, समन्वय एवम् सहकार्य गरेर अघि बढाउनुपर्ने बताउँछन् । नेपाली कांग्रेसले सय सिटको हाराहारीमा दाबी गर्ने बताइरहदा सहमतिका लागि दलहरुले दाबी गर्दै आएको सिट संख्या कम पनि हुन सक्ने उनले बताए ।
उनले भने, “सय भनेको ठाउँमा ९०, ६५ भनेको ठाउँमा ५० पनि हुन सक्छ । गठबन्धन कुन अवस्थामा बनेको थियो, संविधान बचाउनलाई, अहिले पार्लमेन्ट राम्रै भइरहेको छ । संयोजक कृष्ण सिटौला हुनुहुन्छ, सबैलाई समन्वय गर्नसक्ने त्यो किसिमको क्षमता उहाँसँग छ । सबैलाई चित्त बुझाएर निष्कर्ष निकाल्नुपर्ने हुन्छ ।”
गएको स्थानीय निर्वाचनमा काठमाडौंको हकमा एमाले भर्सेस कांग्रेस जस्तो देखिएकाले बागमती प्रदेशमा पनि यही कुराहरु आधार मानेर सिट बाँडफाँट गर्नुपर्ने उनको भनाइ छ । “पहिला कांग्रेस, एमाले एउटै हुँदा कांग्रेस २३ सिटमा झ¥यो । गठबन्धन हा¥यो भने कांग्रेस, माओवादी, समाजवादी सबै हार्छ ।”, उनले उम्मेदवारको नाम पहिला टुंग्याउने कि, भागबण्डा पहिला गर्ने भन्ने विषयमा पनि पार्टीमा छलफल चलेको बताए । प्रधान कृष्ण सिटौला निकटका नेता मानिन्छन् ।
पाँच वर्षिय गठबन्धन सरकारको सुनिश्चितता गरौं – मधु आचार्य
गठबन्धन भएपनि एकल रुपमा गएपनि दलहरु चुनावमा जित्नको लागि जाने मुख्य उद्देश्य रहने कांग्रेस नेता मधु आचार्यले बताए । उनले गठबन्धनले गठबन्धनीय स्वार्थले हेर्नुपर्ने र दलीय स्वार्थले हेर्न नहुने बताए ।
उनले भने, स्थानीय निर्वाचनको मतको पोजिसन के छ भने, जुन चाहि दलको सबभन्दा बढी छ, अरुले सहयोग गर्दा जित्न सक्ने अवस्था हुन्छ । दलभित्र पनि दलीय स्वार्थ पुरा ग¥यो भने परिणाम अरु पनि आउनसक्छ ।
चुनावपछि सरकार बनाउने क्रममा एउटै दलको बहुमत हुँदा सरकारमा सहभागी नगराइएला भन्ने मनोवैज्ञानिक त्रास हो भने, सरकारमा सबै दललाई सम्मिलित गराउने र अबको पाँचै वर्ष सुनिश्चित हुनेगरी जानुपर्ने उनको सुझाव छ ।
मेरो दललाई यति, उति भन्दा कम मत भएको साथीहरु विजयी हुन नसके गठबन्धन हार्छ । कांग्रेस, माओवादी, समाजवादी वा जसले जितेपनि गठबन्धनले जित्यो भेनर गौरव गर्ने हो भने अबको ५ वर्षसम्म आर्थिक, सामाजिक रुपान्तरणका लागि पनि फाइदा हुने उनले बताए ।
दलीय भाव नराखी सिट बाँडफाँटमा मापदण्ड बनाउनुपर्ने बताउदै उनले सिट संख्यालाई तत्काल बिर्सेर शून्यबाट सुरु गर्नुपर्ने धारणा राखे । “म के भन्छु भने, सिट संख्या बिसिदिआंै । स्थानीय निर्वाचनको मत टेबल गरौं र जेरोबाट सुरु गरौं । ताप्लेजुङबाट सुरु गरेर दार्चुलासम्म् पुगेर अन्तिम रुप दिदा त्यो गठबन्धनको फैसला हुन सक्छ ।” आचार्य रामचन्द्र पौडेल निकट नेता मानिन्छन् ।
सरकारको नेतृत्व गर्दै आएको नेपाली कांग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवा निकटका नेताहरु अहिले मुख खोल्ने अवस्थामा छैनन् । उनीहरु गठबन्धनमा उप वाम गठबन्धन निर्माण गर्ने र कांग्रेससँग बार्गेनिङ गर्ने गरेको आरोप माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई लाउने गरेका छन् । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डका पछिल्ला अस्थीर सम्बोधनप्रति कांग्रेसका नेताहरु संशकित छन् ।
संस्थापन पक्षका मानिएका कांग्रेस नेता मदन बहादुर अमात्यले इमानदारपूर्वक गठबन्धनमा सिट बाँडफाँट हुने बताए । र यो छिट्टै टुंगो लाग्ने भनाइ समेत उनले व्यक्त गरे ।
प्रतिक्रिया दिनुहोस्