ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

तीज विशेषः ‘महिला फरक ढंगले प्रस्तुत भए समाजले विकृतिको रुपमा हेर्छ’


एबीसी / संवाददाता

काठमाडौं, १४ भदौ ।  हरितालिका तीज पर्वको अवसरमा मंगलबार देशका विभिन्न शिव मन्दिरहरुमा भक्तजनहरुको भीड लागेको छ । हिन्दु धर्म ग्रन्थ अनुसार आज अविवाहितहरुले असल श्रीमान् र विवाहित नारीहरुको श्रीमानको दीर्घायु, सुस्वास्थ्य एवम् सपरिवारको सफलताको शुभेच्छा राख्दै व्रत बस्ने परम्परा रहि आएको छ । राजनीतिक दलका सांसदहरुले आज तीज कसरी मनाउदैछन् भन्नेबारे विभिन्न दलका प्रधावशाली नेतृहरुसँग गरिएको संवादमा आधारित आलेखः

अन्धोपनबाट मुक्त भएर तीज मनाउनुपर्छ – सांसद अर्याल

नेकपा माओवादी केन्द्रका सांसद उर्मिला अर्याल आजभोलि आगामी चुनावका लागि पार्टीकै काममा व्यस्त छिन् । आज दिउँसो आफ्नी छोरीसँग एकैछिन घुम्न जाने योजना उनको छ ।

अर्यालले भनिन्, “व्रत पहिले लिन्थे । अहिले सुगर भयो, ६६ वर्ष पुगें । माछा, मासु नखाने तर संस्कृतिलाई बचाउनुपर्छ भन्ने हिसाबले मनाउनुपर्छ ।” पञ्चायतकालमा मनका र घरका वेदनाका कुरा पोख्ने माध्यमका रुपमा रहेको तीजले दिदीबहिनी जम्म हुने र उत्पिडनमा परेको आवाजलाई बुलन्द बनाउने भूमिका खेलेको उनले बताए ।

निरंकुशताविरुद्ध चेतना जगाउने आन्दोलनको प्लेफर्मको रुपमा तीज रहेपनि पछिल्लो समय महिनौ दिनअघिदेखि भोज, भतेर गर्ने, अन्टसन्ट डान्स गर्ने कुराले तीजप्रतिको सामाजिक आस्थामा विकृति ल्याएको उनको भनाइ छ । भोकै बसेर, श्रीमान्को खुट्टा ढोग्नैपर्ने अन्धोपनाबाट मुक्त हुनुपर्ने र महिलाको आवाजलाई संगठित बनाउने पर्वको रुपमा तीज मनाउनुपर्ने उनले बताए ।

संस्कार र राजनीति सँगसँगै अघि बढाउनुपर्छ – पूर्व सांसद खतिवडा

नेपाली कांग्रेसकी पूर्व सांसद एवम् नेपाल महिला संघकी महासचिव धना खतिवडा भने फरक विचार राख्छिन् । उनी भन्छिन्, “एक दिन भोकै बसेर रोगी भइने पनि होइन । श्रीमान्ले श्रीमतीको पुजा गरेपनि हुन्छ । तर, ३६५ दिनमा श्रीमान्लाई शिव मानेर पुजा गर्ने हिजोका परम्परालाई जोगाउनुपर्छ ।”


उमेरले ६० पुगेर ६१ लागेकी खतिवडालाई पनि सुगर लगायतका रोग छ तर, उनी व्रत भने बसेकी छिन् । जनताको साथमा कांग्रेस अभियानका लागि पार्टीले उनलाई पूवर््ी रुकुममा खटाएको छ । आज व्रत भएकोले भोलि बिहानै रुकुम जाने तयारीमा उनी छिन् ।

“आफ्नो कर्तव्य, संस्कार पुरा गर्छौ, राजनीतिक अभियान पनि छ । अरु साथी म जस्तै खट्नुभाछ, एउटा साथीले जाजरकोट छु के गर्ने भन्दै थिईन्, मैले लुगाले केही हुँदैन, जे छ, त्यसैले मान्ने हो भनें, राजनीति पनि द्रूत गतिमा बढेको छ । हामीले नै समाज परिवर्तन गर्ने हो ।” तीजका गीत र नाचगानमा पनि केही विकृति देखिएको भन्दै उनले यसमा सुधार गर्नुपर्ने भनाइ पनि राखिन् ।

तीज र महिला शक्तिको पुञ्ज रहेको बताउदै उनले यसको पावन अवसरमा भगवानसँग कोही पनि महिला असक्षम नभएको, परिवार र समाज परिवर्तन गरे जस्तै देश परिवर्तन गर्न महिलाले सहयोग गर्न चाहेको विचार र राख्नुभयो । आगामी निर्वाचनमा प्रतिस्पर्धामा महिलाहरु सक्षम भएपनि पुरुष दाजुभाइहरुले उम्मेदवार उठ्न पैसा भनेर प्रतिप्रश्न गरेकोप्रति उनले असन्तुष्ट समेत पोखे ।

“पैसा छ, तिमीसँग ? भन्नुुहन्छ । दाजुभाइहरुले चाहिँ कहाँबाट ल्याउनुहुन्छ ? घरमा महिलाले राम्रोसँग व्यवस्थापन नगर्ने हो भने, यसकारण टिकटका लागि महिलाहरु नडराऔं । जुनसुकै पार्टीको महिला होस्, कांग्रेस महिला चाह्यो भन्दिनँ म । हाम्रो लडाई निर्णय प्रक्रियामा महिला हुनुपछ भन्ने हो”, उनले भनिन् ।

महिला फरक तरिकाले प्रस्तुत भए विकृतिका रुपमा हेरिन्छ – सांसद चौधरी

तीज भड्कावपूर्ण र विकृति फैलिदै गएको भन्ने आलोचनाप्रति नेकपा एमाले सांसद शान्ता चौधरीले भने, नारी फरक तरिकाले समाजमा प्रस्तुत हुने बित्तिकै नकरात्मक ढंगले सोच्ने प्रवृत्ति रहेको बताइन् । परापूर्वकालदेखि श्रीमानको दीर्घायुका व्रत लिने परम्परा निरन्तर चल्दै आएको उनले बताईन् ।

उनले भनिन्, “माइती र चेलीको सम्बन्ध प्रगाढ बनाउने पर्वका रुपमा पनि तीजलाई लिइन्छ । म एउटा कम्युनिष्ट पार्टीको सांसद हुँ तरपनि, पशुपतिमा छु । पुजाआजा गरे खान्छु, यो महिलाहरुका लागि विशेष पर्व हो ।”

निराहार व्रत बस्ने महिला कमै संख्यामा रहेको धारणा राख्दै उनले दर खाने कुरा, कसका लागि खाने र कसका लागि नखाने भन्ने नहुने धारणा राखिन् । पुरुषले जति नै मदिरा पिए वा जे गरेपनि त्यो कसैले ठूलो रुपमा नदेख्ने तर, महिला केही फरक तरिकाले अगाडि बढे विकृति भनेर आउने र यसलाई नकरात्मक ढंगले प्रस्तुत गरिने उनले बताइन् । यसरी, महिलालाई हेर्ने दृष्टिकोण फरक हुन नहुने उनको तर्क छ ।

त्यसो त, उनी आगामी चुनावको तयारीमा पनि छिन्, भन्छिन् – “म उम्मेदवार हो भनेर भन्दिनँ, पार्टीले छनोट नगरेसम्म । तर, उम्मेदवारको आकांक्षी हो । दाङमा यो, त्यो भनेर रोक्दिनँ, जुन क्षेत्रमा दिएपनि म चुनाव लड्छु ।”

पानी नखाई व्रत बस्ने गर्दिनँ – नेतृ खड्का

यस्तै नेकपा एकीकृत समाजवादीका स्थायी कमिटी सदस्य कल्याण्ी खड्का पनि महिनौंदेखि तीज मनाउने कुरामा खुसी छैनन् । “देखासेखीको कुराले मान्छेलाई कता, कता पु¥याउछ । महिनौं देखि तीज लाग्नु राम्रो कुरा होइन”, उनले भनिन् ।


उनले भनिन्, “तीजमा माछा, मासु नखाएपनि फलफूलहरु सामान्यरुपमा खान हुने बताइन् । “पानी नखाने, के गर्ने, म गर्दिनँ ।”
आगामी चुनावका लागि राजनीतिक दलहरुसँग छलफल भइरहेको र जिम्मेवार ठाउँका महिलाले गरेका कामका मूलयांक्न भएको उनको भनाइ छ ।

मंसिर ४ को प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि पार्टीका जिम्मेवार तहमा रहेकाहरु यसबारे सोच्नुपर्ने उनले बताइन् । महिलाले पनि आँट गर्नुपर्ने र क्षमता, दक्षताको आधारमा प्रतिनिधित्व मात्रै नभई सक्रिय सहभागीता हुनुपर्ने शुभकामना उनले तीजको अवसरमा दिएकी छिन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

सम्बन्धित

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

एनपीएलमा आज विराटनगर भर्सेस लुम्बिनी, कस्तो होला सन्दीप र रोहितको प्रतिस्पर्धा ?

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

अपाङ्गता भएकाहरुको अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com