ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अफगानिस्तानको काबुलस्थित होटलमा बन्दुकधारीको आक्रमण, पाँचजना घाइते  


admin

काठमाडौं, ७ माघ । अफगानिस्तानका अधिकारीहरूले राजधानी काबुलस्थित इन्टरकन्टिनेन्टल होटलमा कम्तीमा चारजना बन्दुकधारीले हमला गरेको बताएका छन् ।

विशेष फौजले चारमध्ये दुईजनाको हत्या गरेको र अन्य हमलाकारीसम्म पनि पुग्ने प्रयास गरिरहेको आन्तरिक मामिलासम्बन्धी मन्त्रीका प्रवक्ताले बताएका छन् । बन्दुकधारीहरू शनिबार राति होटलमा प्रवेश गरेर होटलका पाहुना र कर्मचारीमाथि गोलि चलाएका थिए र ग्रिनेड विस्फोट गराएका थिए ।

अधिकारीहरूले ती बन्दुकधारीको आक्रमणमा परी पाचजना घाइते भएको बताएका छन् । पाच तल्ले भवनमा स्थानीय समय अनुसार राति ९ बजेतिर हमला शुरू भएको बताइएको छ ।

बन्दुकधारीहरूले होटलमा प्रवेश गर्नका लागि पहिला होटलका सुरक्षागार्डमाथि गोली चलाएका विवरणहरू आएका छन् । सुरक्षा फौज आइपुग्नु अघि ती बन्दुकधारीहरूले होटलका कर्मचारीहरू र पाहुनामाथि गोली हान्न थालेका थिए ।

सुरक्षा फौज आइपुगेपछि उनीहरूले शुरुमा होटलको भुइतल्ला खाली गरे तर हमलाकारीहरू अझै होटलको माथिल्लो तल्लामा रहेको आन्तरिक मामिला सम्बन्धी मन्त्रीका प्रवक्ता नसरत रहिमीले बीबीसीलाई बताए ।

होटलमा प्रान्तीय अधिकारीहरूको सूचना प्रविधिसम्बन्धी सम्मेलनको आयोजना भएको खबरहरू आएका छन् ।

काबुलस्थित अमेरिकी दूतावासले सहरका होटलहरूको सुरक्षाबारे सचेत रहन भनेको केही दिनमै होटलमा यस्तो हमला भएको हो । यो होटलमा सन् २०११ मा तालिबानले पनि हमला गरेको थियो । हमलामा २१ जनाको ज्यान गएको थियो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

जेन–जी आन्दोलन लोकतन्त्रलाई शून्य बनाउने षड्यन्त्र थियो : ओली

सम्बन्धित

अमेरिकाको विरोधका बीच जी–ट्वान्टी शिखर सम्मेलन सम्पन्न

मोदी–नीतिश गठबन्धनलाई २०२ सिट, विपक्षी ३५ मै सीमित

फिलिपिन्समा आँधी ‘कलमेगी’ को प्रभाव : दशौँ हजार नागरिकलाई सुरक्षित ठाउँमा सारियो

थाइल्यान्डकी पूर्वमहारानी सिरिकितको ९३ वर्षको उमेरमा निधन

भारतको राजस्थानमा गुडिरहको बसमा आगलागी हुँदा २० जनाको मृत्यु

बन्धक रिहाइका लागि इजरायल जाँदै ट्रम्प, भने– गाजामा युद्ध समाप्त भयो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com