ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेकपा एमाले जित सुनिश्चित हुने गरी चुनावी रणनीतिमा (भिडियोसहित)


एबीसी / संवाददाता
भाद्र १४, २०७९ मंगलबार  १ : ४४ बजे

काठमाडौं, १४ भदौ । प्रमुख प्रतिपक्षी दल नेकपा एमाले जित सुनिश्चित हुने गरी चुनावी रणनीतिमा लागिपरेको छ । सत्ता गठबन्धनविरुद्ध एक्लै लड्ने बताउदै आएको एमालेले मंसिर ४ को प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा बहुमत ल्याउने दाबी गरेको छ । एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको केन्द्रीय निर्वाचन परिचालन कमिटीले विशेष रुपमा आगामी निर्वाचनको तयारीमा जुटेको छ ।

मंसिर ४ को प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि प्रमुख प्रतिपक्षी दल नेकपा एमाले चुनावी रणनीतिमा जुटेको छ । एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको केन्द्रीय निर्वाचन परिचालन कमिटीले ३४ सदस्यीय सचिवालय गठन गरिएको छ । गएको स्थानीय निर्वाचनमा संख्याको दृष्टिकोणबाट दोस्रो भएपनि लोकप्रियताको हिसाबले पहिलो पार्टी भएको एमालेको दाबी छ । त्यसो त, पछिल्लो समय एमालेले वाम गठबन्धनका लागि आव्हान ग¥यो । सत्ता गठबन्धन चुनावी तालमेल गर्ने र चुनावपछिको सरकार गठन गर्नेसम्म सँगै जाने अभ्यासमा रअघि बढ्दै गर्दा एमालेले राखेको वाम गठबन्धनको ईच्छा भने कार्यान्वयन गर्न फलामको चिउरा चपाउन सरह कठिन देखिन्छ । सरकारमा रहेका दलहरु आ–आफ्नै ढंगले चुनावी रणनीतिमा जुट्दै गर्दा गठबन्धनलाई चुनौती दिने भन्दै एमालेले पनि आफ्नो तयारी तीव्र पारेको छ ।

एमाले नेता देवी ज्ञवालीले चितवनका सबै निर्वाचन क्षेत्र जित्नेगरी तयारी घनिभूत ढंगले अगाडि बढाएको बताएका छन् । उनले एमाले सरकार भित्र र बाहिर हुँदा देश र जनताको पक्षमा र जनजीविकाको सवालमा गरेका कामहरुबारे प्रशिक्षणात्मक एवम् तयारीका कामहरु अघि बढेको बताए । गत स्थानीय निर्वाचनमा ५०४ मध्ये २४२ प्रतिनिधि अर्थात् ४८ प्रतिशत जनप्रतिनिधि एमालेले जित्यो । गठबन्धनको नांगो हस्तक्षेप बाबजुत एमालेले प्राप्त गरेको यो परिणाम निराशाजनक नभएको उनको भनाइ छ ।

एमाले अहिले प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका लागि कस्तो उम्मेदवार बनाउने भन्ने मापदण्ड एवम् घोषणापत्र निर्माणको तयारीमा जुटेको छ । एमालेको सिंगो पार्टी निर्वाचनमा होमिएको भन्दै नेता झपट रावलले सुदूरपश्चिम प्रदेशमा पनि तीव्र तयारी भएको बताए । उनले माधव नेपालसँग रहेकाहरुलाई घर फर्कन आव्हान गर्ने र उचित जिम्मेवारी दिने तयारी भइरहेको जानकारी दिए । यसैगरी, माओवादीसँग पनि सहकार्यको प्रक्रिया अगाडि बढाउने छलफल भएको उनको भनाइ छ । स्थानीय तहमा कुनै दलले पनि एमालेसँग एक्लै लड्ने आँट नगरेको र आगामी निर्वाचनमा पनि एमालेसँग एक्लै लडे हरिबिजोग हुने डर अन्य दलहरुमा रहेको उनले बताए । एमालेले गाउँ, टोल र पालिकामा निर्वाचन परिचालन कमिटी निर्माण गर्ने जनाएको छ ।

एमालेले गठबन्धनलाई भोट दिनु भने देशलाई दुर्दशामा लानु भन्ने कुरा जनताले प्रष्टसँग बुझेको ठहर गरेको छ । एमाले नेता सुवोध प्याकुरेलले अन्य दलका नेताहरु एमाले प्रवेशको लहर चलेको र माओवादीका चर्चित नेताहरु समेत एमाले प्रवेश गरेको बताए । तर, एमालेका नेताहरु कहीपनि नगएको उल्लेख गर्दै उनले एमाले वाम एकताको पक्षमा रहेको बताए । तर, नेपाली जनताले कुनामा फालिसकेको शक्तिको स्वार्णको किस्तीमा खुट्टा धोए पानी खानेहरु कम्युनिष्ट हुन नसक्ने उनले बताए ।

एमालेको पछिल्लो केन्द्रीय कमिटी बैठकले फेरी पनि अध्यक्ष केपी शर्मा ओलीको सरकार निर्मँण गर्ने गरी चुनावी रणनीति अघि बढाउने निर्णय गरेको छ । समृद्ध नेपाल र सुखी नेपालीको राष्ट्रिय आकांक्षा राजनीतिक दलहरुको केन्द्रबिन्दु बन्नुलाई एमालेले सकारात्मक रुपमा लिएको छ । एमालेका नेताहरु चुनावमा बहुमत ल्याउने उद्देश्यका साथ अघि बढेका छन् ।

उता सरकारको नेतृत्व गरेको नेपाली कांग्रेसले अन्य दलहरुसँग पनि छलफल गर्ने र गठबन्धनलाई अझ मजबुत बनाउने रणनीति लिएको छ । कांग्रेसको भदौ १० गतेदेखि जनताको साथमा कांग्रेस अभियान देशैभरी जारी छ । कांग्रेसको यो अभियान भदौ २४ गतेसम्मको बीपी जन्मजयन्तीसम्म कायम रहनेछ । यता, प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सरकार बाहिर रहेका असन्तुष्ट दलहरुसँग सहकार्यको पहल गर्दै आएको छ । गत स्थानीय निर्वाचनमा पनि एमालेले राप्रपा, लोसपा लगायतका दलहरुसँग चुनावी गठबन्धन गरेको थियो । सदाबहार प्रतिपक्षीको रुपमा रहेको नेपाल मजदुर किसान पार्टी, सीके राउतको जनमत पार्टी लगायतका दलहरुले गठबन्धनका दलहरुलाई चुनौती दिदैछन् । विशेषगरी, एक्लै लडेर बहुमत ल्याउने चुनौती एमालेले सत्ता गठबन्धनलाई दिदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सुधनको राजीनामाप्रति प्रचण्ड– जे गर्नुभयो, राम्रो गर्नुभयो

करको दर घटाउनुपर्छ ः राजनीतिक विश्लेषक , रायमाझी भिडियो

सम्बन्धित

सुधनको राजीनामाप्रति प्रचण्ड– जे गर्नुभयो, राम्रो गर्नुभयो

विवादित भूमिका : सरकार बनेको २६ दिनमै गयो २ मन्त्रीको पद

राजीनामा बुझाएर प्रधानमन्त्री कार्यालयबाट बाहिरिए सुधन गुरुङ

चौतर्फी आलोचनापछि गृहमन्त्री गुरुङले दिए राजीनामा

मन्त्री हुनु दुई दिन अघि भेडेटारमा जग्गा किन्ने गृहमन्त्री गुरुङ: मूल्यांकन र स्रोतबारे प्रश्न !

सफलताको जस लिनेले पराजयको जिम्मेवारी पनि लिनुपर्छ: विष्णु पौडेल

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com